एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

प्रतिकात्मक तस्बिर

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।

 

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाका अनुसार उच्च रक्तचाप र बच्चा ठूलो भएका कारण हेटौँडा अस्पतालबाट उपचारका लागि आइतबार साँझ चितवन मेडिकल कलेज पठाइएको थियो । लोप्चनले आज बिहान ९ बजे छोरी जन्माउनुभएको हो । आमा ११२ किलो भएका कारणसमेत शल्यक्रियामा समस्या आउनसक्ने भएकाले लोप्चनलाई चितवन पठाइएको उनले बताए ।

 

भरतपुर अस्पतालका स्त्री रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाले सामान्यतया बच्चाको तौल दुई किलो ५०० ग्रामदेखि तीन किलो ५०० ग्रामसम्म हुने बताए । चार किलोभन्दा माथि तौल भएमा आमामा केही समस्या हुनसक्ने उनको भनाइ छ । लोप्चनको डा बन्दना खनाल, डा प्रेक्षा सिंह, डा वसन्त शर्मा, डा इन्द्रनारायण श्रेष्ठ, डा मेनुका ताम्राकारसहितको टोलीले शल्यक्रियामार्फत बच्चा निकालेको हो । अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको कलेजले जनाएको छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मलेसियामा नेपाली अपहरण गरी फिरौती माग्ने श्रेष्ठ महाराजगन्जबाट समातिए

  • 6 minutes ago
मलेसियामा नेपाली अपहरण गरी फिरौती माग्ने श्रेष्ठ महाराजगन्जबाट समातिए

काठमाडौँ । मलेसियामा नेपालीलाई अपहरण गरी फिरौती उठाउने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति मोरङका दुर्गाबहादुर श्रेष्ठ उर्फ डेबिड हरेका छन् । उनलाई मंगलबार काठमाडौँको मह

कक्षा १२ को परीक्षाः विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा

  • 7 minutes ago
कक्षा १२ को परीक्षाः विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा

काठमाडौँ । कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ ।

पोखरामा भर्खर जन्मिएका २० घण्टाको नवजात शिशुलाई पनि कोरोना संक्रमण

  • 12 minutes ago
पोखरामा भर्खर जन्मिएका २० घण्टाको नवजात शिशुलाई पनि कोरोना संक्रमण

पोखरा । पोखरामा थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।