Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालपोखरा-६ का वडासदस्य दीपेन्द्र पहारीसहित चार जना ठगी आरोपमा पक्राउ

पोखरा-६ का वडासदस्य दीपेन्द्र पहारीसहित चार जना ठगी आरोपमा पक्राउ


कास्की । पोखरा महानगरपालिका–६ का वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारीसहित चार जनालाई कास्की प्रहरीले ठगीसम्बन्धी मुद्दामा पक्राउ गरेको छ ।

पर्यटकीय क्षेत्र लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी व्यवसाय दर्ता गर्ने भनेर १५ जनाबाट प्रतिव्यक्ति रु १३ हजार पाँच सय उठाएर व्यवसाय दर्ता नै नगरी ठगी गरेको भन्ने पीडितको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

पक्राउ पर्नेमा वडा सदस्य पहारीसहित पोखरा–६ लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, लेकसाइडकै २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार रहेका छन् ।

प्रहरीका अनुसार पीडित व्यक्तिहरुको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले ठगीमा सङ्लग्न अन्यको खोजी भइरहेको जनाएको छ ।

पक्राउ परेकालाई जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अन्य अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रनाउ विकले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रकम सहितको लकर चोरीको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । पोखरामा एक अनलाइन डेलिभरीको कार्यालयमा चोरी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

कतारका अमिर थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन् । अमिर

कतारका अमिरको स्वागतमा सडकमै सांस्कृतिक प्रस्तुति

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौँका सडकमा राष्ट्रिय पोशाकसहित सांस्कृति प्रस्तुति भएको छ

कतारी अमिर काठमाडौँ आइपुगे

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई

जनकपुरको होटेलमा महिला र पुरुष मृत फेला

काठमाडौँ । जनकपुरको रामानन्द चोकमा रहेको होटेल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।

दैलेखमा बँदेलकाे आक्रमणबाट ७ जना घाइते

काठमाडौँ । दैलेखमा बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन् । दैलेखको भैरवी गाउँपालिका– ६ मा बँदेलको आक्रमणमा परी ७

Techie IT