चलचित्र छायांकनको लागि नेपाल संसारकै आकर्षक गन्तव्य

काठमाडौँ । एक अन्तर्राष्ट्रिय म्यागजिनले नेपाल चलचित्र छायांकनको लागि संसारकै आकर्षक गन्तव्यको सूचीमा सूचिकृत गरेको छ । ‘हलिउड इन्साइडर’ नामक म्यागजिनले नेपालको नाम पनि चलचित्र छायांकनको लागि आकर्षक गन्तव्य भन्दै राखेको हो ।

 

म्यागजिनले सुटिङलाई योग्य साना मुलुकको सूची तयार पार्दा नेपालसहित जर्जिया, श्रीलंका, ट्रिनिडाड एन्ड टोबागो, क्रोएसियाको नाम समावेश गरेको छ । म्यागजिनका सम्पादक डेभिड सिनसेजले हिमाल, राष्ट्रिय निकुञ्ज, पार्क, तालतलैया, वास्तुकला, मुस्ताङी ल्यान्डस्केप, पोखरेली विविधता नेपालका लागि आकर्षक गन्तव्य रहेको लेखेका छन् । सांस्कृतिक र भौगोलिक विविधताको साथै नेपालीको आतिथ्य संस्कारको कारण फिल्म छायांकन अझै सजिलो हुने उल्लेख छ । 

 

नेपालले एलजीबीटीआइक्यूलाई समानता प्रदान गरेर मानव अधिकार र प्रगतिमा पाइला चालेको उल्लेख गर्दै म्यागजिनले स्वतन्त्रताका साथ फिल्म छायांकन गर्न अनुरोध गरेको छ । म्यागजिनले छायांकन गर्नको लागि नेपाल जान सुझाव समेत दिएको छ ।

 

चलचित्र विकास बोर्डका अनुसार हालसम्म नेपालमा ३१ विदेशी फिल्म नेपालमा छायांकन भएका छन् । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

  • 5 hours ago
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको

यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

  • 5 hours ago
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।

नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए

  • 5 hours ago
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री  शाहीले विश्वासको मत लिए

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।



पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।