चलचित्र बुकी निर्माण पछिको आम्दानी बागलुङको पर्यटन पूर्वाधारमा खर्च गरिने

बागलुङ । बागलुङ जिल्लाको चलचित्र बुकीको निर्माण अभियानलाइ तीव्र पारिएको छ । यहाँको पर्यटकीय गन्तब्य, धार्मिक स्थल ,सास्कृतिक पक्ष लगाएतका गतिविधिलाई समेटर  पहिलो पटक ठुलो पर्दाको चलचित्र निर्माण गर्न लागिएको छ । हिमालयन इभेन्ट म्यानेजमेन्ट प्रा.लि को ब्यबस्थापनमा चलचित्र निर्माण गर्न लागिएको हो । 

 

‘बागलुङ जिल्लालाई विश्वभर चिनाउने गरि हामीले ऐतिहासिक चलचित्र बुकि निर्माणको अभियान थालेका छौ,’ निर्माण संयोजक राजन केसी मोहनले भने , जिल्लालाई पर्यटकीय गन्तब्य बनाउन हामी सफल हुने छौं । पर्यटकीय, धार्मिक तथा सास्कृतिक सम्पदा चलचित्रमा समावेस गरि चलचित्र तयार हुने संयोजक केसीले बताए । ‘अहिले चलचित्रको कथाबस्तुको काम सकियको छ, हामीले सामाजिक अभियान मार्फत यो काम गर्न लागेकोले अहिले आर्थिक अभियानको काम चालेको छ,’ उनले भने । 

 

जिल्लाका स्थानीय तह, संघ सस्था, प्रवासी तथा स्थानीय नागरिकसँगको समन्वयमा आर्थिक संकलन गरेर चलचित्र निर्माण हुने अभियानका सचिव थम्मन थापाले जानकारी दिए । गण्डकी प्रदेशको राजधानी तथा प्रमुख पर्यटकीय गन्यब्य पोखरामा आउने पर्यटकलाई भित्राउन समेत चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने थापाको दावी छ । चलचित्र व्यावसायिक नभइ सामाजिक अभियानमार्फत गर्न लागेको आर्थिक संयोजक प्रकाश आलेको भनाइ छ । दुई बर्षदेखि अभियान सुरु गरेको र कथाबस्तुको काम सकेर आर्थिक अभियानमा लागेको उनले बताए । ‘कोरोना महामरीले पनि हाम्रो अभियान प्रभावित बन्यो, तर उत्साहजनक रुपमा हामीलाई बागलुङबासीको साथ सहयोग मिलेको छ ।’ उनले भने । 

 

स्वदेश तथा विदेशमा रहेका बागलुङवासीले साथ र हौसला समेत दिएको आर्थिक संयोजक आलेले बताए । चलचित्र निर्माणको लागि आर्थिक संकलन गर्न जिल्ला सबै स्थानीय तहमा सांगीतिक कार्यक्रम समेत गरिने उनले बताए । कोरोना महामारीका कारण गत चैतदेखि सांगीतिक कार्यक्रम गर्ने भने पनि गर्न नसकेको आलेको भनाइ छ । सामाजिक अभियानमार्फत निर्माण हुने चलचित्र बुकीको नामाकरण ढोरपाटन सिकार आरक्षमा रहेको बुकी फुलको नामबाट गरिएको निर्माण समितिले जनाएको छ । चलचित्र नेपाली र अङ्ग्रेजी भाषामा तयार हुने निर्माण समितिले बताएको छ । चलचित्र निर्माणको लागि १ करोड ४० लाख खर्च अनुमान गरिएको छ । निर्माण सम्पन्न भएपछि हुने आम्दानी पनि पर्यटकीय गन्तब्यको भौतिक पूर्वाधार र प्रचार प्रसारमा खर्च गरिने निर्माण समितिले जानकारी दिएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बर्दिबास बलात्कार घटनाः आरोपितको घरमा आगजनी

  • 4 minutes ago
बर्दिबास बलात्कार घटनाः आरोपितको घरमा आगजनी

बर्दिबास । महोत्तरीको बर्दिबासमा भएको बलात्कारको घटनापछि आक्रोशित स्थानीयले आरोपितको घरमा आगजनी गरेका छन् । प्रदर्शनकारीले आगजनी गरेपछि आगो नियन्त्रण गर्न आएको बर्दिबास नगरपालिकाको दमकललाई समेत उनीहरु

महोत्तरीमा ६ वर्षीया बालिकाको विभत्स हत्या

  • 29 minutes ago
महोत्तरीमा ६ वर्षीया बालिकाको विभत्स हत्या

बर्दीवास । महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो ।

आर्थिक हिनामिनाको आरोपमा अफ्रिकी फुटबल प्रमुख ५ वर्ष प्रतिबन्धित

  • 36 minutes ago
आर्थिक हिनामिनाको आरोपमा अफ्रिकी फुटबल प्रमुख ५ वर्ष प्रतिबन्धित

एजेन्सी । फिफाले अफ्रिकी फुटबल महासंघका अध्यक्ष अहमद अहमदलाई ५ वर्षको प्रतिबन्ध लगाएको छ । फिफाले सोमबार आर्थिक हिनामिनाको आरोपमा उनलाई प्रतिबन्ध लगाएको हो ।



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।