द्यो स्वगं पूजा (सगुन जात्रा)

Norvic Hospital

भक्तपुर । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइएको छ । आज बिहानैदेखि परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

 

जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोशाक हाकु पटासी र दाउरा सुरुवालमा सजिएर जात्रामा सहभागी भएका थिए । आजै देवीदेवतालाई सगुन पूजा गर्न आ–आफ्ना द्योः छें (देव घर)बाट निकाली चोक तथा डबलीमा राखिएको थियो । जात्राका क्रममा सहभागीले ती देवीदेवतालाई आ–आफ्ना गच्छेअनुसारका परिकार चढाएका थिए । 

 

यो पूजा प्राचीनकालदेखि नै सञ्चालन हुँदै आएको इतिहासमा उल्लेख रहेको पाइन्छ । बिस्का जात्राका क्रममा विध्न बाधा वा केही भुलचुक भए माफ पाउँ भन्ने उद्देश्यका साथ शक्तिशाली देवीदेवताको पूजा गर्ने प्रचलनलाई सगुन जात्राको रुपमा लिने गरेको भाषा वंशावलीमा समेत उल्लेख रहेको पाइएको संस्कृतिविद् ओम धौभडेलले जानकारी दिए । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रधानन्यायाधीशले तोके आफ्नै इजलास

  • 5 minutes ago
प्रधानन्यायाधीशले तोके आफ्नै इजलास

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसहितको इजलास तोकेका छन्। दुई दिनसम्मको शून्य सुनुवाइको अवस्था रोक्नलाई प्रधानन्यायाधीश जबराले आफ्नै इजलास तोकेका हुन्। प्रधानन्यायाधीश जबराले

बाढी प्रभावितलाई एनआरएनएको सहयोग

  • 15 minutes ago
बाढी प्रभावितलाई एनआरएनएको सहयोग

काठमाडौँ । भारी बर्षाको कारण सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित महाकाली नदिमा आएको बाढीको प्रभावले बिस्तापित भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका अति प्रभावित ३०० घरधुरी बिपन्न परिवारलाई गैरआ

आज आर्यन खानले जमानत पाउँलान् त ?

  • 16 minutes ago
आज आर्यन खानले जमानत पाउँलान् त ?

एजेन्सी । मुम्बई क्रुज ड्रग्स मामलामा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खानको जमानत याचिकामा आज बम्बे हाइ कोर्टमा सुनुवाई हुँदैछ ।



पर्यटन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

एजेन्सी । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

जीवनशैली

मरिच खानुका फाइदाहरु

मरिच खानुका फाइदाहरु

एजेन्सी । मरिचलाई खानाका परिकारमा मात्रै नभएर विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ । यस्ता छन् औषधिय मरिचका फाइदाहरुः

विचित्र विश्व

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

एजेन्सी । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग बिवाह गरेकी छन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेकी थिइन् भने आफ्नी बहिनीलाई अँगालो हालेकी थिइन् ।