फिट इन्टरनेशनल फेसबुकसँग सम्झौता गर्ने नेपालको पहिलो डिजिटल मार्केटिङ एजेन्सी

काठमाडौँ । फिट इन्टरनेशनल नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलरको बनेको छ। नेपालमा पहिलो पटक भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ। यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटरहरू र अन्य एजेन्सीहरूको लागि सहज बाटो खोलेको छ। 

 

अब नेपाली व्यावसायहरुले स्थानीय ज्ञान, सहयोग र विशेषज्ञताको माध्यमबाट फेसबुकबाट अझ धेरै लाभ लिन सक्नेछन्। फेसबुक विज्ञापनहरू कुनै पनि व्यवसायको लागि एकदम महत्त्वपूर्ण बनेको छ । अहिलेसम्म यस्ता विज्ञापनहरूको भुक्तानी अनौपचारिक रूपमा गरिने हुनाले देशको अर्थव्यवस्थामा हानी भइरहेको छ। फेशबुकको अनौपचारिक तथ्यांक अनुसार नेपाली व्यावसायीहरुले फेसबुक विज्ञापनमा हरेक वर्ष लगभग दुई अर्ब खर्च गरिरहेको छन्, जसमध्ये धेरैजसो कारोबार अनौपचारिक रूपमा हुनाले त्यसको हिसाब किताब देखिँदैन। 

 

फिट र फेसबुकको साझेदारीले फेसबुकमा चल्ने विज्ञापनहरू अब इनभ्वाइस बिलिङ मार्फत ट्र्याक गर्न सकिन्छ। अब नेपाल सरकारले फेसबुक विज्ञापनका लागि गरिएको प्रत्येक लेनदेनको तथ्यांक र हिसाब किताब राख्न सक्नेछ। यसरी औपचारिक माध्यमबाट भुक्तानी गर्न अनुमति दिनाले देशको राजस्व बढाउन सँगै सम्बन्धित सबै पक्षहरूका लागि सहजता थपिने विश्वास लिन सकिन्छ।

 

फिट इन्टरनेशनल नेपाली विज्ञापन क्षेत्रमा नाम बनाउँदै गरेको संस्था हो, जसले दक्षिण एसियामा डिजिटल मार्केटिङमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ। फिट इन्टरनेशनल फेसबुक विज्ञापनको आधिकारिक विक्रेता हुनका साथै, ओहो डोमेन, भाइबर बिसिनेस मेसेजएज र साउटआउटको पनि विक्रेता हो। यसको स्थापनादेखि नै फिटले आफ्नो ग्राहकहरू उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।

 

कम्पनीका मुख्य कार्यकारी अधिकृत रवि सिंघलले भने, ूहामी विश्वास गर्छौँ कि जब उद्योग आफै ठूलो र राम्रो हुन्छ तब हामी सबैले फाइदा प्राप्त गर्छौ। यो साझेदारी फिट इन्टरनेशनलको तर्फबाट गरिएको भए पनि सबै एजेन्सीहरू र ब्रान्डका लागि एक महत्त्वपूर्ण उपलब्धि प्रतिनिधित्व गर्दछ। हामी भविष्यमा पनि उद्योगलाई फाइदा पुर्याउने साझेदारी ल्याउन चाहन्छौँ।” 

 

फिट इन्टरनेशनलले व्यवसायहरूलाई मार्केटिङ र ब्रान्डीङ सम्बन्धी विविध सेवा तथा परामर्श दिँदै आएको छ। नेपालमा डिजिटल मार्केटिङ लाई सकारात्मक दिशातर्फ लान फिट इन्टरनेशनल र फेसबुकको साझेदारी निश्चय नै सकारात्मक हुनेछ। अब फेसबुकमा विज्ञापन गर्न चाहने हरेक व्यवसायले सजिलै अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्नुहुनेछ। यसरी गरिएको भुक्तानी नेपाल राष्ट्र बैंकको मान्यता प्राप्त हुनाका साथै आईआरडी गाइडलाइन पनि पूर्ण रूपमा पालना गरिने छन्।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिने

  • 9 minutes ago
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिने

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने भएका छन् । उनले शुक्रबार विश्वासको मत लिने प्रस्ताव गरेको संसद सचिवालयले जनाएको छ । मंगलबार उनले संसद सचिवालयमा विश्

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

  • 20 minutes ago
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

बलिउड अभिनेत्रीहरुको सारी मोह

  • 28 minutes ago
बलिउड अभिनेत्रीहरुको सारी मोह

एजेन्सी । बलिउडमा पछिल्लो समय अभिनेत्रीहरुको सारी मोह देख्न सकिन्छ । निकै महँगा खालका सारीमा उनीहरु देखिने गरेका छन् ।



पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।