'मेरो छोराको जसरी हत्या गरे, त्यसरी नै हत्याराहरुलाई मृत्युको सजाय होस्'

एजेन्सी । बिहारको बक्सरमा महिलामाथि भएको ग्यांङरेपका कारण भयावह स्थिति रहेको मिडिया रिपोर्टमा उल्लेख छ । आरोपीहरुले महिलाको पाँच वर्षका बच्चाको हत्या समेत गरेका थिए ।

 

प्रहरीले यो घटनालाई लिएर एक जनालाई पक्राउ गरेको थियो भने सोधपुछ क्रम जारी रहेको छ । यता परिवार भने शोकमा रहेको छ । बक्सर पुगेका पिडित महिलाका श्रीमानले आफुलाई न्याय चाहिएको बताएका छन् ।

 

उनले भनेका छन्, 'जसरी मेरो छोराको हत्या भएको छ त्यसरी नै ती हत्याहरुलाई मारियोस् ।' 

 

यो घटना मुरार थाना क्षेत्रको ओझा बराब गाउँको हो । एक दलित महिला आफ्नो पाँच वर्षिय छोराका साथ बैँक जादै थिइन् । बलात्कारीहरुले सडकबाटै उनको अपहरण गरे ।

 

आरोपीहरुले आमा छोरालाई एकान्त स्थानमा लगे जहाँ उनको सामुहिक बलात्कार भयो । आरोपीहरुले महिलाका साथ उनको छोरामाथि पनि बर्बरता देखाए । दुवैलाई कपडाले बानेर पानीमा फालिदिए । जसका कारण बच्चाको मृत्यु हुन पुग्यो । मिडिया रिपोर्टका अनुसार पिडित महिलाको उपचार भइराखेको छ ।

 

उनको स्वास्थ्यमा सुधार आएको छ । तर, उनको छोराको मृत्युको खबरले भने उनी अचेत रहेको बताइएको छ । पिडितको पति विशाखापटनमा जागिर गर्दै आइरहेका थिए ।

 

जब उनले यो घटनाबारे जानकारी तत्कालै उनी बक्सर फर्किएका थिए । आफ्नो छोरा र श्रीमतीलाई उनले ससुरालीमा छोडेर विशाखापटनम गएका थिए । उनका अनुसार श्रीमती र छोराको राम्रो ख्याल होस् भनेर ससुरालीमा छोडेको थिए । श्रीमतीले मेहनत मजदुरी गरेर केही रकम जम्मा गरेकी थिइन् । सो रकम बुझाउन उनी बैँक जाने क्रममा यो दर्दनाक घटना घटेको पिडितको पतिले बताएका छन् । 

 

उनले आरोपीहरुलाई पनि पानीमा डुबाएर मृत्युको सजाय दिन आग्रह गरेका छन् । 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दक्षिण कोरियामा पुनः फैलियो कोरोना संक्रमण

  • 7 minutes ago
दक्षिण कोरियामा पुनः फैलियो कोरोना संक्रमण

एजेन्सी । दक्षिण कोरियामा गत २४ घण्टामा थप ४५० जनामा कोभिड १९ को संक्रमण देखिएपछि यहाँ कोरोना भाइरस कुल संक्रमितको संख्या ३३ हजार ९२४ पुगेको छ ।

भारतमा कति छन् सक्रिय कोरोना संक्रमित ?

  • 14 minutes ago
भारतमा कति छन् सक्रिय कोरोना संक्रमित ?

एजेन्सी । भारतमा शुक्रवार थप ४१ हजार ८१० जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ । भारत को

पुटिनको सफाई कर्मचारीसँग थियो सम्बन्ध, अब ती महिलासँग छ करोडौँको सम्पत्तिः रसियन मिडिया

  • 25 minutes ago
पुटिनको सफाई कर्मचारीसँग थियो सम्बन्ध, अब ती महिलासँग छ करोडौँको सम्पत्तिः रसियन मिडिया

एजेन्सी । रूसी मिडिया प्रोइक्टले एक रिपोर्टमा दाबी गर्दै भनेको कि रूसका राष्ट्रपति भ्लाद्मीर पुटिनको एक महिला सफाई कर्मचारीसँग सम्बन्ध रहेको थियो ।



पर्यटन

बैतडीको मेलौली मन्दिर

बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।

जीवनशैली

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।