पेटको बोसो घटाउन सेवन गर्नुपर्ने यी सात खानेकुराहरु
- मंगलबार, ११ माघ, २०७८
- 3 months ago
- जीवनशैली

काठमाडौं । लसुन एक प्राकृतिक एन्टी बायोटिक औषधि हो । यसले सुगरलाई नियन्त्रित गर्ने काम गर्छ । लसुनले शरीरमा ती हर्मोनलाई सक्रिय गर्ने काम गर्छ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् ।
—ग्रीन टीमा ‘क्याटेचिन्स’ नामक यौगिक तत्व पाइन्छ जसले शरीरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्छ अनि हाम्रो पेटलाई बढ्न दिँदैन ।
—यदि फास्ट फूड खाने लत नै बसिसकेको छ र त्यसलाई त्याग्न खोज्दै हुनुहुन्छ भने आजैदेखि केरा खान सुरु गर्नुहोस् । यसमा प्रशस्त मात्रामा पोटासियम पाइन्छ । यसले फास्ट फूडको लतलाई कम गर्छ र तौल कम गर्न सहयोग गर्छ ।
—एक कप मनतातो पानीमा पुदिनाका केही पात हाल्नुहोस् । तपाईं चाहनुहुन्छ भने यसमा केही मह पनि मिसाउन सक्नुहुन्छ । अनि यसको प्रयोग गर्नुहोस्, यसको प्रयोगले पेटको बोसो कम गर्न निकै प्रभावकारी भूमिका हुन्छ ।
—यदि तपाईंसँग तौल घटाउनका लागि धेरै दिन छैन भने दालचिनीको प्रयोग गर्दा तौल घटाउन समय थोरै लाग्छ । बिहानको नास्ताभन्दा पहिले र सुत्नुभन्दा पहिले यसको प्रयोग गर्न सक्नुहुन्छ । एक कप पानीमा एक चम्चा दालचिनी पाउडर मिसाउनुहोस् । यो पेयलाई दैनिक दुईपटक पिउँदा केही दिनमै असर देखिनेछ ।
—यदि नियमित रूपमा तपाईं स्याउ खानुहुन्छ भने आफ्नो बढिरहेको बोसोलाई घटाउन सक्नुहुन्छ । स्याउमा पोटासियम हुन्छ जसले धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन अनि तौल कम गर्न मद्दत गर्छ ।
—तोफु, पालुङ्गो, चिज, ओखर, अण्डा लगायतमा ओमेगा थ्री तत्व पाइन्छ । यसले शरीरमा जमेको अतिरिक्त बोसोलाई हटाउन सहयोग गर्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बलात्कार आरोप लागेका कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ
- 4 hours ago

काठमाडौं । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् ।
६९४ तहको परिणाम सार्वजनिक, कांग्रेस पहिलो र एमाले दोस्रो
- 5 hours ago

काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म ६९४ तहको परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा शनिबार साँझ ७ बजेसम्म निर्वाचनको आयोगको सूचना प्रणालीमा
बुटवल उपमहानगरमा प्रमुखमा पाण्डे, उपप्रमुखमा अर्याल
- 6 hours ago

लुम्बिनी । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बनेका कांग्रेस बुटवल उपमहानगरपालिक
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

एजेन्सी । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।