विश्वकै शक्तिशाली परिवारहरु

१०. स्लिम परिवार

सन् २०१० देखि सन् २०१३ सम्म कार्लोस स्लिम हेलु विश्वको सबैभन्दा धनी परिवारका प्रमुख थिए । ७६ वर्षिय कार्लोससँग अहिले पनि ५० अर्ब डलर भन्दा बढी सम्पत्ति रहेको छ । 

 

उनले यति सम्पत्ति आफ्नो कार्सो ग्रुपबाट कमाएका हुन् । कार्सो ग्रुपको स्वामित्वमा मेक्सिकन स्टक एक्सचेन्जमा सुचीकृत करिव ४० प्रतिशत कम्पनीका सेयर छन् । 

 

उनको सम्पत्तिले मेक्सिकोको कुल ग्राहस्थ उत्पादनमा ७ प्रतिशत बराबरको योगदान दिन्छ । उनी न्युयोर्क टाइम्सको सबैभन्दा ठूलो सेयर धनी हुन् । राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्पले न्युयोर्क टाइम्समा आफ्नो सेक्स स्क्यान्डलको बारेमा प्रकाशित लेख क्लिन्टनलाई सहयोग गर्नको लागि छापिएको आरोप लगाएका थिए ।

 

९. डु पोन्ट परिवार

डु पोन्टहरुको करिव ३५ सय परिवारको फैलिएको नेटवर्क छ जसको करिव १४ अर्ब डलर बराबरको सम्पत्ति रहेको छ । उनीहरु सयौं वर्षदेखि अमेरिकाको सबैभन्दा धनीमध्यका एक परिवार हुन् । 

 

डु पोन्ट फ्रान्सेली क्रान्तिको समयमा भागेका थिए र अमेरिकामा गन पाउडर उत्पादन गर्ने कम्पनी खोले । कालान्तरमा उनीहरु अरु केमिकल र विष्फोटक पदार्थको व्यावसायमा पनि लागे । उनीहरुले केभ्लर,नाइलन र टेफ्लोन को आविष्कार गरेका इन्जिनियरहरुलाई पनि जागिर दिए ।

 

अहिले उनीहरु धेरैको सङ्ख्यामा छन् । सिधै व्यापारहरु नियन्त्रण गर्दैनन् बरु सेयरको मुख्य अंश उनीहरुको स्वामित्वमा रहेको छ । पेटे डु पोन्ट चौंथोले ह्वाइट हाउसकै नियन्त्रण हासिल गर्न खोजेका थिए । उनी डेलावेरका गर्भनर थिए । सन् १९८८ को राष्ट्रपतिय निर्वाचनको लागि रिपब्लिकनको तर्फबाट उम्मेवार भएका थिए ।

 

यसै परिवारका रोबर्ट रिचार्डले आफ्नै तीन वर्षकी छोरीलाई बलात्कार गरेको स्विकार गरेका थिए तर उनले आफ्नो पैसा र प्रभावको कारणले जेल बस्न परेन ।

 

८. फेरेरो परिवार

सन् २०२३ को भ्यालेन्टाइन डेको दिनमा माइकल फेरेरो मोन्टे कार्लोमा निधन भएको थियो । उनले एक इटालियन चकलेट साम्राज्यको साथमा २३ अर्ब डलर बराबरको सम्पत्ति छोडेर गएका थिए । 

 

फेरेरो रोचर किन्डर, टिक ट्याक र नुटेला जस्ता लोकप्रिय ब्रान्डहरुको को स्वामित्व परिवारको रहेको छ । माइकल यो परिवारका तेस्रो सदस्य थिए जसले आफ्नो छोराहरुलाई सीइओ बनाएका थिए । उनी युरोपको सबैभन्दा धनी र गोप्य टाइकुनको रुपमामात्रै होइन आफ्नो प्रभावको कारणले पनि परिचित थिए ।

 

सन् २०१२ मा उनको परिवार लाई करोडौं रुपैंया कटुसको नक्कली भुक्तानीको रुपमा बाहिर लगेको आरोप लागेको थियो ।   फेरेरो सालुटो ब्रुनो नामको ऐतिहासिक क्लबको हिस्सा रहेको र जसले ब्याक रुम डिलिङको लागि उद्योगलाई सहयोग गर्ने गथ्र्यो ।

 

७.बुश परिवार

जर्ज बुशका सिनियरका पिता र जर्ज डब्लु बुशका हजुरबुबा प्रिस्कट बुशलाई व्यापक षडयन्त्रको आरोप लागेको थियो । उनको नातेदारहरुको साथमा प्रिस्कट खप्पर र हड्डीको कुख्यात कारोबारी थिए । 

 

सन् १९३३ मा उनले एक सैनिक ‘कु’ गरे जसको बलमा उनले राष्ट्रपति रुज बेल्टलाई हटाएर हिटलर र मुसोलिनीले जस्तो शासन गर्न खोजे । दोस्रो विश्वयुद्धमा नाजी संगठनहरुसँग कारोवार गरेर बुशको परिवारले धेरै धनजम्मा गरेको थियो ।

 

६. एस्टर परिवार

अमेरिकाको पहिलो मिलिनेयर एस्टर परिवारका सदस्यहरु कसैले होटल बनाउन स्ुरु गरे, कोही ब्रिटिश राजनीतिज्ञ बने र कसैको टाइटानिक जहाजमा मृत्यु भयो । कसैले पत्रपत्रिकाहरु सम्पादन गरे । यो परिवारको कुल सम्पत्ति एक अर्ब डलर भन्दा धेरै थियो ।

 

उनीहरुमा थिनाजीलाई सहयोग गरेको आरोप लगाइएको थियो । बेलायतको अब्जर्भर पत्रिकाको प्रयोग गरेर डेभिड एस्टरले मृत्युदण्डको सजाय उन्मुलन गर्न, अफ्रिकालाई बेलायती उपनिवेशबाट मुक्त गर्ने जस्ता कानुन पास सहयोग पनि गरेका थिए । 

 

धेरैजसो मामिलामा उनैको उदारवादी एजेन्डाको आधारमा कानुुन पास गर्ने गरिएको थियो । आज पनि विश्वभरी फैलिएका एस्टरहरु प्रभावकारी पदमा रहेका छन् ।

 

५. टाटा

सन् २०१६ सम्ममा भारतको टाटा परिवारको बहुराष्ट्रिय समूहको मुल्य एक सय अर्ब डलर भन्दा धेरै रहेको छ र विश्वभरी नै साँढे छ लाखभन्दा धेरै कर्मचारीहरु कार्यरत रहेका छन् । समूहका अध्यक्ष रतन टाटा कम्पनीको डेढ सय वर्षको इतिहासमा टाटा समूह सम्हाल्ने छैंठौं टाटा परिवारका सदस्य हुन् । 

 

उनीहरु मुख्यगरी स्टिल निर्माणको लागि चिनिन्छन् तर आसामको चिया कम्पनीले उनीहरुलाई धेरै नै विवादमा तान्यो । लिक भएका केही टेप संवादले उनीहरुले चिया कम्पनीको विवाद आफ्नो पक्षमा पार्न आसाम राज्य सरकार विरुद्ध भारतको केन्द्रिय सरकारलाई प्रयोग गरेको कुरा खुलासा भएको थियो । 

 

यो कम्पनीलाई अमेरिकी ग्रान्ड जुरीले समेत एपिक सिस्टमबाट टेड्र सेक्रेट र डाटाहरु चोरेको आरोपमा १ अर्ब डलर जति जरिवाना लगाएको थियो ।

 

४. वाल्टन

वाल्टन परिवारलाई विश्वकै लोभी परिवारको रुपमा चिनिन्छ । उनीहरुको नामले नै तपाईलाई यो कुराको संकेत दिन्छ कि उनीहरु विश्वकै समैभन्दा ठूलो रिटेलर वालमार्टको मालिक हुन् । 

 

करिव एक सय तिस अर्ब डलरका सम्पत्तिका मालिक उनीहरु कर छल्नको लागि धेरै नै चतुर मानिन्छन् । ब्लुमबर्गका अनुसार राजनीतिक पार्टीलाई सबैभन्दा धेरै चन्दा दिनेमा उनीहरु अगाडि आँउछन् जसको माध्यमबाट कर र श्रम नीति आफ्नो अनुकुल बनाउने प्रयास गर्छन् । 

 

सन् २०१४ मा लेबर बोर्डले वालमार्टले श्रम नीति उलंघन गरेको आरोप लगाएको थियो । सन् २००७ को आर्थिक मन्दीपछि अमेरिकीहरुले आफ्नो ४० प्रतिशत सम्पत्ति गुमाए तर यसै अवधीमा वालमार्टले भने ९६ प्रतिशत वृद्धि गर्यो ।

 

३. रकफेलर

आज पनि रकफेलरहरु धेरै नै धनी रहेका छन् । ११ अर्ब डलर सहित फैलिएको यो परिवारमा १७४ जना सदस्य छन् । जेडी रकफेलरले तेल कम्पनी स्थापना गरे जुन सरकारको लागि ठूलो भयो र पछि सेभरोन, बिपि र एक्सोन मोविलमा विभाजित भयो ।

 

डेभिड रकफेलर मोर्गन चेसका पूर्व प्रमुख विल्डरवर्ग कन्फ्रेन्समा समेत रहेका थिए, पछि उनले फेडेरल रिजर्भको अध्यक्ष र टेजरीको सेक्रेटरीको जागिर समेत छोडिदिए । सन् १९७५ माउनको भेट मार्गरेट थ्याचरसँग भयो र उनको प्रेममा परे । 

 

उनले थ्याचरलाई राष्ट्रपतिहरुसँग, बैंकरहरुसँग र जासुसी प्रमुखहरुसँग भेट गराए त्यसको चार वर्ष पछि नै उनी बेलायतको पहिलो महिला प्रधानमन्त्री बनिन् । पछि उनले रकफेलर कम्पनीलाई फाइदा हुने गरि विभिन्न नीतिहरु ल्याइन् ।

 

२. विन्सडर 

विन्सडर परिवार करिव १०० वर्षदेखि बेलायतको सिंहासनमा रहेको छ । सबै राजनीतिक निर्णयहरु राजसंस्थाको रबर छाप पछि नै कानुन बन्छ । 

 

राज परिवारको असली प्रभाव त झनै यो भन्दापनि धेरै कपटी रहेको छ । आफ्नो फाइदाको लागि राजपरिवारका सदस्यले विभिन्न लविङ गर्ने, दवाव दिने गर्छन् । उदाहरणको रुपमा प्रिन्स चाल्र्सले लेखेका चिठीहरु जसमा एनएचएसलाई होमियोप्याथी सेवा सुचारु गरिराख्न आग्रह गरिएको थियो र टोनी ब्लेयरले लागि सैनिक रणनीतिमा पाएको सल्लाहलाई लिन सकिन्छ । 

 

सामान्य रुपमा हामीले उनीहरुको भित्रि सम्झौताहरुको बारेमा थाहा पाँउदैनौं तर उनीहरुको शाही अर्काइभमा नियन्त्रण छ जहाँ महत्वपूर्ण जर्नल र चिठीहरु राखिएका छन्  । जसले उनीहरुलाई षडयन्त्र गर्नको लागि अनुमति दिन्छ । के उनीहरुले नाजिसँग सहकार्य गरेकाथिए ? के उनीहरु डायनाको मृत्यको लागि जिम्मेवार थिए ? यी कुराहरु रहस्यमय छन् ।

 

१. रथचाइल्ड

रथचाइल्ड साम्राज्यको सुरुवात १८ औं शताब्दीमा जर्मनीमा भएको थियो जहाँ मायेर आम्सचेल रथचाइल्डले बैकंमा काम गरेका थिए । उनले आफुले कमाएको धनलाई अन्तराष्ट्रिय व्यापारमा लगाए र आफ्ना पाँच छोराहरुलाई युरोपको मुख्य पाँच शहरमा स्थापित गराए । 

 

उनीहरुले व्यापारबाट धनमात्रै आर्जन गरेनन् शक्ति पनि आर्जन गरे । उनीहरुलाई युद्धमा दुवै पक्षलाई सहयोग गरेको आरोप लाग्यो र होलोकास्टलाई पनि आर्थिक सहयोग गरेका आरोप लाग्यो र विश्वभरिका केन्द्रिय बैंक पनि नियन्त्रण गरेको आरोप लाग्यो । उनीहरुको मुख्य उद्धेश्य नै विश्वमा एक मात्र तानाशाही सरकार बनाउने रहेको भन्ने गरिन्छ । 

 

प्रमुख बैंकहरु उनीहरुको स्वामित्वमा भएकाले विश्वको ८० प्रतिशत धन उनीहरुको नियन्त्रणमा भएको मानिन्छ तर, उनीहरुको कुल विश्वरको सम्पत्ति करिव २५० टिलियन डलर भएको बताइन्छ । उनीहरुको धेरै पारिवारिक सदस्य रहेका छन् र केन्द्रिय रथचाइल्ड समूहले ५७ मुख्य शहरहरुमा बैंक सञ्चालन गरेका छन् । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँमा पुनः बर्डफ्लु भेटियो

  • 8 minutes ago
काठमाडौँमा पुनः बर्डफ्लु भेटियो

काठमाडौँ । काठमाडौँमा पुनः बर्डफ्लु देखा परेको छ । पशु सेवा विभागले शुक्रबार एक सूचना जारी गर्दै काठमाडौँको तारकेश्वर नागरपालिकामा साढे १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिएको छ ।

'पेरिसडाँडामा राजेन्द्र महताेजी ने जायज सवाल पुछा- तपाईहरूकाे पार्टीचाहिँ कुन हाे रे ?'

  • 17 minutes ago
'पेरिसडाँडामा राजेन्द्र महताेजी ने जायज सवाल पुछा-  तपाईहरूकाे पार्टीचाहिँ कुन हाे रे ?'

काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले एकपटक पुनः प्रचण्डप्रति कटाक्ष गरेका छन् । पछिल्लो समय उनले लगातार प्रचण्ड समुहको कटाक्ष गर्दै आइरहेका छन् । उनले फेसबुकमा कटाक

कोरियाले देशव्यापी कोरोना खोप सञ्चालन गरेपछि त्यहाँका नेपाली खुशी

  • 26 minutes ago
कोरियाले देशव्यापी कोरोना खोप सञ्चालन गरेपछि त्यहाँका नेपाली खुशी

सउल । दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत गरेको छ । थेगु शहरको एक अस्पतालमा रहेका ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान शुरु भएको बताइएको छ ।



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।