अष्ट्रेलियामा फेसबुकमा समाचार शेयर र समाचार पोष्ट गर्न प्रतिबन्ध

सिड्नी । अष्ट्रेलियामा फेसबुकमा समाचार शेयर र समाचार पोष्ट गर्न प्रतिबन्ध लगाइएको छ । सामाजिक संजाल फेसबुकले समाचार र समाचारमूलक सामग्री शेयर गर्न नदिने निर्णय गरेसँगै गए रातिबाट उक्त प्रतिबन्ध लागू भएको हो ।

 

फेसबुकको पेजहरुमा समाचार शेयर गरेवापत उसले समाचार संस्थाहरुलाई रकम तिर्नुपर्ने कारण प्रतिबन्ध लागेको हो । नयाँ प्रतिबन्धसँगै अष्ट्रेलियन समाचार सामग्रीहरुलाई फेसबुकको न्यूजफिड तथा पेजहरुमा समेत शेयर गर्न नपाइने भएको छ । गुगलले पनि अष्ट्रेलियाका समाचार कम्पनीहरुलाई आम्दानीको हिस्सा प्रदान गर्दै आएको कारण फेसबुकले पनि दिनुपर्ने माग उठेको हो । तर, फेसबुकले भने यी दुबै प्रकरणलाई एकै किसिमले हेर्न नसकिने प्रतिक्रिया दिएको छ ।

 

यसबारेमा अष्ट्रेलियाका ट्रेजरर जोस फ्रेडनवगले बिहीबार बिहान आफुले फेसबुकका सिईयो मार्क जुकरबर्गसँग कुराकानी गरेको बताउँदै उसले गरको निर्णयमा पुनर्विचार गर्नुपर्न धारणा सार्वजनिक गरेका छन् ।

 

फेसबुकको यस्तो प्रतिबन्ध सँगै अष्ट्रेलियाका फेसबुक पेजहरुमा समाचारहरु देखिएका छैनन् । समाचार संस्थाको फेसबुक पेजहरु खाली देखिएका छन् ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

  • 5 minutes ago
एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डका सन्दर्भमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निगमले आज विज्ञप्तिमार्फत ज

'कि लाखु मास, कि हामीलाई नाश'

  • 9 minutes ago
'कि लाखु मास, कि हामीलाई नाश'

तनहुँ । “कि लाखु मास, कि हामीलाई नाश”, तनहुँको शुक्लागण्डकी नगरपालिका–१ चुया विसौनाकी ज्येष्ठ नागरिक देउमाया भुजेलले भन्नुभएको यो उक्ति झट्ट सुन्दा अप्रिय लागे पनि यस भनाइमा बाँदरले सताएका धेरै पीडा र

धादिङको गल्छीमा सवारी दुर्घटना, पृथ्वी राजमार्गमा जाम

  • 14 minutes ago
धादिङको गल्छीमा सवारी दुर्घटना, पृथ्वी राजमार्गमा जाम

धादिङवेशी । धादिङको गल्छिमा सवारी दुर्घटना भएको छ । आइतबार अपराह्न सवारी दुर्घटना भएको हो । काठमाडौँबाट आउँदै गरेको ना ५ ख ५०७० नम्बरको बस र विपरिततर्फबाट आउँदै गरेको अर्को सवारी एकआपसमा ठोक्क



पर्यटन

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।

जीवनशैली

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।