१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !
- शनिबार, ६ असोज, २०७५
- 2 years ago
- विचित्र विश्व

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले । ती छात्रा उनको अनुरोध स्वीकार्न थालिन् । उनीहरूले एकापसमा फेसबुकबाट अश्लील कुराकानी तथा अन्तरंग दृश्य आदानप्रदान गर्न थाले । एक दिन ती छात्राका बुवाले छोरीको गतिविधि सबै थाहा पाए । त्यसपछि ती अभिभावक छाँगाबाट खसेजस्तै भए। त्यसको कारण थियो— १३ वर्षीया छोरीको ब्वाइफ्रेन्डसँगको अश्लील कुराकानी र तस्बिर सेयरिङ । उनले छोरीले चलाउने मोबाइल मात्रै खोसेनन्, विद्यालयसमेत परिवर्तन गरिदिए।
अभिभावकका कारण सम्बन्ध तोडिएपछि ती छात्रले प्रेमिकासँग भएका अन्तरंग तस्बिर फेसबुकबाट उनको अभिभावकको फेसबुकमा ट्याग गरिदिए। तस्बिर सार्वजनिक भएपछि ती छात्राका बुवा महानगरीय प्रहरी अपराध महाशाखामा छोरीलाई लिएर उजुरी गर्न पुगे । महाशाखाले यस विषयमा आवश्यक छानबिन गरिरहेको जनाएको छ ।
अचेल बालबालिकाले सामाजिक सञ्जालको गलत प्रयोगका कारण उन्पन्न समस्या लिएर आउने अभिभावकको संख्या बढेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। महाशाखाअन्तर्गतको मुद्दा फाँटका प्रहरी निरीक्षक लीलाराज डाँगी बालबालिकामा सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति बढेको बताउँछन् । ‘सामाजिक सञ्जाल दुरुपयोगको सिकार बालबालिका र युवती भएका छन्,’ उनले भने, ‘सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराध न्यूनीकरण नगर्ने हो भने समाजमा भयावह स्थिति आउनेछ।’ नागरिकबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गङ्गामायाको स्वास्थ्य अवस्थाबारे जानकारी
- 3 hours ago

काठमाडौँ । गृहसचिव महेश्वर न्यौपाने र कानून सचिव ऋषि राजभण्डारीसहितको टोलीले वीर अस्पतालमा उपचाररत गङ्गामाया अधिकारीको अवस्थाबारे आज जानकारी लिएका छन् । सचिवद्वयसहितको टोलीले वीर अस्पतालमा पुगेर उनको
आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए पार्टी एक हुनसक्छ: मन्त्री श्रेष्ठ
- 3 hours ago

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले पार्टीमा दर्ता गराइएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए अझै पार्टी एक हुनसक्ने बताएका
'तपाईहरुको सपना पूरा गर्ने सरकार यही छ, दायाँबायाँ भएको छैन'
- 3 hours ago

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले विकासप्रेमी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रयास गलत भएको बताएका छन् । प्रधानमन्
पर्यटन
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।
जीवनशैली
जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

काठमाडौं । ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ। यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ।
विचित्र विश्व
बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

एजेन्सी । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।