आर्सनलले जित्यो एफए कपको उपाधि

  • आइतबार, १८ साउन, २०७७
  • 1 day ago
  • खेल

एजेन्सी । लण्डन क्लब आर्सनलले एफए कपको  जितेको छ ।  शनिबार राति सम्पन्न खेलमा आर्सनलले अर्को लण्डन क्लब चेल्सीलाई  २–१ ले हराउँदै आर्सनलले एफए कप जितेको हो । आर्सनलले १४ औं पटक उपाधि हात पार्यो ।

 

वेम्ब्लीमा भएको फाइनलमा चेल्सीले खेलको सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा उपाधिबाट विमुख हुनु परेको थियो । क्रिस्टियन पुलिसकको गोलमा चेल्सीले ५ औं मिनेटमा नै अग्रता लिएको थियो । तर आर्सनलले २८ औं मिनेटमा बराबरी गोल फर्कायो । पिएरे एम्रिक अउबामेयाङले पेनाल्टीमा गोल गर्दै खेलललाई बराबरीमा ल्याएका थिए ।

 

६८ औं मिनेटमा अउबामेयाङनै अर्को गोल गर्दै आर्सनललाई अग्रता बनाए । त्यसपछि गोल हुन नसक्दा आर्सनलले उपाधि हात पार्यो । चेल्सीले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो । मेटेउ कोभासिचले ७३ औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाएपछि मैदान छाड्न परेको थियो ।

 

आर्सनलपछि म्यानचेस्टर युनाइटेडले १२ पटक एफए कप जितेको छ । एफए कपको खेलेका सबै तीन फाइनल खेलमा आर्सनलले चेल्सीलाई हराएको थियो । आर्सनलले पछिल्ला १० पटक एफए कप फाइनल खेल्दा ९ पटक उपाधि उचालेको छ ।

 

प्रशिक्षक मिकेल आर्टेटा आर्सनलको कप्तान र प्रशिक्षकका रुपमा एफए कप जित्ने पहिलो व्यक्ति पनि बनेका छन् ।


थप समाचार

८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

  • 1 hour ago
८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले संरक्षण अधिकृत भट्टराई र रोकायाबाट रु तीन लाख ४८ हजार र विभिन्न मितिका बैंक भौचर, रु पाँच लाख ५० हजार गरी कूल रु आठ लाख ९८ हजारसहित सैनामैना नगरपालिका–१० रुपन्देही

मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

  • 1 hour ago
मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

एजेन्सी । फिलिपिन्सको राजधानी मनिलामा फेरि बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्तामा बुढा

  • 1 hour ago
गृह मन्त्रालयका प्रवक्तामा बुढा

काठमाडौँ । गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई आज गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

काठमाडौं । प्रतिरोधात्मक क्षमता कम भएका मानिसले कागतीपानी र भिटामिन सीयुक्त खानेकुरा खाने गर्नुपर्छ । यसले इन्फेक्सन वा कोरोना भाइरस (कोभिड–१९) जस्ता फ्लुविरुद्ध लड्नका साथै प्रतिरोधात्मक क्षमता पनि राम्रो बनाउने गर्छ ।