किन आँखा फरफराउँछ ? यस्ता छन् कारणहरु...
- शनिबार, २२ फागुन, २०७७
- 1 month ago
- जीवनशैली

काठमाडौं । हाम्रो समाजको भनाइ अनुसार आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो । आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ ।
कुनै समाजमा पुरुषमा दाहिने आँखा फरफरायो भने शुभ समाचारको सूचक मानिन्छ भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचक मान्ने गरिन्छ। महिलामा भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचकका रुपमा लिने गरिन्छ।
तर, यो पूर्णत वैज्ञानिक कारणसंग जोडिएको कुरा हो। यसमा आँखाको परेला फरफराउँछ। यो फरफराई केही सेकेण्डसम्म या केही घण्टासम्म जारी रहन्छ। कसै कसैमा हप्तौंसम्म पनि जारी रहेको पाइन्छ।
यस्त छन् आँखा फरफराउनुका कारण...
सुख्खा आँखा :
बुढ्यौली लाग्दै जाँदा अधिकांश मानिसले आँखा सुख्खा हुने समस्या भोग्छन्। कम्प्युटरको बढी प्रयोग गर्ने, एन्टिहिस्टामिन या एन्टिडिप्रेसान्टका औषधि बढी प्रयोग गर्ने, कन्ट्याक्ट लेन्स प्रयोग गर्ने र क्याफिन तथा अल्कोहल प्रयोग गर्नेहरुमा सुख्खा आँखाको समस्या हुन्छ। यस्ता व्यक्तिका आँखा बढी फरफराउँछ।
पोषकतत्वको असन्तुलन :
म्याग्नेसियमजस्ता केही पोषक तत्वको कमी हुँदा पनि परेला फरफराउँछ। यद्यपि यो कुरा अहिलेसम्म वैज्ञानिक रुपमा पुष्टि हुन सकेको छैन।
एलर्जी :
आँखाको एलर्जी हुने, रातो हुने, सुन्निने या आँसु बढी आउने मानिसको आँखा फरफराउँछ।
तनावका कारण :
जब हामी कुनै तनावमा हुन्छौं, हाम्रो शरीरले विभिन्न तरिकाले प्रतिक्रिया जनाउँछ। आँखा फरफराउनु पनि तनावको एउटा भाग हुन सक्छ। तनावलाई कम गर्नु नै आँखा फरफराउन रोक्ने उपाय हो।
थकान :
तनाव तथा अन्य कारणबाट उत्पन्न अनिद्राले आँखाको परेलामा ऐंठन पर्छ।
आँखा दुखाई :
दृष्टिसंग सम्बन्धित तनावले पनि आँखाको परेला फरफराउँछ। खासगरी, आँखालाई बढी तनाव हुने गरी काम गर्दा यस्तो हुन सक्छ।
क्याफिन र अल्कोहल :
विज्ञहरुका अनुसार क्याफिनको प्रयोग (चिया, कफी) बढीमात्रा गरिएमा र अल्कोहल बढी सेवन गरेमा आँखा फरफराउने समस्या देखिन्छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन
- 5 hours ago

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए
- 6 hours ago

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए
- 6 hours ago

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।
पर्यटन
शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।
जीवनशैली
छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।
विचित्र विश्व
हरिद्वारमा कोरोना संक्रमण फैलियो, एक जना साधुको मृत्यु

एजेन्सी । कुम्भ नगरी हरिद्वारमा अप्रिल १४ मा भएको मुख्य शाही स्नानपछि कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । रिपोर्टका अनुसार कोरोना संक्रमित साधु सन्तहरुको लिष्ट अगाडि आउन थालेको छ ।