युरोपको शिथिल पर्यटनले गति लिदै

लण्डन ।  युरोपको शिथिल पर्यटन उद्योगले विस्तारै गति लिन थालेको छ । युरोपेली  पर्यटकहरूले कोभिड-१९ महामारीले गर्दा घरमै रहन वाध्य एशियाली र उत्तरी अमेरिकी पर्यटकहरूले छोडेको खाडल भर्न मद्दत गरेका छन्। युरोपको पर्यटक र आतिथ्य उद्योग यस वर्ष मन्दप्रायः नै रहेको छ तर सुधारको झिनो सङ्केत भने देखिएका छन्। 

 

यस क्षेत्रले २०२० को विनाशकारी पर्यटन यामपछि सुधारको उज्यालो समयको अपेक्षा सहित  कोभिड (१९ विरुद्धको खोप अभियान सञ्चालन र यात्रा प्रतिबन्धहरूलाई सहजीकरणका प्रयासहरू समेत अवलम्बन गरेको थियो ।

 

यति हुँदाहुँदै पनि युरोपेली आगन्तुकहरूको सङ्ख्या घटेको छ तर रिकभरी पर्यटकहरूका रूपमा देखा परेका केही पर्यटकहरूले भने यस क्षेत्रमा विभिन्न तरिकाले खर्च गरिरहेका देखिन्छन्। 

 

यद्यपि चिनियाँ र अमेरिकी पर्यटक जस्ता ठूलो सङ्ख्यामा ठूलो रकम खर्च गर्ने पर्यटकहरू भने कमै देखिएका छन् । यसरी घुम्न चाहाने पर्यटकहरूका निम्ति पनि कोभिड यात्रा प्रतिबन्ध अचानक परिवर्तन हुने डर र बेलायतको  भ्रमणको लागि विशेषतः अनिवार्य कोभिड १९ को परीक्षण लगायतका कारणहरूले यस गर्मी याममा पनि यस क्षेत्रको पर्यटन उद्योगमा अपेक्षित सुधार हुने सम्भावना कमै छ । 

 

पर्यटन क्षेत्रमा निर्भर ग्रीसले जुलाई र अगस्टमा २० लाख भन्दा धेरै आगन्तुकहरूलाई स्वागत गरेको छ । ग्रीसका  पर्यटन मन्त्री हरीस थियोचारिसले २०१९ को महामारी पछि यस्तो समय निकै पछि देखा परेको थियो बताएका छन्। 

 

एथेन्सको प्लाका टुरिस्ट हटस्पटमा रहेको बारको मालिक नेपोलियनले भने यस गर्मीयाममा ५० प्रतिशत भन्दा बढीको लक्ष्य पार गरेका छन्। तर नजिकैको बायरन होटलका सह(प्रबन्धक जिमी मिस्तिपोलसले भने उनको होटल १० दिनमात्र भरिभराउ थियो।  यद्पि दुई बर्ष पहिले यो याममा त्यहाँ कुनै कोठा खाली हुँदैनथे । 

 

रोमको मुटुमा रहेको कस्मोपोलिटा  होटलका मालिक बाल्टर पिटारियो ८२ मध्ये औसतमा तीन देखि पाँचवटा कोठाहरू मात्र पर्यटकहरूले  भरिभराउ हुने  गरेको उल्लेख गरेका छन्।  उनले एएफपीलाई बताएअनुसार त्यहाँ आउने पर्यटकहरूमा ८० प्रतिशत विदेशी हुने र ती मध्ये ८० प्रतिशत अमेरिकी र एशियाली हुने गरेका छन् । त्यहाँको  होटेल सघले जनाएअनुसार रोममा रहेका १,२०० होटलहरू मध्ये ६०० यस गर्मी याममा खुलेका छन् र  औसतमा ३० देखि ३५ प्रतिशतमा मात्र पर्यटकको आवागमन हुने गरेको छ। विश्वको दोस्रो  ठूलो  पर्यटकीय गन्तव्य स्पेनले २०१९ को जुलाइमा ४४ लाख पर्यटकलाई  भित्र्याएको थियो तर कोभड(१९ को महामारी पहिले भने सो अवधिमा औसतमा ९९ लाख पर्यटकहरूले भ्रमण गर्ने गरेको त्यहाँको ताथ्याङ्कले देखाएको छ । मेडिटेरिनियन क्षेत्र पर्यटकहरूद्वारा सबैभन्दा मन पराइने गन्तव्य हो जहाँ अगस्टमा ९५ प्रतिशतको हाराहारीमा खचाखच रहेको थियो ।  

 

फ्रान्सेलीहरू स्पेनका मुख्य पर्यटकहरू हुन् जहाँ ८७४,००० को सङ्ख्यामा सो अवधिमा छुट्टी मनाउन पुगेका छन् । त्यसैगरी  ७०७,००० जर्मनहरू र ५५५,००० बेलायतीहरू पनि छुट्टी मनाउने त्यहाँ पुगेका छन् ।ठूलो सङ्ख्यामा त्यहाँ पुग्ने बेलायती पर्यटकहरू भने कोभिड महामारीका कारणले यस वर्ष घरमै रहन बाध्य भए। बेलायतको भ्रमण निर्देशिका र  अवलम्वन गर्नुपर्ने साबधानीका जटिलताले  यहाँको पर्यटकको सङ्ख्यामा  निकै कमी आएको छ। उनीहरूको लागि ग्रीस नयाँ गन्तव्यको रूपमा देखा परेको छ जहाँ २०१९ मा भन्दा ७९ प्रतिशतले वृद्धि भएको छ। 

 

त्यसैगरी फ्रान्सेलीहरूले पनि ग्रीस नयाँ गन्तव्यकोरूपमा  मन पराएका छन् । यस वर्ष मात्र ४५०,०० जनाले  ग्रीसको भ्रमण गरेका छन् ।

 

बेलायतका पर्यटन विज्ञ सेबास्टिएन  मन्सेउले जनाएअनुसार  यहाँको  आन्तरिक पर्यटकहरूले पनि यस वर्ष ुसुन्दर गर्मीयामु मनाएका छन् जसले गर्दा यहाँको शिथिल पर्यटन उद्योगले आंशिक मात्रामा भए पनि गति लिने अपेक्षा लिइएको छ। युरोपको आन्तरिक पर्यटनले क्रमशः गति लिन थालेको छ। फ्रान्सका ३७० लाख छुट्टी मनाउने जनसङ्ख्या मध्ये यस याममा ८५ प्रतिशत स्वदेश मै  रहेको यहाँका कनिष्ठ पर्यटन मन्त्री  ब्यापटिस्टे लियोने ले बताएका छन् ।यहाँका प्रमुख भ्रमण गन्तव्यहरूमा क्रमशः चहलपहल देखिन थालेको छ। बाह्यभन्दा पनि आन्तरिक पर्यटनले यस क्षेत्रमा केही आशाका स।केतहरू देखिएका छन्  ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सङ्खुवासभा सामूहिक हत्याकाण्डः थप ६ जना पक्राउ

  • 20 seconds ago
सङ्खुवासभा सामूहिक हत्याकाण्डः थप ६ जना पक्राउ

सङ्खुवासभा । गत भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले थप छ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ ।

१४ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै

  • 24 minutes ago
१४ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै दायर गरेको मुद्दामा आज सुनुवाई हुँदैछ । १४ सांसदहरुलाई साधारण सदस्य र सांसद सदस्

'बिग बोस'को आउँदो सिजनका लागि सलमानले बढाए पारिश्रमिक

  • 25 minutes ago
'बिग बोस'को आउँदो सिजनका लागि सलमानले बढाए पारिश्रमिक

एजेन्सी । बलिउड स्टार सलमान खानले भारतीय चर्चित रियालीटी शो बिग बोसलाई धेरै चर्चामा पुर्याएका छन् । उनको होस्टले गर्दा नै बिग बोसले यतिधेरै चर्चा कमाएको हो भन्नुमा फरक पर्दैन ।



पर्यटन

इन्द्रदहमा मेला

इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।

जीवनशैली

दादबाट यसरी जोगिनुपर्छ

दादबाट यसरी जोगिनुपर्छ

आम मानिसले छालामा आउने सबै खाले एलर्जीलाई दाद भन्ने गर्छन् । तर, दाद दुई किसिमको हुने गर्छ । चिलाउने दाद (एग्जिमा) र फंगल इनफेक्शन ।