युरोप क्षेत्रको आर्थिक विकासमा सुस्तता
- बुधबार, १६ साउन, २०७५
- 2 years ago
- अन्तर्राष्ट्रिय

यस आर्थिक वर्षको दोस्रो त्रैमासिकमा युरोप क्षेत्रको आर्थिक विकासमा सुस्तता छाएको मङ्गलबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । वासिङ्टनका कारण निम्तिएको विश्व व्यापार समस्याले युरोप क्षेत्रको अर्थतन्त्रलाई समेत घाइते बनाउने सम्भावना बढेको हो ।
‘अमेरिका पहिला’ भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र व्यापारमा बढ्दो संरक्षणवादी नीतिका कारण युरोप क्षेत्रको आर्थिक विकाससमेत खतरा रहेको युरोपेली केन्द्रीय बैङ्क तथा अन्तरराष्ट्रिय मुद्रा कोषलगायतका प्रमुख आर्थिक संघसंस्थाले चेतावनी दिएका छन् ।
अप्रिलदेखि जुनसम्मको दोस्रो त्रैमासिकको समयमा युरोपका १९ मुलुकले प्रयोगमा ल्याएको एकल मुद्रा यूरोमा ०.३ प्रतिशतले सुस्तता आएको देखिएको छ । हुनत यस आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा आर्थिक वृद्धिदर ०.४ प्रतिशत रहेको युरोपेली यूनियन (इयू)को आर्थिक तथ्याङ्कसम्बन्धी अध्ययन तथा मूल्याङ्कन गर्ने निकाय यूरोस्टाटले जनाएको छ ।
वार्षिक आधारलाई नियाल्दा यूरो क्षेत्रको आर्थिक विकास गत वर्षको प्रथम तथा दोस्रो त्रैमासिक अवधिको २.५ बाट २.१ विन्दुमा झरेको छ । यो युरोप क्षेत्रको अर्थतन्त्रमा सुधार आउने भन्ने यस क्षेत्रका आर्थिक विश्लेषकका प्रक्षेपणको विपरीत हुनगएको छ । यूरो क्षेत्रका विश्लेषकले गत वर्षभन्दा यस वर्ष आर्थिक सूचकाङ्कमा वृद्धि देखिने बताउँदै आएका थिए ।
“यस वर्ष विश्व व्यापार बजार क्षेत्रमा देखिएको अनिश्चितताले यूरो क्षेत्रको अर्थतन्त्रसमेत घाइते पारिदिएको छ,” इन्टरनेशनल नेदरल्याण्ड ग्रुपले सञ्चालन गरेको बैङ्क (आइएनजी)का वरिष्ट अर्थशास्त्री बर्ट कोलिजनले बताउनुभयो ।
“आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा वास्तविक निर्यात वृद्धिमा सुस्तता आएको छ यसमा सबैले भन्ने गरेको व्यापार विवाद एक विश्वस्त कारक मानिएको छ,” उहाँले थप्नुभयो ।
युरोपेली केन्द्रीय बैङ्कका प्रमुख मारियो ड्रागीले गत बिहीबार नै संरक्षणवादको नकारात्मक प्रभाव यूरो क्षेत्रको आर्थिक वृद्धिका लागि प्रमुख तगारो बन्ने र यस वर्ष यूरो क्षेत्रको अर्थतन्त्रमा सन् २०१७ मा जस्तो वृद्धि नहुने प्रक्षेपण गरिसक्नुभएको थियो ।
अन्तरराष्ट्रिय मुद्रा कोषका प्रमुख अर्थशास्त्री मौरिस असफेल्डले जुलाइमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वर्तमान संरक्षणवादी व्यापार नीतिका कारण युरोप क्षेत्रको व्यावसायिक क्षेत्रमा समस्या थप बढ्ने र यसले विश्वको आर्थिक वृद्धिलाइसमेत प्रभावित तुल्याउने चेतावनी दिनुभएको थियो ।
ह्वाइट हाउसमा भएको वार्तामा इयू र संयुक्तराज्य अमेरिकाले व्यापार युद्धलाई मत्थर बनाउने गरी सम्झौता गरेको घोषणासँगै केही दिनमै आएको तथ्याङ्कको विश्लेषण गर्दै आर्थिक जानकारले सहमतिलाई कमजोर निर्णय बताएका थिए । उनीहरूले यसबाट युरोप आर्थिक विकासको समस्या थप तनावग्रस्त बन्ने धारणा व्यक्त गरेका थिए ।
“व्यापार तनाव तन्किने र तप तीब्र बन्ने सम्भावना हाललाई टरेको छ । आर्थिक वर्षको दोस्रो अवधिमा अब आर्थिक वृद्धिका लागि थप लागिपर्ने र देखिएका नकारात्मक सूचकलाई सम्बोधन गर्नुपर्ने अवस्था आएको छ,” नेतिक्सस बैङ्कका डर्क सुमाकरले भन्नुभयो ।
व्यापारमा देखिएको अनिश्चितताले गर्दा गत हप्ता इसिबीका गभर्नरहरू ब्याजदर इतिहासमै सबैभन्दा न्यून बनाउने निर्णय लिन बाध्य भए । उनीहरूले यही अक्टोवरदेखि ‘गुणात्मक सहयोग’का लागि वा ठूलो सङ्ख्यामा गोदाममा थन्किएर रहेको समानलाई किन्ने योजनालाई अघि बढाएका छन् । यसबाट वर्षको अन्त्यसम्ममा आर्थिक वृद्धिलाई निकै प्रोत्साहित गर्ने र आर्थिक वृद्धिमा देखिएको समस्यालाई निकै हदसम्म समायोजन गर्न सकिने धारणासहितको योजना बैङ्कहरूले ल्याएका हुन् ।
यो योजना इटालियाली बैङ्करहरूले समीक्षकलाई अचम्मित तुल्याउने गरी एक महिना पहिले ल्याएको कार्यक्रमलाई पछ्याएर ल्याइएको हो । वृहत पूँजी प्रोत्साहन कार्यक्रमले अपेक्षा गरेभन्दा पनि छिटो यही डिसेम्बरसम्ममा आर्थिक वृद्धिलाई निकै माथि उठाउने आँकलन गरिएको छ ।
क्यापिटल इकोनोमिक्सका जेनिफर म्याककेआउनले भन्नुभयो, “हामीले वर्षको अन्त्यसम्म आर्थिक वृद्धिलाई पहिलेकै अवस्थामा पु¥याउन केही महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा गरिएको थियो । तर अहिले देखिएको निरन्तरको सुस्तताले निश्चय पनि इसिबीलाई सतर्क अवस्थामा रहेको देखाएको छ ।”
इसिबीको सावधानीलाई यूरोस्टाटको मुद्रा सङ्कुचनबारे मङ्गलबार सार्वजनिक गरिएको तथ्याङ्कसँग परीक्षणमा राखिने छ जसले इसिबीको दुई प्रतिशतको लक्ष्यलाई पार लगाउनेछ ।
यूरोस्टाटले यूरो क्षेत्रको मुद्रास्फीतिलाई जुलाईसम्ममा इन्धनको मूल्यलाई उच्च २।१ प्रतिशतमा पु¥याउने जनाएको छ । यो अर्थ विश्लेषकले गरेको अनुमानभन्दा केही मात्रमा बढी हो ।
यूरोस्टाटले पनि जुनमा यूरो क्षेत्रको बेरोजगार दर ८।३ प्रतिशतमा खुम्चिने बताएको थियो ।
सन् २०१६ को सेप्टेम्बरमा प्रतिकात्मक मानिएको १०।० प्रतिशतको बेरोजगार समस्याको सीमारेखा उक्त क्षेत्रमा बिस्तारै बिस्तारै घटिरहेको छ । यद्यपि यो दर वित्तीय सङ्कटपूर्वको दर ९७।५ प्रतिशत० भन्दा अझै पनि औषतमा उच्च रहेको छ ।
एकल मुद्रा प्रयोग गर्ने १९ युरोपेली मुलुकमध्ये मे महिनामा सबैभन्दा कम बेरोजगार दर जर्मनीमा रहेको यूरोस्टाटको तथ्याङ्कमा देखिएको थियो । मेमा जर्मनीको बेरोजगार दर ३।४ प्रतिशत रहेको तथ्याङ्कमा छ ।
त्यस्तै यूरोलाई एकल मुद्राका रूपमा अवलम्बन गरेका १९ मुलुकमध्ये सबैभन्दा उच्च बेरोजगार दर ग्रीसमा रहेको देखिएको छ । ग्रीसले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार अप्रिलमा ग्रीसको बेरोजगार दर २०.२ प्रतिशत थियो । अर्को सङ्कटग्रस्त युरोपेली मुलुक स्पेनको बेरोजगार दर १५.२ प्रतिशत रहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मर्स्याङ्दी नदीमा माछा मार्दै
- 13 minutes ago

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीस्थित मर्स्याङ्दी नदीमा जाल हानेर माछा मार्दै एक व्यक्ति ।
बिहीबार जम्मा ५ हजार ३० परीक्षण
- 28 minutes ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ३० स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप ४ जना कोरोना संक्रमितको मृत्यु
- 31 minutes ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको क
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।