युरोपेली युनियन र बेलायतबीच ब्रेक्जिटपछिको व्यापार सम्झौता सम्पन्न
- शुक्रबार, १० पुष, २०७७
- 2 months ago
- युके

लण्डन । बेलायत र युरोपेली युनियनबीच बिहीबार नयाँ व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का सन्दर्भमा बेलायत र युरोपेली युनियन -इयू-बीच दश महिनादेखि जारी वार्ता सहमतिमा टुङ्गिएको हो ।
नयाँ वर्षको आगमनसँगै बेलायत औपचारिक रुपमा इयूबाट अलग हुनेछ । झण्डै आधा शताब्दीदेखि इयूमा आबद्ध बेलायतले पछिल्लो सम्झौता बमोजिम इयूबाट अलग भएसँगै इयूसँगको व्यापारमा करका प्रावधानहरु सामना गर्नु पर्नेछ ।
सम्झौतापछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भने, “हामीले हाम्रा कानुन र हाम्रो भविष्यलाई पुनः फिर्ता ल्याएका छौं ।”
उता युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन लियेन भने निकै सचेत देखिएकी छन् । अंग्रेजी नाट्यकार विलियम शेक्सपियरको “विभाजन एक मीठो दुःख हो” भन्ने उक्ति उद्धृत गर्दै उर्सुलाले भनिन्, “मध्यस्थताको सफल यात्राको अन्त्यमा मैले पनि खुशी अनुभव गरेको छु । तर आज, म शान्त छु, अझ खुलेर भन्नुपर्दा मैले सन्तोषको श्वास फेर्न पाएकी छु ।”
उनले अझै पनि २७ मुलुक युरोपेली युनियनमा आबद्ध रहेका र झण्डै ४ करोड ४० लाख युरोपेलीले युनियनलाई नै विश्वास गरेकामा आभार व्यक्त गरिन् ।
उनले भनिन्, अब हामीले ब्रेक्जिटका कुरा छाड्ने दिन आइसक्यो । हाम्रो भविष्य युरोपमै छ ।
बेलायतले सन् २०१६ को जनमतसंग्रह पछि नै युरोपेली युनियन छाडेको थियो । दोस्रो विश्वयुद्धबाट थिलथिलो भएको युरोपको पुनर्निर्माण र राजनीतिक तथा आर्थिक परियोजनालाई सफल तुल्याउन इयू बनेको थियो ।
तर लन्डन अझै पनि डिसेम्बर ३१ को मध्यरातसम्म इयूका नियमहरुभित्रै रहने छ । तर त्यसपछि बेलायत युरोपेली युनियनको एकल बजार र भन्सार युनियनबाट विदा हुनेछ ।
करिब दुई हजार पृष्ठको ब्रेक्जिट सम्झौतामा माछा मार्ने विषय निकै पेचिलो मुद्दा बनेको थियो । बेलायतको समुद्री जलक्षेत्रमा युरोपेली युनियनका मुलुकका नागरिकलाई माछा मार्न पहुँच दिने वा नदिने भन्नेमा निकै लामो बहस भएको थियो ।
बेलायती प्रधानमन्त्री जोन्सनले इयूसँगको सम्झौता पूरै युरोप र हाम्रा साझेदार सबै मुलुकका लागि निकै सकारात्मक रहेको बताए ।
ब्रेक्जिटमा सम्झौता भएलगत्तै आइरिस प्रधानमन्त्री माइकल मार्टिनले सम्झौता त्यति खराब नरहेको प्रतिक्रिया दिए।
जर्मन चान्सलर एन्जेला मर्केलले सम्झौताले सकारात्मक नतिजा दिने विश्वास व्यक्त गर्नु भयो भने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले युरोपेली मुलुकहरुको एकता र दृढता विजयी भएको बताए ।
सम्झौताको दस्तावेजलाई अब युरोपेली युनियनमा आबद्ध सबै २७ मुलुकमा पठाइने युरोपेली आयोगकी अध्यक्ष लियेनले जानकारी दिए ।
यस सम्झौतालाई युरोपेली राष्ट्रले अध्ययन गर्नेछन् भने बेलायतमा डिसेम्बर ३० का दिन सम्झौतामा मतदान हुनेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
खोप भण्डार गृह निर्माणको थालनी
- 12 minutes ago

काठमाडौं । सरकारले खोप भण्डार क्षमता अभिवृद्धि गर्न पूर्वाधारमा व्यापक विस्तार गर्ने भएको छ । त्यस क्रममा देशभर आठवटा खोप भण्डार गृह आगामी दुई महिनामै तयार हुनेछन् ।
'संवैधानिक निकायको नियुक्तिबारे टुंगो सर्वोच्च अदालतले मात्रै लगाउन सक्ने'
- 17 minutes ago

काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनःस्थापनाको विषय पृथक भएकाले पुनःस्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका जानकारको भनाइ
नेकपा कसको भन्ने टुंगो फागुन २० मा लाग्ने
- 29 minutes ago

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामको दल कसको भन्ने विवादको निर्णय यही फागुन २० गते दिने भएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहिबार नेपाल कम्युनिष्
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।