युरोपेली युनियनद्वारा १० खर्ब युरोको सहायता योजना युरोपेली संसदमा प्रस्तुत

एजेन्सी । कोरोनाभाइरस महामारीका कारण सिर्जित आर्थिक नोक्सानीमा मल्हमपट्टी लगाउने उद्देश्यले युरोपेली युनियनमा आबद्ध मुलुकका लागि बुधबार दश खर्ब युरोको राहत योजना सार्वजनिक गरिने भएको छ । 

 

महामारीका कारण ठूलो आर्थिक क्षति व्यहोर्न बाध्य विश्वका धेरै देशले अभूतपूर्व आपतकालीन उपायहरू घोषणा गरिरहेका छन् । यही शैलीलाई पछ्याउँदै युरोपेली युनियनले पनि विशाल राहत प्याकेज घोषणा गर्न लागेको हो । कोरोनाभाइरसबाट विश्वभर तीन लाख ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ भने ५७ लाखभन्दा बढी मानिस संक्रमित छन् । 

 

दक्षिण -ल्याटिन- अमेरिकामा भाइरसको विनाशलिला जारी रहेकै अवस्थामा युरोपमा भने संक्रमणमा केही न्यूनता आएसँगै बिस्तारै व्यवसाय खोल्न थालिएको छ । तर युरोपमै सर्वाधिक क्षति व्यहोरेका इटाली र स्पेनलाई आफ्नो अर्थव्यवस्था पुनर्जीवित तुल्याउन निकै हम्मे पर्ने देखिएको छ । 

 

युरोपियन युनियनका प्रमुख उर्सुला भोन डर लिनले बुधबार १० खर्ब युरोको आर्थिक प्रस्ताव युरोपेली संसदमा प्रस्तुत गर्नु हुनेछ । कोरोना महामारीबाट सर्वाधिक असर परेका मुलुकका लागि यस प्रस्तावमा ऋण र अनुदान दुबै उपलब्ध गराउने योजना समेटिएको छ । 

 

युरोपेली संसदमा यस प्रस्तावमाथि निकै चर्को बहस हुनेछ किनकि इटाली र स्पेन जस्ता पहिल्यै ऋणभार बढी भएका र महामारीको क्षति पनि बढी सहनु परेका मुलुकले ऋणभन्दा अनुदानकै लागि पहिलो प्रयास गर्नेछन् । 

 

युरोपेली महादेशले कोभिड–१९ बाट एक लाख ७२ हजारभन्दा बढी मानिस गुमाइसकेको अवस्थामा आएको नयाँ आर्थिक प्रस्तावले मानवीय क्षति र आर्थिक विनाशलाई सम्बोधन गर्नुपर्ने कठिन अवस्था छ । 

 

स्पेनमा कोरोनाबाट निधन भएकाहरुको सम्झनामा बुधबारदेखि १० दिने शोक मनाइँदैछ । यहाँ २७,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्पेनका सबै सरकारी, सार्वजनिक भवनमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ । 

 

महामारीको चपेटामा परेका इटाली, जर्मनी, फ्रान्स र बेलायत समेतका धेरै मुलुकले लकडाउनलाई खुकुलो बनाउन थालेका छन् । मानिसहरूलाई पसल जान, समुद्र किनारमा डुल्न, पार्कहरुमा दौडिन अनुमति दिइएको छ । 

 

यसैबीच, रूसले कोरोना संक्रमणको चरम सीमा पार गरिसकेको जनाएको छ । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी

  • 49 minutes ago
सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी

एजेन्सी । हरेक मानिसको आ–आफ्नो जीवनशैली हुन्छ । बलिउडमा काम गर्ने सेलिब्रिटीहरुको पनि केही आश्चर्य लाग्दा बानीहरु रहेका छन् ।

नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

  • 1 hour ago
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । बालुवाटारमा ओली समुहको स्थायी कमिटी बैठक बोलाइएको थियो ।

ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु

  • 1 hour ago
ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु

बुटवल । जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।