इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
नेपालमा इसेवाले नेपाल टेलिकम र एनसेलपछि सबैभन्दा धेरै ग्राहकलाई सेवा दिने कम्पनीका रुपमा काम गरिरहेको छ। स्थापना भएको १३ वर्षमा इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ।
एण्ड्रोइडमा ५० लाख बढि ग्राहक संख्या पुगेको अवसरमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने “बढ्दो मोबाईल प्रयोगकर्ताको संख्या र इन्टरनेटको पहुँचका कारणले एप्स्हरुमा आकर्षण बढ्दो छ। ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै इसेवाले आफ्ना सेवाहरु मोबाईल एप्स्मा अझै परिस्कृत रुपमा प्रस्तुत गर्दै आगामी दिनमा थप सेवा र सुविधा प्रदान गर्न प्रतिबद्ध छौँ”।
५० लाख मोबाईल एप्स् डाउनलोड भएको अवसरमा इसेवाले बुधबारका लागि “५० लाखको कमाल, क्यासब्याक बबाल” अफर सार्बजजिनक गरेको छ। यस अफर अन्तरगत इसेवा प्रयोगकर्ताले बुधवार हरेक घण्टा ५ प्रतिशतको क्यासब्याक अफर प्राप्त गर्नेछन् भने बेलुकी ५ः५५ देखि ५ः५६ सम्म हरेक ग्राहकले हरेक मोबाईल टपअपमा रू ५५ क्यासब्याक प्राप्त गर्नेछन्।
यस अफर अन्तरगत हरेक घण्टा विभिन्न सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सकिन्छ। अफर अन्तरगत बिहान ७ बजेदेखि ८ बजेसम्म मनकामना टिकट खरिद, ८ बजेदेखि ९ बजेसम्म कुनैपनि कम्पनीको मोबाईलमा टप्अप्, ९ देखि १० बजेसम्म डाटा प्याक खरिद, १० देखि ११ बजेसम्म विभिन्न आइएसपीको इन्टरनेट शुल्क भुक्तानी, ११ देखि १२ बजेसम्म ई–लर्निङ्गको शुल्क भुक्तानीमा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ। यसैगरि १२ देखि दिउसो १ बजेसम्म एयरलाइन्स टिकट, १ देखि २ बजेसम्म ई–कमर्समा सपिङ्ग तथा बिल भुक्तानी, २ देखि ३ बजेसम्म इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, ३ देखि ४ बजेसम्म विद्युत् महशुल भुक्तानी तथा ४ देखि ५ बजेसम्म टेलिभिजन रिचार्ज तथा टप्अप्मा ५ प्रतिशत क्यासब्याक पाइनेछ। यसैगरि बेलुकी ५ः५५ देखि ५ः५६ सम्मको एक मिनेटमा कुनैपनि ग्राहकले मोबाईल टपअप सेवामा रू ५५ क्यासब्याक प्राप्त गर्न सकिनेछ। क्यासब्याक बारे थप विवरण ब्लग डट इसेवा डटकम डट एनपी मार्फत हेर्न सकिनेछ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
आर्थिक प्रलोभनमा परेर बयान फेर्छन् पीडितहरु
- 15 seconds ago

काठमाडौँ । पछिल्लो समय अदालतसम्म पुगेका मुद्दाका पीडितहरुले बयान फेर्ने गरेको पाइएको छ । वास्तविक पीडितहरुलाई सामाजिक बहिस्कारको समस्या देखाउने र आगामी दिनमा हुन सक्ने आर्थिक सङ्कट देखाउने कारणले अधिक
नेपालमा थप ४० जनामा कोरोना संक्रमण
- 13 minutes ago

काठमाडौँ । नेपालमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार तीन हजार १० जनामा गरिएको कोरोना परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो एक
अस्ट्रेलिया प्रवेश गर्दा कोभिड–१९ विरूद्धको खोप लगाउने प्रावधानलाई हटाइयो
- 17 minutes ago

सिड्नी । अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय यात्रुहरूलाई कोभिड–१९ विरूद्धको खोप लगाएको पुष्टि गर्नुपर्ने प्रवाधान अन्त्य गरिएको घोषणा गरेको छ ।
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।