बेल्जियमसंग  १ शुन्यले  पराजित भयो  इंग्ल्याण्ड, दुवै  टीम   दोस्रो चरणमा 

लण्डन । विश्वकप फुटबल २०१८ को समुह जीबाट इंग्ल्याण्डले समुह उपविजेता हुंदै दोस्रो चरण प्रवेश गरेको छ ।

 

विहिबार सम्पन्न समुह चरणको अन्तिम खेलमा बेल्जियमसंग १ शुन्यले पराजित भएपनि इंग्ल्याण्ड नकआउट चरण प्रवेश गरेको हो । 

 

समूह चरणमा यसअघिका दुबै खेल जितेर नक आउट चरणको ठाँउ पक्का गरिसकेको इङ्ल्यान्ड आजको खेलमा कप्तान ह्यारी केन बिना नै उत्रिएको थियो । 

 

इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम भने  समुह विजेताको रुपमा दोस्रो चरणमा प्रवेश गरेको छ । 

 

यसअघि समुह चरणका दुई खेलमा इंग्ल्याण्ड र बेल्जियम दुवैले ट्युनिसिया र पनामालाई हराएका थिए । ट्युनिसियासंग इंग्ल्याण्ड २ -१ ले विजयी भएको थियो भने बेल्जियमले ट्युनिसियालाई ५ -२ ले पराजित गरेको थियो । 

 

पनामालाई भने इंग्ल्याण्डले ६ - १  र बेल्जियमले ३- ० ले हराएका थिए । 

 

यो समुहबाट ट्युनिसिया र पनामा दुवै बाहिरिएका छन् । आजै सम्पन्न उनीहरुबीचको खेलमा ट्युनिसिया २-१ले विजयी बनेको थियो । 

 

दोस्रो चरणमा इंग्ल्याण्डले समुह एचको विजेता कोलम्विया र बेल्जियमले समुह एचको उपविजेता जापानसंग प्रतिस्पर्धा गर्नेछन् । 

 

विश्वकप २०१८ को अन्तिम १६ मा इंग्ल्याण्ड, बेल्जियम, रशिया, उरुग्वे , स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएशिया, अर्जेन्टिना, स्वीडेन, मेक्सिको, ब्राजिल, स्वीजरल्याण्ड, कोलम्बिया र जापान पुगेका छन् ।

 

गत संस्करणको विजेता जर्मनी भने समुह चरणबाटै बाहिरिएको छ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

२३ गते नपुग्दै अनिश्चितताको तुवाँलो र बादल फाटेर नयाँ गति र विश्वास पैदा गर्छः प्रचण्ड

  • 1 minute ago
२३ गते नपुग्दै अनिश्चितताको तुवाँलो र बादल फाटेर नयाँ गति र विश्वास पैदा गर्छः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएर अन्य राजनीतिक दलहरू मिलेर हटाउने बताएका छन् ।

काठमाडौँमा हुने नेपाल र अष्ट्रेलियाबीचको खेलको मिति सर्‍यो

  • 17 minutes ago
काठमाडौँमा हुने नेपाल र अष्ट्रेलियाबीचको खेलको मिति सर्‍यो

काठमाडौँ । नेपाल र अष्ट्रेलियाबीच काठमाडौँमा हुने भनेको खेलको मिति सरेको छ । कोरोनाभाइरसको महामारीको कारण आगामी मार्च ३० तारिखमा काठमाडौँमा हुने भनेको विश्वकप फुटबलको छनोट खेल पूर्वनिर्धारित मितिमा नह

प्रचण्ड–नेपाल पक्षद्वारा सुवास नेम्वाङलाई संसदीय दलका उपनेताबाट हटाउने निर्णय

  • 18 minutes ago
प्रचण्ड–नेपाल पक्षद्वारा सुवास नेम्वाङलाई संसदीय दलका उपनेताबाट हटाउने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले सुवास नेम्वाङलाई संसदीय दलका उपनेताबाट हटाउने निर्णय गरेको छ।



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।