विश्वकै धनी व्यक्ति एलन मस्कले कहिले किनेका थिए उनको पहिलो कार ?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । पछिल्लो समय निकै चर्चामा छन् विश्वकै धनी व्यक्ति एलन मस्क । टेस्ला, स्पेस एक्सका सिइओ एलन मस्क पुनः विश्वकै धनी व्यक्तिको सुचीको पहिलो स्थानमा उक्लिएसँगै चर्चामा आएका हुन् । उनीबारे केही यस्ता रोचक कुराहरु रहेका छन् जसबारे कमैलाई थाहा छ । 

 

एलन मस्कले १२ वर्षको उमेरमा नै ब्लास्टर नामको गेम बनाएका थिए । उक्त गेमलाई उनले एक कम्पनीलाई ५०० डलरमा बेचेका थिए । ब्लास्टर खेल उनले कमोडोर भिक २० नामक कम्प्युटरबाट बनाएका थिए । यो गेमको अनलाइन भर्जन अझै पनि इन्टरनेटमा रहेको छ । 

 

पछिल्लो समय बिटकोइनमा ठुलो लगानी गरेर चर्चामा आएका छन् । उनी दैनिक १२ घण्टाभन्दा बढी किताब अध्ययनमा बिताउँछन् ।  जब उनी कलेजमा अध्ययनरत थिए तब उनले खानाका लागि १ डलरभन्दा कम खर्च गर्थे । 

 

आफ्नो भाइसँग मिलेर उनले जिम २ नामक सफ्टवेयर कम्पनी खोलेका थिए । यसले गुगल म्यापझै काम गथ्र्यो । जिम २ लाई एलन मस्कले ३०७ मिलियन डरमा कम्प्याक कम्पनीलाई बेचेका थिए । सन् १९९९ मा उनले आफ्नो पहिलो कार म्याकलरेन एफ १ खरिद गरेका थिए । तर, केही वर्षपछि उक्त कारको विमा खर्च जुटाउन नसक्दा उनले उक्त कार बेचेका थिए ।

 

सन् १९९९ मा उनले १० मिलियन डरल खर्च गरेरर एक्स डटकम स्थापना गरे । एक वर्षपछि उक्त कम्पनी कन्फिनिटीसँग मर्ज भएको थियो । पछि गएर पेपल नामबाट उक्त कम्पनी चिनिन थाल्यो ।

 

सन् २००२ मा इबेले पेपललाई १.५ बिलियनमा खरिद गर्यो । जसबापत एलन मस्कले १६५ मिलियन हिस्सा भएका थिए । सन् २००८ मा एलन मस्क टेस्लाको सिइओ बने । सन् २०१३ मा उनले सोलार सिटी युएसमा सोलार पावर सिस्टमलाई कार्यान्वयन गरेको उनको टेस्ला कम्पनी विश्वकै ठुलो कम्पनी बन्यो । 

 

उनको पिता पनि उत्तिकै प्रख्यात रहेका छन् । उनका पिता इरोल मस्क प्रख्यात इन्जिनियर र पायलट हुन् । उनकी आमा माय मस्क मोडल हुनुका साथै डाइटीसियन पनि हुन् । मस्कको पहिलो श्रीमतिको नाम जस्टिन मस्क हो जो लेखिका थिइन् ।  


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

खेर गएको प्लास्टिकबाटै उत्पादन हुन्छ इन्धन

  • 8 minutes ago
खेर गएको प्लास्टिकबाटै उत्पादन हुन्छ इन्धन

काठमाडौँ । हरेक दिन एकजना व्यक्तिले ३१७ किलोग्राम फोहोर उत्पादन गर्छ । एसियाली विकास बैंकको सहयोगमा फोहोर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्रले तयार पारेको विवरण हो । यो विवरण सन् २०१३ को हो । पछिल्

सर्वोच्चका दुई महत्वपूर्ण फैसला: वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो

  • 16 minutes ago
सर्वोच्चका दुई महत्वपूर्ण फैसला:  वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो

काठमाडौँ । सर्वोच्च अदालतले पछिल्लो १० दिनमा एउटै विषयमा एउटा महत्वपूर्ण फैसला गरेको छ । विशेषगरी प्रसारण लाइन निर्माणसँग जोडिएका ती फैसलाले लामो समयसम्म निर्माणमा देखिएको अवरोध खुलेको मात्रै छैन, आगा

अर्थसचिव मरासिनी बिदामा

  • 22 minutes ago
अर्थसचिव मरासिनी बिदामा

काठमाडौँ । अर्थसचिव मधुकुमार मरासिनीले दुई दिनको बिदा लिएका छन् । उनले दुई दिन मन्त्रालय नआउने जानकारी गराएको स्रोतले जनाएको छ ।



पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।