‘स्थानीय निर्वाचन र अबको कार्यभार’

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

मुलुक संघियतामा गईसकेपछि भएको स्थानीय तहको पहिलो निर्वाचनले नेपालको विकास निर्माण र त्यसले पार्ने प्रभाव र असरको वारेमा चर्चा परिचर्चा शुरु भएको छ । जुन आवश्यक र अपरिहार्यता पनि हो । आम जनतामा यो सोँचको विकास हुनु भनेको सकारात्मक पक्ष पनि हो । नेपालको सन्र्दभमा जनता कम र कार्यकर्ता बढी भएको सन्र्दभमा स्थानीय तहमा हुने निर्वाचनमा बहस हुनुले आम जनतामा चेतनाको क्रमिक विकास भएको मान्न सकिन्छ । यो सुखद पक्ष हो । 

 

राजनीति आफैँमा सबैको मुल नीति भएता पनि अहिलेसम्मको हामीले गरेको राजनीतिको व्याख्या, विश्लेषण र यसको समीक्षा हुनु पहिलो आवश्यकता हो । हरेक क्षेत्रमा  राजनीतिका नाममा गरिएका कर्म के साँच्चैका समाज परिवर्तनका लागि थिए, कि व्यक्तिगत स्वार्थका लागी ? आम नेपाली नागरिक हुनुका नाताले गरिएका कर्म के समाजका लागि थिए, कि व्यक्तिगत अभिष्टका लागि ? जिम्मेवारीताको पनि विभिन्न आयाम भएता पनि सोँचको विकास भने समान रुपमा परिचालित भए कि भएनन् ? यसको लेखाजोखा अगामी स्थानीय तहको निर्वाचनमा देखिनु पर्दछ । राजनीतिका नाममा हामीबाट भएका कर्महरुले दिएका नतिजा समाज र देश केन्द्रित थिए कि थिएनन् ? जिम्मेवारिता र दायित्वको नाममा संकिंर्णताका सुचकहरु कति विम्बित रहे ? अब व्यक्ति हैन, समाज र देश केन्द्रित राजनीति गर्नुको विकल्प छैन ।

 

अनुकुलता र शक्ति केन्द्रित राजनीति नै नेपालको लागी दुखद पक्ष हो । शक्ति आर्जन गर्नका लागी जतापनि फर्कने र व्याख्या गर्नमा पारंगित भईरहदा त्यसले दिएको परिणाममा अव पनि हामी घोत्लिन ढिला गर्नु हुँदैन । संघियताले शक्ति विकेन्द्रित भई स्थानीय तह क्रियाशिल भईरहदाँ पार्टीका नाममा अन्धभक्त भईरहँदा त्यसले दिएको परिणाममा अब साँेच्नुपर्ने बेला आएको छ । राजनीति फगत मिथ्याका लागि होईन, सकारात्मक परिणामका लागी केन्द्रित हुनुपर्दछ भन्ने सोँचको विकास हुनु जरुरी बनेको छ । 

 

विकास आफैँमा निरन्तरको उपज भएता पनि त्यसको क्रियाशिलताले यसको परिणाममा भुमिका खेलेको हुन्छ । राजनीतिका नाममा व्यक्तिको कार्यकुशलता, योग्यता, क्षमता र ईमान्दारिताको कसीको अव मापन हुनुपर्दछ । यसले नै समाज रुपान्तरणको लागी भुमिका खेल्दछ, जुन आवश्यकता पनि हो । 

 

शक्ति केन्द्रित व्यक्तिको चाहना भएता पनि त्यो समाज रुपान्तरणमा वाधक बन्नु हुँदैन। रहर र आवश्यकताको अगाडी आवश्यकता प्राथमिकतामा पर्नु पर्दछ । पार्टी र गुटका नाममा सधै समाज र देश वन्धक वन्ने सोच अव आम जनताको मन मस्तिष्कवाट हट्नुपर्दछ, त्यसले मात्र समाज निर्माणमा महत्वपुर्ण भुमिका खेल्दछ । निश्चित अवधि र समयमा ठोस निर्णय गर्न नसक्नु तर समय व्यतित भईसकेपछि परिवर्तन र समाज रुपान्तरणका चर्को नारा ओकल्ने हाम्रो सोँचमा अब हामीले परिवर्तन गर्ने पर्दछ । जस्तो सुकै अवसरमा पनि राजनैतिक रंग दिने र कसैको गुलामी गर्ने प्रवृत्ति नै हाम्रो घातक पक्ष हो । जुन हामीले वारम्वार प्रयोग गर्दे आईरहेका छौ । पुन त्यहि नियती दोह्र्याउने कुचेष्टा गर्नु हँुदैन । 

 

समाज विभिन्न समुदायमा आधारित हुन्छ । नेतृत्वकर्ता र राजनैतिककर्मी यसको अगुवा भएता पनि यसको मुख्य जड भनेको आम जनता नै हुन् । जसको जगमा टेकेर राजनैतिककर्मीहरुले आफनो अभिष्ट पूरा गरिरहेका हुन्छ । अब अहिले सम्म भएका कमि कमजोरीलाई हटाउने भनेको अबको स्थानिय तहको निर्वाचनवाट हामीले शुरु गर्नुपर्दछ । राजनैतिक दलको प्रतिनिधित्व गर्ने नेतागणहरु अब जनताकको कठघरामा उभिएर जानुपर्दछ । राजनितीको नाममा गुण्डागर्दी, टिके शैली र विकाउ वन्नु भनेको हामीले हाम्रो भविश्यमाथि मात्र हैन, देश र समाज  प्रतिको नै धोका हो, भन्ने कुरामा अब हामी सचेत बन्नै पर्दछ ।

 

संघियता विकास निर्माण र समाज निर्माणको अभिन्न अंग हो भन्ने कुरा पुष्टि भईसकेको छ । सधै पार्टीको नाममा मात्र लागेर आफनो विवेक बन्धक बनाउनु हुँदैन । आम जनता पनि समाज रुपान्तरणका कसि हुन् भन्ने कुरा अब हामीले भुल्नु हुँदैन । स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट हुने उम्मेदवार योग्य, क्षमतावान र कुशल हुनुपर्दछ भन्ने कुरामा अडिग रहन सक्यो भने समाज रुपान्तरण गर्न टाढा छैन । 

 

पार्टी भित्र विद्रोह गर्न नसक्ने, व्यक्तिगत स्वार्थमा मात्र लिप्त हुने, विचारको वन्धक बनाई कसैको गुलामी गर्ने हाम्रो पार्टी नै समाज रुपान्तरणका बाधक हुन् । व्यक्ति आफैमा विचार र निर्णयमा स्वतन्त्र हुनुपर्दछ । आस्था कुनै पार्टीमा हुनु समान्य भएता पनि आफनो विवेक वन्धक बनाउनुहँुदैन । पार्टीमा परिवर्तनका लागी विचार राख्नु व्यक्तिको स्वतन्त्रता हो भन्ने वुझन ढिला गर्नु हँुदैन । त्यसले मात्र सुन्दर समाज निर्माण गर्न सकिन्छ । समाजको आवश्यकता के हो र को व्यक्तिको नेतृत्वले मात्र समाज रुपान्तरण गर्न सकिन्छ भन्ने कुरामा अव खुल्ला छलफल हुनु जरुरी छ । सधै पार्टीको अधिनस्थका नाममा समाज नै वन्धक वनाउने सोचवाट अव हामी मुक्त हुन जरुरी छ । 

 

हरेकताको पहिलो जिम्मेवारी, समाज र देश हो भन्ने सोचको विकास हुन सक्यो र त्यसको कार्यन्वयनको पाटोमा जाने हिम्मत राख्यो भने परिवर्तन असम्भव छैन । अहिलेसम्म हामी किन गरिवीको रेखामुनी छौ ? सधै किन अरुको अधिनस्थ छौ ? हामी किन स्वविवेक प्रयोग गर्न सकिरहेका छैनौँ भन्ने सोंचको विकास गर्न सक्यौ भने परिवर्तन सम्भव छ । वर्षभरि आफनै पौरखमा वाँच्न सक्ने हामी चुनावको सम्मुखमा नेतापरस्त र विकाउ हुने संस्कृति नै हाम्रो विचलनको आधार हो । जसले हामीलाई नै अरुको अधिनस्थ हुन उत्प्रेरित गरिरहेका छौ ।

 

राजनीति समाजको लागी हुनुपर्दछ, नकि व्यक्तिका लागी । अब यो सोंचमा दुविधा राख्नु हुदैन । व्यक्ति आफनो परिचय आफैले वनाउनुपर्दछ । यसका लागी ईच्छाशक्ति हुनुपर्दछ । सधै अर्कावाट शासित हुने सोचले आफनो जीवन त गुलाम वन्दछ नै सन्ततीका जीवन नै वन्धक वन्दछ । परिवर्तनका शक्ति आम जनता हुन् नकि आम नेता, जसले हाम्रो जीवनमा राजनितीका नाममा हामीलाई वन्धक वनाईरहेको छ । परिवर्तन सम्भव छ, अव पनि उहि पार्टीको निर्देशनका नाममा विवेक वन्धक राखियो भने हामीले हाम्रो समाज रुपान्तरणको भुमिकाबाट च्युत भईरहेका हुन्छौँ । स्थानिय तहको अब हुने निर्वाचनमा अव स्वविवेक को प्रयोग गरौ । किनकी आफनो आत्मिक विवेकलाई वन्धक वनाउदा हामीहरु अप्रत्यक्ष रुपमा पीडित बनिरहेका छौँ । 

 

हरेकताको पहिलो जिम्मेवारी, समाज र देश हो भन्ने सोँचको विकास हुन सक्यो र त्यसको कार्यन्वयनको पाटोमा जाने हिम्मत राख्यो भने परिवर्तन असम्भव छैन । अहिलेसम्म हामी किन गरिबीको रेखामुनी छौँ ? सधैँ किन अरुको अधिनस्थ छौ ? हामी किन स्वविवेक प्रयोग गर्न सकिरहेका छैनांै भन्ने सोंचको विकास गर्न सक्यौं भने परिवर्तन सम्भव छ । वर्षभरि आफनै पौरखमा बाँच्न सक्ने हामी चुनावको सम्मुखमा पार्टी, नेतापरस्त र विकाउ हुने संस्कृति नै हाम्रो विचलनको आधार हो । जसले हामीलाई नै अरुको अधिनस्थ हुन उत्प्रेरित गरिरहेको छ ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘बुढी पीडित’ गीतको भिडियो सार्वजनिक

  • 3 minutes ago
‘बुढी पीडित’ गीतको भिडियो सार्वजनिक

काठमाडौँ। गायक अर्जुन पन्त र गायीका जमुना पौडेल लामिछानेको स्वरमा रहेको मौलिक गीत ‘बुढी पीडित’ गीत सार्वजनिक भएको छ। गीतमा बालकलाकार सगुन आचार्य र अपर्ण परियार समेतको स्वर रहेको छ। गीतमा गायक अर्जुनकै

लालध्वज हत्या प्रकरणः चार जनालाई जन्मकैद फैसला

  • 57 minutes ago
लालध्वज हत्या प्रकरणः चार जनालाई जन्मकैद फैसला

निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानु’ को हत्या अभियोगमा न्यायाधीश सुमनकुमार न्यौपानेको मंगलबारको इजलासले केशवराज शिवाकोटी, बन्दना लामा, ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको

पिएसजीको मुख्य प्रशिक्षकमा गल्टियर नियुक्त

  • 1 hour ago
पिएसजीको मुख्य प्रशिक्षकमा गल्टियर नियुक्त

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मुख्य प्रशिक्षकमा क्रिस्टोफ गल्टियरलाई नियुक्त गरेको छ । पिएसजीले मंगलबार मौरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै गल्टियरलाई मुख्य प्रशिक



पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।