'जो निर्वाचन नगर भन्दै निर्वाचन आयोगमा जानुभएको छ, उहाँहरु नै प्रतिगमनकारी हो'

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मिति तोकेर ताजा जनादेश लिन आम निर्वाचनमा जाने प्रधानमन्त्री केपी ओलीको कदम अग्रगमन भएको बताएका छन् ।

 

मेचीनगरमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को क्षेत्रीय भेलामा उनले चुनावको विरोध गर्ने र विघटित प्रतिनिधिसभाको पुनःस्थापनको माग गर्ने प्रतिगमनकारी भएको आरोप लगाए । “नेपाली भाषामा अग्रगमन भने अगाडि बढ्ने कुरा हो”, मन्त्री ढकालले भने, “जो निर्वाचन नगर भन्दै निर्वाचन आयोगमा जानुभएको छ, उहाँहरु नै प्रतिगमनकारी हो ।” 

 

विघटन नभएको अवस्थामा मात्र संसद्को अवधि पाँच वर्ष हुने भनेर संविधानमा लेखिएको उनले जिकिर गरे । सधैँका लागि प्रधानमन्त्रीले संसद् विघटन गरे भनेर केहीले गलत अर्थ लगाइरहेको उनको भनाइ थियो ।

 

कार्यक्रमका अर्का वक्ता संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सर्वोच्च अदालतले शुरुमै स्थगन आदेश नदिएको हुँदा आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने बताए । 

 

नेकपा स्थायी समितिका सदस्य नेम्वाङले जनतामा जाने प्रधानमन्त्रीको घोषणालाई तानाशाही कदम भनेर भ्रम छर्न खोजिएको उल्लेख गरे । उनले प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेकपा नै आधिकारिक पार्टी भएकाले सोही पार्टीले सूर्य चिन्ह पाउने जिकिर गरे । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सरकार र विप्लव समूहबीच भएको आजको वार्ता सकियो

  • 8 minutes ago
सरकार र विप्लव समूहबीच भएको आजको वार्ता सकियो

काठमाडौँ । सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबीच आज (बुधबार) भएको पहिलो चरणको वार्ता सकिएको छ । स्थान गोप्य राखेर बिहान साढे ७ बजेबाट भएको वार्ता सकिएको हो । आजको वार्तामा विप्लव समूहले

प्रचण्डले लगाए कोरोनाविरुद्धको खोप

  • 8 minutes ago
प्रचण्डले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोनाविरुद्धको खोप लगाएका छन् । नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा पुगेर प्रचण्डले खोप लगाएका हुन् । खोप लगाएप

जनार्दन शर्माको अपिलः सचिवालय सदस्यहरु बाहेकका सांसदहरू छलफलमा जुटौं

  • 17 minutes ago
जनार्दन शर्माको अपिलः सचिवालय सदस्यहरु बाहेकका सांसदहरू छलफलमा जुटौं

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले अपिल गर्दै सचिवालय सदस्यहरु बाहेकका सांसदहरू छलफलमा जुटौं भनेका छन् । बुधबार बिहान सामाजिक संजालमा एक पोस्ट गर्दै



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।