फेरि निर्वाचनको माग गर्दै पाकिस्तानका पार्टीद्वारा आन्दोलनको घोषणा

Norvic Hospital

एजेन्सी । पाकिस्तानका विभिन्न राजनीतिक दलहरुले फेरी निर्वाचनको माग गर्दै शुक्रबार आन्दोलनको घोषणा गरेका छन् । 

 

गत जुलाई २५ मा देशभरी भएको निर्वाचनको परिणाम पूर्व क्रिकेट खेलाडी इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले ११४ स्थान जितेको घोषणा भएपछि उनीहरुले आन्दोलको घोषणा गरेका हुन । 

आन्दोलनरत पार्टीहरुले फेरि निर्वाचन गर्न माग गर्दै प्रदर्शन गरेका छन् । 

 

वर्तमान सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) सहितका दलहरुले आन्दोलनको घोषणा गरेका हुन् । 

 

पिएमएल–एनका वरिष्ठ नेता शाहबुज शरिफले आन्दोलनप्रति आफ्नो समर्थन रहेको जानकारी दिए ।

 

प्रतिद्वन्द्वी ती पार्टीहरूले चुनावमा धाँधली भएको ठहर गर्दै पुनः आन्दोलन गर्ने घोषणा गरेका हुन् । 

तेस्रो स्थानमा बिलावल भुट्टो जर्दारीको पाकिस्तान पिपुल्स पार्टी रहेको छ, जसले ३९ सीट जितेको बताइएको छ । 

 

बिलावल पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा हुन् । सन् २००७ को डिसेम्बरमा बेनिजिर भुट्टो हत्या भएको थियो । 

 

यद्यपी पीपीपीले भने शुक्रवार भएको प्रतिद्वन्द्वी पार्टीहरूको भेलामा सहभागिता जनाएको थिएन । 

मतगणनाको परिणामअनुसार पूर्वक्रिकेटर इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले ११४ स्थान जितेको छ । यद्यपि, खानको पार्टीले सरकार गठनका लागि आवश्यक १३७ स्थान प्राप्त गर्न सकेन । 

पाकिस्तान चुनाव आयोगले आमनिर्वाचनको नतिजा शुक्रबार घोषणा गरेको थियो । 

 

प्राप्त विवरण अनुसार, प्रमुख तीन दल तेहरिक–ए–इन्साफले ११४, पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लीगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन् । 

सरकार गठनका लागि आवश्यक बहुमत ९१३७ स्थान० प्राप्त नगरेका कारण इमरान खानले अन्य साना दलसँग गठबन्धन निर्माण गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ । यसैबीच विरोध प्रर्दशन सुरु भएको छ । 

 

हुनत यस निर्वाचनमा धाँधली भएको विपक्षी दलले बताएका छन् । मुस्लिम लिग र पिपीपीले सेनाले निर्वाचनमा धाँधली गरेको भन्दै अर्को निर्वाचनको माग गरेका छन् । 

 

तर आफैँले सरकार गठन गर्नसक्ने सुविधाजनक बहुमत नपाए पनि पाकिस्तानमा क्रिकेटका पूर्व कप्तान खानले भने अर्को दलसँग मिलेर सरकार बनाउने तयारी गरेका छन् । 

 

सरकार बनाउन आवश्यक १३७ स्थान चाहिनेमा थप सासद उनले अर्को कुनै दलबाट प्राप्त गर्नेछन् । उनलाई यहाँको प्रधानमन्त्रीका रुपमा चर्चा शुरु गरिएको छ । 

 

चुनाव जितेमा भ्रष्टाचारको अन्त्यगर्ने, आतंकवादको अन्त्य गर्ने र भारतसँगको सम्बन्ध विस्तार गर्ने एजेण्डा छन् उनका । 

 

त्यसैले यी एजेण्डाको कार्यान्वयनमा उनले कसरी सफलता प्राप्त गर्नुहुनेछ भन्ने बारेमा यतिखेर पाकिस्तानमा चर्चा पनि शुरु भएका छन् ।

 

पाकिस्तानमा भएका यी चर्चाले उनलाई क्रिकेटको एक कप्तान कसरी सत्ताकै बागडोर सम्हाल्ने कप्तानका रुपमा काम गर्न सक्छ भनेर पनि विश्लेषण गरिएको छ । 

 

तर यी काम गर्नसक्ने गरी नै इमरानको उदय भएको चर्चा अहिले पाकिस्तानमा गरिँदैछ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न डा. लोहनीको आग्रह

  • 4 hours ago
तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न डा. लोहनीको आग्रह

काठमाडौँ । राप्रपाका निवर्तमान अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न आग्रह गरेका छन्। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ तथा प्रमाणपत्र वितरण कार्यक

पेक्रेसेले सन् २०२२ को राष्ट्रपतीय निर्वाचनका लागि फ्रान्सको लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने

  • 5 hours ago
पेक्रेसेले सन् २०२२ को राष्ट्रपतीय निर्वाचनका लागि फ्रान्सको लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने

एजेन्सी । फ्रान्सको इले–डे–फ्रान्स क्षेत्रका अध्यक्ष भ्यालेरी पेक्रेसेले शनिबार पार्टीको चुनाव जितेर अप्रिल २०२२ मा हुने राष्ट्रपति चुनावमा लेस रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्नेछन् ।

सूर्य नेपाल गल्फ सोमबारबाट

  • 5 hours ago
सूर्य नेपाल गल्फ सोमबारबाट

काठमाडौँ । सूर्य नेपाल गल्फ टूर २०२१/२२ प्रतियोगिता भोलि (सोमबार) बाट सुरू हुने भएको छ। आयोजक प्रोफेस्नल गल्फर एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट सुरू भइ बिहीबार समापन हुने



पर्यटन

सिर्के चरा

सिर्के चरा

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालागौंडीमा देखापरेको कालो सिर्के चरा ।

जीवनशैली

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा घर र कार्यालयका फर्निचरको प्रयोग बारे जान्नुहोस्। यदि तपाईं घर वा कार्यालयमा काठसँग सम्बन्धित कुनै काम सुरु गर्न चाहनुहुन्छ भने, ध्यान राख्नुहोस् कि काठको कामको लागि सधैं दक्षिण वा पश्चिम दिशाबाट सुरु गर्नुहोस् र उत्तर वा पूर्व दिशामा समाप्त गर्नुहोस्।

विचित्र विश्व

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

एजेन्सी । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेदेखि विश्वभर फैलिने क्रम जारी रहेको छ । ओमिक्रोन श्रीलंका, भारत, जापान, मलेसिया, सिंगापुर र दक्षिण कोरिया जस्ता एसियाली राष्ट्रहरू सहित दुई दर्जन भन्दा बढी देशहरूमा फैलिएको छ।