इराकमा एक हजारभन्दा बढी मतदान केन्द्रको निर्वाचन रद्द

बगदाद । इराकको स्वतन्त्र उच्च निर्वाचन आयोगले १ हजार २१ वटा मतदान केन्द्रको निर्वाचन रद्द गरेको छ। 

 

आयोगले यही मे १२ तारिखका दिन भएको संसदीय निर्वाचनका क्रममा ती ठाँउहरुमा अनियमितता भएको उजुरीका आधारमा छानबिन गर्दा कमजोरी देखिएकाले निर्वाचन रद्द गरिएको बुधबार जनाएको छ। 

 

आयोगद्वारा जारी विज्ञप्तिमा अनियमितता भएको भनिएका देशभरका झण्डै २ हजार वटा मतदान केन्द्रमा छानबिन भएको जनाइएको छ। 

 

उजुरीकै आधारमा छानबिन गरेर गत मे २१ मा पनि आयोगले १ सय ३ वटा मतदान केन्द्रको निर्वाचन रद्द गरेको थियो। 

 

मतदाता परिचय पत्र नभएकाहरुलाई इराकको नागरिकतासँग मिल्ने अधिकारीक कुनै परिचय पत्र भएमा मतदान गर्न दिने व्यवस्था गरिएको थियो। 

 

संयुक्त राष्ट्रसंघको एक विशेष टोलीले यही मे १७ तारिखका दिन विज्ञप्ति जारी गर्दै उजुरीका आधारमा तत्काल छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न इराकको निर्वाचन आयोगलाई आग्रह गरेको थियो। 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुमेरु हस्पिटललाई कारबाही

  • 5 hours ago
सुमेरु हस्पिटललाई कारबाही

काठमाडौँ । ललितपुरस्थित सुमेरु अस्पताललाई कारबाही गरिएको छ । एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिएको भन्दै कारबाही गरिएको हो । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनु

ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

  • 5 hours ago
ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा भएको दाबी गरेका छन्। आइतबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । ओलीले एमालेले स

नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

  • 5 hours ago
नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

कैलाली । कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



पर्यटन

खुल्यो मुक्तिनाथ मन्दिर

खुल्यो मुक्तिनाथ मन्दिर

म्याग्दी । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ ।

जीवनशैली

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।

विचित्र विश्व

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

एजेन्सी । ब्राजिलमा एउटा अनौठो घटना घटेको छ । एक जना प्रेमीले झुक्किएर आफ्नी प्रेमिकाको आँखामा ग्लु राखिदिन पुगे । ५५ वर्षिय रेजिना अर्नामा दर्दनाक रोग ग्लुकोमाबाट शिकार छिन् । उनलाई दैनिक आइड्रप राख्नुपर्छ ।