आजदेखि चिकित्सक सङ्घको निर्वाचन

Global IME
Norvic Hospital

काठमाडौँ । नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि आजदेखि निर्वाचन सुरु भएको छ ।

 

समितिको नयाँ नेतृत्वका लागि आज माघ ६ र भोलि माघ ७ गते उपत्यका बाहिर निर्वाचन हुँदैछ । उपत्यका बाहिरका १६ वटा शाखामा आज बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान हुने प्रमुख निर्वाचन अधिकृत डा धनवहादुर रानामगरले जानकारी दिए । उनका अनुसार आज र भोलि हुने निर्वाचनमा छ हजार चार सय जना मतदानमा सहभागी हुँदैछन् । भोलि पनि सोही समयमा मतदान सुरु हुनेछ । 

 

काठमाडौँ उपत्यकामा भने यही माघ १९, २० र २१ गते निर्वाचन हुनेछ । निर्वाचनमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, प्रत्येक प्रदेशबाट एक–एक जनाका दरले सात जना उपाध्यक्ष, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक र छ सदस्य गरी १९ पदमा प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी सङ्घ परिषद् सदस्य ६० जनाको समेत निर्वाचन हुँदैछ ।

 

अध्यक्षमा तीन समूहले प्यानल बनाई चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षका उम्मेदवारहरु डा सन्तोष पौडेलको प्रगतिशील समूह, डा अनिलविक्रम कार्कीको लोकतान्त्रिक समूह र डा शिवजीविक्रम सिलवालको समूल स्वतन्त्र प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्  । निर्वाचनमा मतदाता १२ हजार आठ सय ३४ जना छन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रधानमन्त्रीलाई एमालेको प्रश्नः अर्को विश्वासको मत लिने कार्यसूची कहिले छ?

  • 2 minutes ago
प्रधानमन्त्रीलाई एमालेको प्रश्नः अर्को विश्वासको मत लिने कार्यसूची कहिले छ?

काठमाडौँ। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अर्को विश्वासको मत लिने कार्यसूची कहिले छ? भनेर प्रश्न गरेको छ। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि एमालेका उपाध्यक्ष समेत रहेक

इराक र इरानबीच सुरक्षा सम्झौता

  • 4 minutes ago
इराक र इरानबीच सुरक्षा सम्झौता

एजेन्सी । इराक र इरानकाबीचमा सुरक्षा सहयोग सम्बन्धी सम्झौता भएको छ । इरानको सरकारी समाचार समिति इर्नाले दिएको जानकारीअनुसार यी दुई देशका बीचमा सुरक्षा सहयोगका सम्बन्धमा सो सम्झौता भएको हो ।

जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणमा

  • 12 minutes ago
जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणमा

एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदा दुई दिने भारत भ्रमणका लागि सोमबार भारत आइपुगेका छन् ।



पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।