बार्सिलोना लेजेन्डलाई रियल लेजेन्डले हरायो

  • बुधबार, ६ साउन, २०७८
  • 2 weeks ago
  • खेल

एजेन्सी । बार्सिलोना लेजेन्ड र रियल मड्रिड लेजेन्डबीचको एल क्लासिकोमा रियलले जित हात पारेको छ ।

 

इजरायलस्थित ब्लुमफिल्ड स्टेडियममा मंगलबार राति भएको खेलमा रियलले ३–२ गोलको जित हात पारेको हो । रियलको जितमा पेड्रो मुनिटिस, अलफन्सो पेरेज र रुबेन डे ला रेडले गोल गरेका थिए । बार्सिलोनाका रोनाल्डिन्हो र जोफ्रे माटिउले गोल गरे ।

 

खेलको २८औं मिनेटमा रोनाल्डिन्होले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । 

 

पहिलो हाफको अन्त्यतिर पेड्रो मुनिटिस र अलफन्सो पेरेजले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि रियलले खेलमा २–१ को अग्रता लिएको थियो । त्यसपछि ६०औं मिनेटमा जोफ्री मटिउले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याए । 

 

६९औं मिनेटमा रुबेन डे ला रेडले गोल गर्दै रियललाई ३–२ को रोमाञ्चक जित दिलाए ।

 

उक्त खेलमा २५ हजार बढी समर्थकलाई मैदान प्रवश गराइएको थियो । बार्सिलोनाबाट रोनाल्डिन्होसँगै रिभाल्डोले पनि खेलेका थिए भने रियलबाट रोबर्टो कार्लोस र लुइस फिगोलगायतले खेलेका थिए ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

  • 1 hour ago
काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • 1 hour ago
जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारि

बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

  • 2 hours ago
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाउनको लागि शीर्ष नेताहरुको



पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।