Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थप्राइम कमर्सियल बैंकको कामु सीईओमा मानन्धर नियुक्त

प्राइम कमर्सियल बैंकको कामु सीईओमा मानन्धर नियुक्त


काठमाडौँ। प्राइम कमर्सियल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्जीव मानन्धर नियुक्त भएका छन्। बुधबार सम्पन्न सञ्चालक समितिको बैठकबाट मानन्धरलाई कामु सीईओमा नियुक्त गरिएको हो।

यसअघिका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको कार्यकाल यही साउन १६ गते सकिएको थियो।

सञ्जीव स्थापनाकालदेखि नै सो बैंकमा महाप्रबन्धकका रूपमा कार्यरत थिए। कामु सीईओ मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव रहेको छ।

तत्कालीन नेपाल इन्भेस्टमेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आबद्ध रही कार्य गरिसकेका छन्।

अवकाशप्राप्त मानन्धर विगत १६ वर्षदेखि प्राइम कमर्सियल बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

Techie IT