इजिप्टका राष्ट्रपतिको शासन लम्ब्याउन संसदमा मतदान
- बुधबार, ४ बैशाख, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

कायरो । इजिप्टको संसदले राष्ट्रपति अब्देल फताह अल–सिसीको शासनकाल सन् २०३० सम्म लम्ब्याउन सक्ने गरी संविधान संशोधन प्रस्ताव पारित गरेको छ ।
राज्य सञ्चालित सञ्चार माध्यमका अनुसार, संसदले देशको सेनालाई मुलुकको राजनीतिक मामिलामा प्रवेश गराउने तथा न्यायपालिकामाथि राष्ट्रपतिले बढी नियन्त्रण गर्न पाउने प्रावधान समेत पारित गरेको छ । राष्ट्रपति सिसी देशको सैनिक नेतृत्वबाट राजनीतिमा प्रवेश गरेका छन् ।
संसदले पारित गरेको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई जनमतसङ्ग्रह मार्फत अनुमोदन गरिनेछ । तर जनमतसङ्ग्रहको मिति भने घोषणा गरिएको छैन ।
वर्तमान संवैधानिक व्यवस्था अनुसार सन् २०१८ मा निर्वाचित भएका राष्ट्रपति अल–सिसीको कार्यकाल निर्वाचित भएको मितिबाट छ वर्षमा सकिनेछ । संविधान संशोधन भएपछि उहाँ अर्को छ वर्षे कार्यकालका लागि पुनः निर्वाचित हुन सक्नेछन्
सभामुख अलि अब्देल आलले संविधान संशोधनको पक्षमा ५३१ तथा विपक्षमा २२ मत परेको जानकारी दिए ।
राष्ट्रपति सिसीले सन् २०१३ मा जननिर्वाचित राष्ट्रपति मोहमद मोर्सीलाई सैनिक बलमा पदच्यूत गरी राष्ट्रपति बनेका थिए ।
सिसी सन् २०१४ को राष्ट्रपति निर्वाचनमा विजयी हुनुभएको थियो भने सन् २०१८ को मार्चमा सम्पन्न निर्वाचनमा पनि ९७ प्रतिशतभन्दा बढी मत पाएर विजयी भएका थिए ।
विपक्षी राजनीतिक व्यक्तिहरुमाथि दमन गरेको आरोप राष्ट्रपति सिसीमाथि लाग्ने गरेको छ ।
सांसदहरुले राष्ट्रपति सिसीले जतिसक्दो चाँडो राजनीतिक, आर्थिक तथा सुरक्षाका विषयमा महत्वपूर्ण सुधारका कार्यहरु गर्ने अपेक्षा राखेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
शाहरुख खानको फिल्मले हालसम्म कति कमायो ?
- 12 minutes ago

एजेन्सी । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित एक्सन फिल्म ‘पठान’ रिलिज भएको एक साता मात्र भएको छ र यसले बक्स अफिसका सबै प्रमुख रेकर्ड तोडेको छ ।
प्रेमप्रसाद आत्मदाह प्रकरण – प्रहरीले उपेन्द्र महतोसँग पनि बयान लियो
- 15 minutes ago

प्रेमप्रसाद आचार्य आत्मदाह प्रकरणमा प्रहरीले गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोसँग बयान लिएको छ ।
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए
- 22 minutes ago

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हा
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।