सुहाउँछ काभानीलाई युनाइटेडमा '७ नम्बरको जर्सी' ?

एजेन्सी । फुटबल संसारमा जब खेलाडी मैदानमा उत्रिन्छन् तब उनको पहिचान जर्सीले गराउँछ । जर्सीको पछाडि अंकित नम्बरले खेलाडीको पोजिसन तथा खेलाडीको स्तर पनि छुट्याउने गर्छ । भलै यो कुरा सामान्य लागेपनि फुटबलको इतिहास हेर्दा खेलाडीहरुलाई उसको पोजिसनको हिसावले जर्सी नम्बर मिल्ने गर्दथ्यो । जस्तो गोलकिपरलाई नम्बर १ मिल्छ । 

 

यसपछि टीम जुन तरिकाको पोजिशन (२-३-५)या (४-२-४) को हिसावमा मैदानमा निस्कन्छन भने त्यही अनुसार खेलाडीलाई जर्सी नम्बर प्रदान गरिन्छ ।

 

सन् १९५८ फिफा वर्ल्ड कपबाट १० नम्बर जर्सीको महत्व बढ्यो । उक्त वर्ल्ड कपमा ब्राजिलले खाता खोलेसँगै उक्त जर्सी नम्बरपनि अमर भयो । जसमा ब्राजिल ४-२-४ को पोजिशनका साथ मैदानमा निस्किएको थियो । 

 

पेले टीमका दोस्रा स्ट्राइकर वावाको पछाडी खेल्थे । यहि कारण उनी जुन पोजिशनमा थिए, त्यो नम्बर १० नै पथ्र्यो र उनलाई १० नम्बर जर्सी मिलेको थियो । त्यसपछि जहिलेपनि पेलेसँग १० नम्बर जोडियो । पेलेले १९५८ वर्ल्ड कपमा पाँच गोल गरे जसमा एक गोल फाइनलमा गरेका थिए । 

 

यो एक उदाहरण थियो, अर्जेन्टिनामा पनि १० नम्बर जर्सीलाई बडो महत्वका साथ हेरिन्छ । 'ह्यान्ड अफ गड' भनेर चिनिने डिएगो म्याराडोनादेखि लिएर अहिलेका विश्वकै उत्कृष्ट फुटबलर लियोनल मेस्सी पनि अर्जेन्टिनाको १० नम्बर जर्सीमा मैदानमा उत्रन्छन् । 

 

तुलनात्मक रुपमा अमेरिकन फुटबलमा १० नम्बरको जर्सीको महत्व भएजस्तै युरोपतर्फ भने ७ नम्बरको जर्सीको विशेष महत्व हुन्छ । 

 

जसको उदाहरण क्रिस्टियानो रोनाल्डोदेखि लुइस फिगोसँगै स्टेन्ली म्याथ्युजसम्म यी महान खेलाडी ७ नम्बर जर्सीमै मैदानमा उत्रिन्थे । अब यसलाई छाडेर चर्चा गरौं इंग्लिस फुटबल क्लब म्यान्चेस्टर युनाइटेडमा ७ नम्बरको जर्सीको महत्वबारे । 

 

युनाइटेडमा जर्सी नम्बर ७ को कुरा गर्दा सबैभन्दा पहिले जर्ज बेस्टको नाम आउछ । युनाइटेडका लागि १९६३ देखि १९७४ सम्म खेलेका स्वर्गीय बेस्ट ६ पटकसम्म लगातार धेरै गोल गर्ने खेलाडी बनेका थिए । उत्तरी आयरल्याण्डका बेस्ट युनाइटेडलाई दुई लिग उपाधि, एक युरोपियन कप जिताउन महत्वपूर्ण खेलाडी थिए ।

 

अर्का चर्चित फुटबलर इरिक क्यान्टोनाले युनाइटेडमा सन् १९९२ देखि १९९७ सम्म १४३ खेल खेल्दै ६४ गोल गरेका थिए । युनाइटेडमा हुँदा उनको चर्चित कम्फु काण्ड लिगको इतिहासमा अहिले पनि चर्चित छ । उनलाई रातो कार्ड पाएर टनेलमा जाँदै गर्दा फ्यानले गाली गरेपछि फ्यानलाई कम्फु स्टाइलमा किक हानेपछि उनलाई जेल जाने सजाय समेत सुनाइएको थियो । उनको गोल गर्ने शैली र उनको खेल्ने कौशललाई उनका फ्यानहरु अझै बिसिँदैनन् । 

 

 

युनाइटेडमा जर्सी नम्बर ७ लाई अझ चर्चित बनाउने श्रेय इङल्याण्डका खेलाडी डेभिड बेकह्यामलाई जान्छ । फुटबलमा उनको फ्रिकिक प्रहार गर्ने कौशल र व्यक्तिगत प्रभावका कारण बेकह्यामले युनाइटेडलाई जर्सी नम्बर ७ को महत्व झन् बढायो । बेकह्यामले युनाइटेडमा सन् १९९२ देखि २००३ सम्म २६५ खेल खेल्दै ६२ गोल गरेका थिए । युनाइटेडमा रहँदा उनले ६ प्रिमियर लिग उपाधि, एक च्याम्पियन्स लिग उपाधि, २ एफए कप उपाधि, २ कम्युनिटी सिल्ड, एक इन्टरकन्टिनेन्टल कपको उपाधि जिते  ।

 

 

बेकह्यामपछि युनाइटेडमा जर्सी नम्बर ७ मा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको आगमन भयो । रोनाल्डोले बेकह्यामको जर्सी नम्बर ७ को महत्वलाई कायम मात्र राखेनन् यसलाई झन् उचाईमा पुर्याए । रोनाल्डोले युनाइटेडमा २००३ देखि २००९ सम्म १९६ खेल खेल्दै ८४ गोल गरेका थिए । रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट बेलुन डो अर जित्ने पहिलो खेलाडी पनि हुन् । उनले युनाइटेडबाट तीन पटक प्रिमियर लिग, एक पटक च्याम्पियन्स लिग, एक पटक एफए कप, दुई पटक लिग कप, एक पटक कम्युनिटी सिल्ड र एक पटक क्लब विश्वकपको उपाधि जितेका छन् ।उनी सन् २००९ मा विश्वको सबै भन्दा महँगो खेलाडीको रुपमा ८० मिलियन पाउण्डमा रियल म्याड्रिड गएका थिए ।

 

 

त्यसपछि युनाइटेडको जर्सी नम्बर ७ माइकल ओवेन, एन्टोनियो भ्यालेन्सिया, एंगल डी मारिया, मेम्फिस डिपे, एलेक्सिस साञ्चेज जस्ता खेलाडीले खेले तर उनीहरुले ती खेलाडीहरुको उचाई प्राप्त भने गर्न सकेनन् । 

 

 

अब युनाइटेडको जर्सी नम्बर ७ मा उरुग्वेका फरवार्ड तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का सर्वाधिक गोलकर्ता समेत रहेका एडिन्सन काभानीलाई देख्न सकिनेछ ।  

 

 

युनाइटेडले समर ट्रान्सफर (खेलाडी सरुवा) को डेडलाइन मितिमा उनलाई क्लबमा भित्र्याएको हो । ३३ वर्षीय काभानी दुई वर्षको लागि प्रतिसाता २ लाख १० हजार मिलियन पाउन्डमा वल्र्ड ट्राफोर्ड आएका हुन् ।

 

युनाइटेडमा अनुबन्ध भएसँगै काभानीले युनाइटेड विश्वको उत्कृष्ट मध्येको टोली रहेको र त्यसमा आबद्ध हुन पाउदा खुशी रहनुको साथै क्लबमा आफ्नो भुमिका निभाउने बताएका छन् ।

 

अबको चासोको विषय भनेको के काभानीले युनाइटेडमा साँच्चिकै निदाएको जर्सी नम्बर ७ लाई फेरि ब्युँताउनेछन् ? कि फेरि काभानी पनि उही फ्लप नम्बर ७ मा पर्नेछन् ?

 

अन्तमा काभानीलाई युनाइटेड यात्राको शुभकामना । गुड लक काभानी ! 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एउटा साबुन ८३१ रुपैयाँमा किन्ने बोदे बर्साइन नगरपालिकामा अख्तियारको छापा

  • 4 minutes ago
एउटा साबुन ८३१ रुपैयाँमा किन्ने बोदे बर्साइन नगरपालिकामा अख्तियारको छापा

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आल

बर्दिबास बलात्कार घटनाः आरोपितको घरमा आगजनी

  • 12 minutes ago
बर्दिबास बलात्कार घटनाः आरोपितको घरमा आगजनी

बर्दिबास । महोत्तरीको बर्दिबासमा भएको बलात्कारको घटनापछि आक्रोशित स्थानीयले आरोपितको घरमा आगजनी गरेका छन् । प्रदर्शनकारीले आगजनी गरेपछि आगो नियन्त्रण गर्न आएको बर्दिबास नगरपालिकाको दमकललाई समेत उनीहरु

महोत्तरीमा ६ वर्षीया बालिकाको विभत्स हत्या

  • 37 minutes ago
महोत्तरीमा ६ वर्षीया बालिकाको विभत्स हत्या

बर्दीवास । महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो ।



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।