पूर्वी लण्डनका नेपालीहरुले गरे आइना बार्कालाई सम्मान  

  • आइतबार, ६ साउन, २०७५
  • 2 years ago
  • युके

लण्डन। नेपालमा विभिन्न उदाहरणीय सामाजिक कार्य गर्दै आएकी स्पेनी नागरिक आइना बार्कालाई पूर्वी  लण्डनका नेपालीहरुले स्वागत तथा सम्मान गरेका छन ।

 

बार्सेलोना  निवासी समाजसेवी ऐना बार्का विगत ६ वर्षदेखि नेपालमा हेटौडास्थित नेपाली विकलाङ्ग, शारीरिक अपङ्गता भएका बालबालिकाहरूलाई आफ्नै खर्चमा भवन निर्माण गरेर पढाउने, खानपिन र रहने सुविधा प्रदान गर्दै आएकी छिन् । सामाजिक सञ्जालहरूमा उनको निस्वार्थ परोपकारी कार्यहरू सम्प्रेषण भईरहेको अवस्थामा यतिबेला उनी लण्डनमा आएकी छिन् । 

 

 

पूर्वी लण्डन, रमफोर्ड निवासी समाजसेवी तथा साहित्यकार लारा (लक्ष्मि थापा राई)को संयोजकत्वमा उनलाई शनिबार   पूर्वी लण्डन गोर्खा कम्युनिटीका अध्यक्ष मिमकाजी गुरुङ, आमा समुहकी अध्यक्ष लालिता चोङबाङ, अनेसास बेलायत च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङ सहित संस्थाका अन्य सदस्यहरूले  स्वागत गरेका थिए ।

 

कार्यक्रमका संयोजक लाराले सूचना दिएअनुसार आइना बार्का लाराको निम्तोमा केहि दिनका लागि बेलायत आएकी हुन् । यसै अवसरमा नेपाल ब्रिटेन डटकमको ११औँ वार्षिक दिवस कार्यक्रमको दिन  बार्काको प्रोजेक्टलाई सफल पार्न एनआरएन बेलायतले संयुक्त आर्थिक सहयोग दिने कार्यक्रम पनि रहेको छ ।

 

हाल उनी रमफोर्डमा  बस्दै आएको मौकामा पूर्वी लण्डनबासीले उनलाई रमफोर्डस्थित एसिया भिला रेस्टुरेन्टमा सानो कार्यक्रम्बॆच स्वागत तथा सम्मान गरेका थिए । उपस्थित सबैलाई आभार व्यक्त गर्दै आइना बार्काको बारेमा लाराले संक्षिप्त परिचय दिएकी थिईन । आइना बार्कालाई खादा तथा पुष्पगुच्छा  दिएर स्वागत गरिएको थियो ।

 

 स्वागत कार्यक्रममा मिमकाजी गुरुङ, सुमलकुमार गुरुङ, ललिता चोङबाङ लगायत सहभागी सबै जनाले उनको महान कार्यको प्रशंसा गर्दै आभार व्यक्त गरेका थिए । 

 

 

छोटो समयमा सम्पन्न यस कार्यक्रममा उपस्थित सहभागीहरूले नेपाली रुपैया करिब  एक लाख  सङ्कलन गरेर आइना बार्काको प्रोजेक्टलाई दिएका छन ।  बार्काले आफ्नो परोपकारी कार्यक्रमबारे र आफ्नो बारेमा सहभागीहरूमाझ बताउँदा  सबैजना भावुक बनेका थिए ।

 

उनको क्रियाकलापहरूका छोटो भिडियो क्लिप पनि सहभागीहरूलाई देखाइएको थियो । यस कार्यक्रमको जलपान र खाजा नास्ताको  खर्च लाराद्वारा प्रायोजन भएको थियो ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मंगलबार ४ हजार १२७ स्वाब परीक्षण

  • 17 minutes ago
मंगलबार ४ हजार १२७ स्वाब परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार १२७ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा थप ७८ जनामा कोरोना पुष्टि

  • 20 minutes ago
नेपालमा थप ७८ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य

'ओलीलाई नेकपाले मात्र हटाउनसक्छ, अरुले सक्दैनन् '

  • 35 minutes ago
'ओलीलाई नेकपाले मात्र हटाउनसक्छ, अरुले सक्दैनन् '

धनगढी । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले साझा र समृद्ध नेपाल बनाउनलाई सबै मिल्नुपर्ने बताएका छन् ।



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

चिया टिप्दै प्रियंका गान्धी !

चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।