इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

एजेन्सी ।  इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी दिएको छ । 

 

इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको थियो । यस भूकम्पमा परी शुरुमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिइएको थियो । हाल यो संख्या बढेर ५६ पुगेको सो निकायले जानकारी दिएको हो । 

 

यस भूकम्पमा परी मामुजु सहरका ८२६ व्यक्ति घाइते भएका छन् भने ती मध्ये १८९ व्यक्तिको अवस्था चिन्ताजनक रहेको प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले बताउनु भएको छ ।  घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । भूकम्पका कारण १५ हजार भन्दा बढी मानिस विस्थापित समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका थिए भूकम्पपछि सयौँ घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन ।

 

भूकम्पले सवैभन्दा धेरै मामुजु सहर र मजेने जिल्ला सवैभन्दा बढी प्रभावित भएको प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले बताएका छन् । 

 

सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७.५ म्याग्नीच्युडको भूकम्प र त्यसपछिको  सुनामीमा परी ४ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । सन् २००४ को डिसेम्बर २६ मा गएको ९.१ म्याग्नीच्युडको भूकम्प र त्यसपछि आएको शक्तिशाली सुनामीमा परी २ लाख २० व्यक्तिको मृत्यु भएको थियो । त्यसमा एक लाख ७० हजार इन्डोनेसियाली नागरिक रहेका थिए ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

  • 4 hours ago
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।

'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

  • 4 hours ago
'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताए

सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

  • 4 hours ago
सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ९रोहित०ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन् ।



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।