दुर्गामाया कार्कीले १०५ वर्षमा नागरिकता पाइन्
- मंगलबार, २८ पुष, २०७७
- 1 month ago
- नेपाल
- विचित्र विश्व

दोलखा । दोलखाको मेलुङ गाउँपालिका–३ निवासी दुर्गामाया कार्कीले १०५ वर्षमा आज नागरिकता पाएकी छन् । दोलखाको साविक मालु गाविस वडा नं ४ मा विसं १९७२ भदौ १८ गते जन्मिएकी कार्र्कीले आज जिल्ला प्रशासन कार्यालय दोलखाबाट नागरिकता लिएका हन् । मालुमा जन्मिएकी कार्की ७७ वर्षअघि विवाह गरी घ्याङ्सुकाठोकर पुगेकी र विवाहपश्चात श्रीमान्सँग सम्बन्ध राम्रो नभएपश्चात छोरीसँग बस्दै आएकी छन् ।
हाल छोरीको घरमा बस्दै आएकी कार्कीको श्रीमान्को मृत्यु भइसकेको छ । १०५ वर्ष हुँदासम्म नागरिकता नभएपछि जेठाजुका छोरा गोकुलबहादुर कार्की र नाति दीपेन्द्रकुमार कार्कीको सनाखतमा जिल्ला प्रहरी कार्यालय, वडा कार्यालयको सिफारिसमा नागरिकता प्रदान गरिएको हो । प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले कार्कीलाई नागरिकता प्रदान गरेका थिए ।
एक सय पाँच वर्षको ज्येष्ठ नागरिककै नागरिकता नभएको र राज्यबाट प्रदान गरिने सेवा सुविधा पाउनबाट बञ्चित रहेको जानकारी भएपछि वडाले आफन्तसँग जाँचबुझ गरी स्थानीयवासीको रोहवरमा वडा कार्यालयको सिफारिसमा आज जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराई नागरिकता प्रदान गरेको वडाध्यक्ष हीरा थोकरले जानकारी दिए । आफूले १०५ वर्षको उमेरमा नागरिकता पाएकामा खुशी व्यक्त गर्दै कार्कीले ज्येष्ठ नागरिकका लागि सरकारले प्रदान गर्ने सेवा सुविधा पनि सहजरूपमा पाउने अपेक्षा राख्नुभयो । कार्की जिल्ला प्रशासन कार्यालय दोलखाबाट बढी उमेरमा नागरिकता लिने पहिलो ज्येष्ठ नागरिक भएको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेले बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउन प्रचण्ड–नेपाललाई पोखरेलको चुनौति
- 1 hour ago
काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाललाई अविश्वासको प्रस्ताव लिएर आउन चुनौति दिएका छन् । ओली समूहको सचिवालय सद
गृह मन्त्रालयद्वारा ५२ जना सीडीओहरुको सरुवा र पदस्थापना
- 1 hour ago

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार ५२ जना सीडीओहरुको सरुवा र पदस्थापना गरेको छ । गृहले जारी गरेको सुचना अनुसार सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापना भएको हो । सुचनामा उल्लेख भए अनुसार
शुक्रबार ३ हजार ९४४ स्वाब परीक्षण
- 1 hour ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ९४४ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

एजेन्सी । शरीरमा भिटामिन बी, आइरन, कपर र आयोडिनजस्ता पोषण तत्वको कमी हुँदा कम उमेरमै कपाल फुल्ने समस्या हुन्छ ।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।