ड्रोन खोई ? अमेजनका ग्राहकहरु अझै ड्रोनको प्रतिक्षामा

सान फ्रान्सिस्को । जेफ बेजोसले पाँच वर्षअघि पूर्वानुमान गरेका थिए– अमेजनका सामग्रीहरु ड्रोनले आजसम्ममा मानिसका घरदैलोमा पु¥याउन थाल्नेछन् । अमेजनका ग्राहकहरु अझै पनि त्यो दिनको पर्खाइमा छन् । तर, कम्पनीका प्रमुख कार्यकारी अधिकृत बेजोसको त्यो पूर्वानुमान पूरा हुने लक्षण देखिएको छैन । 

 

बेजोसले खुद्रा व्यापार (रिटेल) क्षेत्रलाई रुपान्तरण गरी अर्बौं डलर कमाइसकेका छन् । तर ड्रोनमाथि नियामक निकायबाट निम्तिने अड्चन र सुरक्षा सवालले विश्वकै सबैभन्दा धनाढ्य व्यक्ति बेजोसलाई समेत ठूलो चुनौती खडा गरेको छ । उहाँले डिसेम्बर २०१३ मा अमेरिकी टेलिभिजन च्यानल सीबीएसमा पाँच वर्षभित्र ड्रोनले ग्राहकका घरदैलोमा सामानहरु पु¥याउँछ भनेर तोकेको समयसीमा गुज्रनै लागेको छ । 

 

बेजोसले तोकेको त्यो दिन आउन धेरै दिन बाँकी छैन । तर ड्रोनले ग्रामीण वा दुर्गम क्षेत्रमा औषधि लैजान भने सक्ने स्थिति उत्पन्न भएको छ । दैनिक उपभोग्य बस्तुको ड्रोनबाट तत्कालै आपूर्ति गर्ने कुरा प्रचारमै सीमित हुँदैछ । किनभने ड्रोनको ब्याट्री त्यति टिक्दैन र गोपनीयताको विषय पनि प्रमुखताका साथ अगाडि आएको छ । 

 

“मलाई लाग्दैन शहरका कुनाकाप्चामा ड्रोनले खाजा वा डायपर बोकेर उड्नेछन्,” ड्रोन विश्लेषक कोलिन स्नोले बताए । 

 

ड्रोनको प्रयोग केही उद्योगहरुमा निकै तिब्रताका साथ अघि बढेको छ । व्यापारिक क्षेत्र र उपभोक्तासँग सोझै जोडिएका क्षेत्रमा ड्रोनहरुको प्रयोग प्रायः हुन सकेको छैन । 

 

सरकारको अनुमानमा अमेरिकी आकाशमा करिब एक लाख १० हजार व्यापारिक ड्रोन उडिरहेका छन् र सन् २०२२ सम्ममा यो संख्या करिब चार लाख ५० हजार पुग्नेछ । यी ड्रोनहरु ग्रामीण क्षेत्रमा खानी उत्खनन् र कृषिमा प्रयोग भइरहेका छन् । साथै, विद्युत प्रसारणका लाइन र पाइपलाइनहरुको निरीक्षण गर्न तथा सर्भेक्षणका काममा ड्रोनको प्रयोग हुन थालेको छ । 

 

अमेजनले तत्काल सामानको आपूर्ति गर्न ड्रोन प्रयोग गर्नेतर्फ विचार गरिरहेको जनाएको छ, तर अहिले अमेजनले यस्तो कार्य कहिलेबाट आरम्भ गर्ने भनी निश्चित मितिबारे जानकारी गराएको छैन । 

 

“हामी ३० मिनेट वा सोभन्दा कम समयमा ड्रोन मार्फत सामान ढुवानी गर्ने कुरालाई यथार्थमै रुपान्तरण गर्न चाहिरहेका छौं,” अमेजनका प्रवक्ता क्रिस्टेन किसले बताए। सियाटलमा प्रधान कार्यालय रहेको यस कम्पनीले आफ्ना ड्रोन विकास केन्द्रहरु संयुक्तराज्य अमेरिका, अस्ट्रिया, फ्रान्स, इजरायल र बेलायतमा रहेको जनाएको छ । 

 

आपूर्तिकर्ता कम्पनीहरुले आपतकालीन बस्तुहरुको आपूर्ति गर्न ड्रोनको प्रयोग गर्नेतर्फ परीक्षणहरु गरिरहेका छन् । उनीहरुले कम जनघनत्व भएका क्षेत्रमा यसको परीक्षण गरिरहेका छन् । तर, सामान आपूर्तिहरु मुख्यतः कार्यालयका पार्क क्षेत्र र मानिसका घर वरिपरि केन्द्रित भएकाले त्यहाँ सुरक्षा र गोपनीयताको चासो बढी हुने गरेको छ । 

 

गत मे महिनामा ट्रम्प प्रशासनले आपूर्ति, परीक्षण र अन्य कार्यहरुका लागि ड्रोनको परीक्षण गर्न निजी कम्पनीहरु र स्थानीय सरकारी निकायहरुका निम्ति तीन वर्षे योजनालाई स्वीकृति दिएको छ । 

 

तर प्रमुख आपूर्तिकर्ता कम्पनीहरुका नमूना कार्यक्रमहरुले केही सानो संख्याका अमेरिकीहरुले ड्रोनबाट सामान प्राप्त गर्ने सङ्केत दिइसकेका छन् । युनाइटेड पार्सल सर्भिसले फ्लोरिडाका ग्रामीण सडकमा दौडिने ट्रकबाट ड्रोन परीक्षण गरेको छ । जर्मनीको डिएचएल एक्सप्रेसले तान्जानीयाबाट लेक भिक्टोरियासम्म औषधि आपूर्ति गर्न परीक्षणका रुपमा ड्रोनको प्रयोग गरेको छ । 

 

डिएचएलको मुख्य कम्पनी डच पोस्टका प्रमुख कार्यकारी अधिकृत फ्रान्क एप्पेलले आगामी एक दुई वर्षभित्रै ड्रोनहरु केही खास कामका लागि निकै उपयुक्त साधन हुने बताउँदै तर यिनीहरुको व्यापक प्रयोग हुन नसक्ने जानकारी दिए । उनको विचारमा यसको सबैभन्दा ठूलो समस्या भनेकै ब्याट्री हो । 

 

“हरेक एक दुई घण्टामा ब्याट्री चार्ज गर्नुपर्ने हो भने तपाईंसँग धेरैवटा ड्रोन चाहिन्छ ।” उनले भने । 

एप्पेलले ड्रोनको भन्दा मानिसबाटै हुने ढुवानीको अर्को फाइदा रहेको बताएः ग्राहकहरु कहाँ बस्छन् र ढोकाको कुन घन्टी बजाउने भन्ने कुरा उनीहरुलाई थाहा हुन्छ । “सूचना प्रविधिबाट यी यस्ता कुरा सुल्झाउन त्यति सजिलो छैन र सस्तो पनि हुँदैन ।” 

 

विज्ञहरुका अनुसार ड्रोन मार्फत व्यापक ढुवानी गर्न सरकारी स्वीकृति प्राप्त गर्न वर्षौं लाग्नेछ । 

 

स्काइलजिक रिसर्चका प्रमुख कार्यकारी अधिकृत स्नोले ड्रोनमार्फत यथार्थपरक ढङ्गबाट सामान आपूर्ति गर्न र सबै प्रकारका कानुनी तथा अन्य जटिलता टुङ्ग्याउन अझै १० वर्ष लाग्ने बताए । तपाईंको आकाशमाथि उडेको प्रत्येक ड्रोनका बारेमा कानुन कार्यान्वयन गर्ने निकायहरुलाई जानकारी हुनु पर्दछ । सरकारी अधिकारीहरु यी ड्रोनलाई आतङ्ककारीले प्रयोग गर्ने हुन् कि भनी भयग्रस्त छन् । 

 

नियमहरुको मस्यौदा भइरहे पनि कम्पनीहरु भने सानो स्तरकै पाइलट कार्यक्रम सञ्चालन गरी ड्रोनहरु बारे अध्ययन र परीक्षण गर्न चाहन्छन् । 

 

अमेरिकी कानुनमा ड्रोन उडानका बारेमा लामो सूची छ । यी ड्रोनहरु ४०० फिटभन्दा माथि, सरकारी कार्यालयको माथि र विमानस्थलको पाँच माइल वरिपरि ड्रोन उडाउन पाइन्न । राति ड्रोन उडाउन प्रतिबन्ध लगाइएको छ । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

  • 1 minute ago
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभ

आगलागी पीडितलाई सक्दो पहल गर्ने सांसद् भट्टराईको प्रतिवद्धता

  • 7 minutes ago
आगलागी पीडितलाई सक्दो पहल गर्ने सांसद् भट्टराईको प्रतिवद्धता

काठमाडौँ । ताप्लेजुङका सांसद् योगेश भट्टराईले दोभान बजारमा भएको आगलागी पीडितलाई सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य समेत रहेका भट्टराईले दोभा

मंगलबार ४ हजार १२७ स्वाब परीक्षण

  • 26 minutes ago
मंगलबार ४ हजार १२७ स्वाब परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार १२७ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।

विचित्र विश्व

चिया टिप्दै प्रियंका गान्धी !

चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।