डाक्टर केसीको सत्याग्रह स्थगित

  • बुधबार, १२ फागुन, २०७७
  • 1 month ago
  • नेपाल

काठमाडौँ । प्राध्यापक डाक्टर गोविन्द केसीले सत्याग्रह स्थगित गरेका छन् । डा. केसीले बुधबारबाट सुरु गर्ने भनिएको सत्याग्रह स्थगित गरेका हुन् ।

 

संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले फागुन १२ देखि शुरु गर्ने भनेको सत्याग्रह स्थगित गरेको डा. केसीको भनाई छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको विषयमा गरेको ऐतिहासिक फैसलापछि देशको प्रतिगमनतिर धकेल्ने प्रधानमन्त्री केपी ओलीको प्रयास तत्कालका लागि असफल भएको भन्दै उनले सर्वोच्च न्यायालयबाट सबै नागरिकको अपेक्षा त्यही रहेको पनि डा. केसीको भनाई छ ।

 

यद्यपी। प्रतिनिधिसभा पुर्नस्थापना हुँदैमा नेपालको लोकतन्त्रमाथि आइलागेका सबै संकटहरु अझै नहटेको कारण जुनसुकै प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार बने पनि कार्यशैली र राज्य सञ्चालनको प्राथमिकता ओली सरकारको जस्तै रहने हो भने त्यसले अवस्थामा खासै परिवर्तन नल्याउने केसीको भनाई छ ।

 

डा. केसीले प्रधानमन्त्री ओलीले संवैधानिक निकायहरुमा गलत रुपमा गरेका नियुक्ति सच्याउनुपर्ने माग भने गरेका छन् ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट धरहराको दृश्यावलोकन गर्दै माधव र ओली

  • 1 minute ago
मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट धरहराको दृश्यावलोकन गर्दै माधव र ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा नागपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गरेका छ

मृत्यु भई सकेका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोह पक्राउ

  • 3 minutes ago
मृत्यु भई सकेका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोह पक्राउ

झापा । झापामा मृत्यु भई सकेका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोह पक्राउ परेका छन् । झापा बिर्तामोडका स्वर्गिय टुंग बहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उदेश्यले नक्कली टुंग बह

मेरियटको झ्यालबाट धरहरा हेर्दै ओली र नेपाल

  • 14 minutes ago
मेरियटको झ्यालबाट धरहरा हेर्दै ओली र नेपाल

काठमाडौँ । नेकपा एमालेको बिबाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल बिच बुधबारबाट संवाद सुरु भएको छ । उनीहरु नक्सालस्थित मेरियट होटलमा बसेर वा



पर्यटन

खुलेको माछापुच्छ्रे हिमाल

खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।

जीवनशैली

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

विचित्र विश्व

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।