शक्ति दुरूपयाेगकाे आशंकामा ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरू
- रासस
- सोमबार, २० फागुन, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

वासिङ्टन । अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् ।
राष्ट्रपति ट्रम्पले आफ्नो पदीय शक्तिको दुरुपयोग गरेको आशंकामा सांसदहरुले औपचारिक छानबिन गर्न लागेका हुन् । अमेरिकी संसदको न्यायिक समितिका अध्यक्ष जेरी नाड्लरले अमेरिकी एबीसी टेलिभिजनसँग कुरा गर्दै डोनाल्ड ट्रम्प जुनियर र अलेन वाइसेलबर्ग समेतका ६० व्यक्ति तथा संस्थामाथि संसदले छानबिन गर्न लागेको जनकारी दिए ।
संसदमा विपक्षी डेमोक्र्याटिक पार्टीका वरिष्ट सदस्य समेत रहेका नाड्लरले अनुसन्धान मुख्यतः न्यायमा अबरोध, भ्रष्टाचार र शक्तिको दुरुपयोगमा केन्द्रित हुने बताए । हाल अमेरिकी संसदमा विपक्षी डेमोक्र्याटिक पार्टीको बहुमत छ ।
सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुससँग साँठगाँठ गरेको आरोपमा राष्ट्रपति ट्रम्पका विषयमा विशेष अनुसन्धाता रोबर्ट मुलरको समितिले पनि छानबिन गरिरहेको छ ।
धेरैजसो विश्लेषकहरुले राष्ट्रपति ट्रम्प विरुद्ध धेरैवटा सङ्घीय तथा राज्यस्तरमा भइरहेका अनुसन्धान पनि राष्ट्रपति ट्रम्पका लागि टाउको दुखाईको विषय बनेको जनाएका छन् । यी अनुसन्धानहरु खासगरी ट्रम्पका व्यवसायहरु तथा परोपकारी कार्यहरुका साथै कर छलीमा केन्द्रित भएका छन् ।
तर ट्रम्पले लगातार सङ्घर्ष गरिरहेका छन्, र ट्वीटरमार्फत निरन्तर विपक्षीमाथि तारो बनाइरहेका छन् । ‘म निर्दोष व्यक्ति हुँ तर ज्यादै खराब, विरोधाभाषी तथा भ्रष्ट व्यक्तिहरुले म विरुद्ध अत्याचार गरिएको छ’, उनले ट्वीट गर्दै पटक–पटक भनेका छन् ।
ट्रम्पका पूर्व निजी वकील माइकल कोहेनले पनि बुधबार संसदीय समिति समक्ष लामो बयान दिएका छन् । सांसदहरुले हालसम्म सार्वजनिक नभएका अरु तथ्यहरु बताउन र अमेरिकी जनतालाई वास्तविक कुरा भन्न कोहेनमाथि अनुरोध गरेका थिए ।
सांसद नाड्लरले कोहेनको कुराबाट पनि राष्ट्रपति ट्रम्पले न्यायमा अबरोध गरेको देखिएको बताए । यसअघि ट्रम्पकै दबाबमा प्रथम राष्ट्रिय सुरक्षा सल्लाहकार माइक फ्लाइनले समेत रुसी संलग्नता बारेमा आफूले झुटो बयान दिएको अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई) समक्ष स्वीकारेका थिए ।
ट्रम्पले रुसी अनुसन्धानमै विवाद भएपछि मे २०१७ मा एफबीआईका प्रमुख जेम्स कोमेलाई पनि एकाएक बर्खास्त गरेका थिए । राष्ट्रपति ट्रम्पले एनबीसीसँगको एक अन्तर्वार्तामा रुसी अनुसन्धान प्रकरणमा जेम्स कोमेको भूमिकाबाट आफू असन्तुष्ट भएको बताएका थिए ।
‘कोहेनले राष्ट्रपतिमाथि विभिन्न शंकास्पद तथ्यहरु उजागर गर्नुभएको छ । यी कार्यहरु राष्ट्रपति हुनुअघि र भएपछि पनि भएका छन्’, नाड्लरले बताए । ‘तैपनि अझै ठोस प्रमाण भेटिइसकेको छैन । तर हामीहरु उपयुक्त अनुसन्धान प्रारम्भ गर्दैछौं ।’
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भारतमा आगलागीमा परी १४ जनाको मृत्यु
- 12 minutes ago

एजेन्सी । भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ ।समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको ज्
नवाजुद्दीन सिद्दिकीमाथि गम्भीर आरोपः पत्नी आलियालाई खाना र सुत्नको लागि ओछ्यान छैन
- 26 minutes ago

बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी र उनकी श्रीमती आलिया सिद्दिकीबीच लामो समयदेखि विवाद छ । विगत केही दिनदेखि यो मुद्दा अदालतमा सुनुवाइ भइरहेको छ ।
पाकिस्तानः सम्भावित ठूलो आतङ्ककारी हमलालाई प्रहरीले असफल तुल्यायो
- 36 minutes ago

एजेन्सी । पाकिस्तानको एक प्रहरी चौकीमा हमला गर्न आएका आतङ्ककारीको प्रयासलाई यहाँको प्रहरीले असफल तुल्याइदिएको बताएका छन् । पेशावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।