हेलिकप्ट चढेर जेलबाट भागेका कुख्यात डन प्रहरी फन्दामा

बीबीसी । गत जुलाई महिनामा हेलिकप्टर चढेर एउटा जेलबाट नाटकीय रुपमा भागेका एक कुख्यात अपराधीलाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ । फ्रान्समा सर्वाधिक खोजी गरिएका रिदुअन फइदलाई प्यारिसको उत्तरतिरबाट उनका भाइ र अन्य दुई व्यक्तिसहित समातिएको बताइएको छ ।

 

४६ वर्षीय फइद गुन्डाहरूबारे बनाइएका चलचित्र धेरै मन पराउँछन् र उनी तिनबाटै आफू प्रेरित भएको बताउने गर्छन् । सशस्त्र डकैतीको आरोपमा उनलाई सन् १९९८ मा पहिलो चोटि पक्राउ गरिएको थियो ।

 

जुलाई १ मा उनी दोस्रो पटक जेलबाट भागेका थिए । दक्षिणपूर्वी प्यारिसस्थित कारागारको आगन्तुक कक्षमा छिरेका तीन सशस्त्र व्यक्तिहरूले उनलाई हेलिकप्टरमा राखेर भगाएका थिए । त्यसका लागि उनीहरूले बन्धक बनाइएका एक उडान प्रशिक्षकलाई बलपूर्वक हेलिकप्टर चलाउन लगाएका थिए । यसअघि सन् २०१३ मा उनले चार सुरक्षाकर्मीलाई कब्जामा लिएर उनीहरूलाई मानवढाल बनाउँदै ढोकाहरूमा विस्फोटन गराएर भागेका थिए ।

 

सन् २०१० मा भएको एउटा असफल डकैतीको मुद्दामा दोषी ठहर भएका फइदलाई २५ वर्षको कारागार सजाय सुनाइएको थियो । सो घटनामा एक महिला प्रहरीको मृत्यु भएको थियो । फइदलाई बुधवार बिहान सबेरै उनको गृहनगर क्रईबाट पक्राउ गरिएको हो ।

 

फ्रान्सकी कानुनमन्त्री निकोल बेलुबेले युरोप वन रेडिओलाई बताएअनुसार फइदलाई अब उच्चसुरक्षा भएको स्थानमा अहोरात्र निगरानीमा राखिनेछ । कानुन कार्यान्वयन गराउने सर्वोच्च भूमिकामा भएका आन्तरिक मामिलामन्त्री जेरा कोलोमले राष्ट्रपति एम्मानुएल माक्रोँलाई अप्ठ्यारो पर्ने गरी राजीनामा दिएको केही घण्टामै फइदलाई पक्राउ गरिएको हो ।

 

कोलोमको राजीनामापछि प्रधानमन्त्री इद्वा फिलिपले नै सो मन्त्रालयको जिम्मेवारी लिएका छन् । फइदको जन्म सन् १९७२ मा भएको हो । उनी क्रई नगरमा हुर्केका हुन् ।

 

सन् १९९० को दशकमा उनले सशस्त्र डकैती र बलपूर्वक पैसा उठाउने एउटा आपराधिक समूह सञ्चालन गरेका थिए । हलिवूडमा निर्मित तथा अल पचिनोद्वारा अभिनित चलचित्र स्कारफेसबाट आफ्नो जीवनशैली र केही योजनाहरू प्रेरित भएका उनले बताउने गरेका छन् ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस पदाधिकारी बैठक सकियो, समिकरणका विषयमा भूमिका निभाउने बेला नभएको ठहर

  • 1 hour ago
कांग्रेस पदाधिकारी बैठक सकियो, समिकरणका विषयमा भूमिका निभाउने बेला नभएको ठहर

काठमाडौँ । कांग्रेस पदाधिकारी बैठकले नेकपा नफुटेसम्म कुन समूहलाई साथ दिने भन्ने टुंगो नलाग्ने निष्कर्ष निकालेको छ । बिहीबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संसद पुनर्स्थापनाप

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

  • 1 hour ago
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’

  • 1 hour ago
मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’

काठमाडौँ । यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’लाई दिइने भएको छ । प्रतिष्ठानले विसं. २०६७ देखि अग्रज र ओझेलमा परेका साधकलाई वार्षिकरुपमा दिँदै आएको



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।