८ वर्षको कुकुर ५७ करोड सम्पत्तिको मालिक कसरी बन्यो ?

प्रतिकात्मक तस्बिर

एजेन्सी । यदि कुनै कुकुर करोडौं रुपैयाँको मालिक बनेमा तपाईलाई कस्तो लाग्छ ? तपाईलाई यो कुरा केही अचम्म लाग्न सक्छ । खासगरी अमेरिकाको टेनेसी शहरमा बसोबास गर्ने बिल डोरिस नामका एक व्यक्तिले मृत्युपछि आफ्नो पालुवा कुकुर ‘लुलु’को लागि करीब ५ मिलियन डलर (करीब ५७ करोड बढी)को सम्पत्ति छाडेर गए । 

 

आफ्नो ८ वर्षको लुलुसँग बिल डोरिसको एकदमै लगाव थियो । बिल डोरिसले मर्नुभन्दा पहिले लुलुप्रति स्नेह देखाउँदै अन्तिम इच्छा व्यक्त गरे । उनको अन्तिम इच्छा आफ्नो मृत्युपछि उक्त सम्पत्तिलाई एक ट्रस्टमा हस्तान्तरण गर्ने जसले लुलुको राम्रोसँग हेरचाह होस् । 

 

रिपोर्ट अनुसार बिल डोरिसले आफ्ना साथी मार्था बर्टनलाई लुलुको हेरचाह गर्न पठाएका थिए । जसको हेरचाहका लागि ट्रस्टमा जम्मा भएको रकम मासिक रुपमा खर्च गर्न सकिनेछ । यता मार्था बर्टनले आफ्नो दिवंगत साथी बिल डोरिसको सम्झना गर्दै लुलु र उनको सम्बन्ध एकदमै घनिष्ठ रहेको बताइन् । 

 

उनले ५ मिलियन डलर खर्च गर्न सक्छिन् या सक्दिनन् तर उनले जति पनि खर्च गर्छिन् मासिक रुपमा उनलाई उपलब्ध हुनेछ । यद्यपि बिल डोरिसको कुल सम्पत्ति कति रहेको छ भन्ने यकिन हुन सकेको छैन । उनीसँग चल-अचल थुप्रो सम्पत्ति र विभिन्न व्यवसायमा लगानी रहेको बताइएको छ । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

  • 20 minutes ago
डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ

एजेन्सी । कोरोनाभाइरसको संक्रमण फैलिएपछि डेनमार्कमा गरिएको लकडाउनको विरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सेनाप्रमुख हटाउने प्रधानमन्त्रीको निर्णयमा राष्ट्रपतिको असहमति

  • 21 minutes ago
सेनाप्रमुख हटाउने  प्रधानमन्त्रीको निर्णयमा राष्ट्रपतिको असहमति

एजेन्सी । आर्मेनियाका राष्ट्रपतिले देशको सेनाप्रमुख हटाउने प्रधानमन्त्रीको सिफारिसलाई अस्वीकार गरेका छन् ।

नेपाल भाषाको ‘मैचाया सपलय्’ सार्वजनिक

  • 22 minutes ago
नेपाल भाषाको ‘मैचाया सपलय्’ सार्वजनिक

काठमाडौँ । नेपाल भाषाका छ वटा म्युजिक भिडियो संग्रहित एल्बम ‘मैचाया सपलय्’ सार्वजनिक भएको छ । पाँच दशकसम्म नेपाल भाषाका गीत, संगीत, डबली नाटक, भजनमा सक्रिय रहेका संगीतकार भीमबहादुर नकःमिको शब्द तथा सं



पर्यटन

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।

जीवनशैली

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।