विवाह गराइरहेका पण्डित कुट्ने डिएमलाई कारबाही !

एजेन्सी । भारत कोरोना भाइरसको महामारीको कारण थलिएको छ । दैनिक लाखौंको संख्यामा संक्रमितहरु थपिएका छन् भने उपचार नपाएर हजारौं संक्रमितको मृत्यु भएको छ । यस अवस्थामा भारतको केन्द्रीय तथा राज्य सरकारहरुले कोरोनाको संक्रमण नियन्त्रणको लागि मापदण्ड बनाएका छन् । सोही मापदण्डको पालना नगर्दा भारतमा बेहुलासहित उनका बुबा तथा केही पाहुनाहरु विवाहको रिसेप्सन पार्टीबाट पक्राउ परेका थिए ।

 

गत शनिबर राति पञ्जाबको जलान्धरबाट बेहुलासहित केही पाहुनाहरु रिसेप्सन पार्टीबाट नै पक्राउ परेका थिए । पञ्जाबमा साताको अन्त्यमा लकडाउन गरिएको भए पनि सो मापदण्डको पालना नगर्दा प्रहरीले बेहुलासहितका केही पाहुनालाई पक्राउ गरेको थियो  । 

 

सो पार्टीमा १०० जनाभन्दा बढी भेला भएका थिए । तर, यस्ता खालका समारोहमा बढीमा २० जनामात्रै भेला हुन पाउने व्यवस्थालाई पनि मिचेर रिसेप्सन कार्यक्रमको आयोजना गरिएपछि प्रहरी रिसेप्सन भएको पार्टी प्यालेसमा नै प्रवेश गरेर केही व्यक्तिहरुलाई हिरासतमा राखेको थियो । 

 

उक्त विवाहमा प्रहरीले दुलाहा, पण्डित लगायत अन्य व्यक्तिलाई गरेको व्यवहार अभद्र भएको आरोप लागेपछि पश्चिमी त्रिपुरा जिल्लाका डिएम निकै आलोचित भएका थिए । उनलाई सामाजिक सञ्जालमा पदबाट हटाउन माग गरिएको थियो । उनलाई हटाउन दबाब बढ्दै गएको थियो । 

 

उक्त घटनामा आफ्नो कमजोरी भएको डिएम शैलेस कुमारले स्वीकार गरेको कानुनमन्त्री रतन लाल नाथले बताएका छन् । उनले शैलेसलाई निलम्बन गरेको बताएका छन् । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जसपा दुई खेमामा

  • 4 hours ago
जसपा दुई खेमामा

काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरु दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समुहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा पेस गरेको विश्वासको म

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

  • 4 hours ago
आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।