दिवाकर गुरुङ यू–२० राष्ट्रिय टोलीको टिम म्यानेजरमा नियुक्त

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • शुक्रबार, १७ आषाढ, २०७९
  • 1 month ago
  • खेल

काठमाडौँ। दिवाकर घले गुरुङ यू–२० राष्ट्रिय टोलीको टिम म्यानेजरमा नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार महावीर क्लबका अध्यक्ष समेत रहेका गुरुङले आगामी जुलाई २५ देखि अगस्ट ३ सम्म भारतमा हुने साफ यू–२० च्याम्पियनसिपमा टोलीको जिम्मेवारी सम्हाल्ने छन्। 

 

घलेले जुलाई २५ देखि ३ अगस्टसम्म भारतमा आयोजना हुने यू–२० साफ च्याम्पियनसिपमा टीमको जिम्मेवारी सम्हाल्नेछन्। त्यस्तै उनले यू– २० एएफसी एसिया कप छनोटमा पनि टीमको व्यवस्थापन सम्हाल्नेछन्। एसिया कप छनोट सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा आयोजना हुनेछ। 

 

हाल राष्ट्रिय यू– २० टीम प्रतियोगिताहरुका लागि बन्द प्रशिक्षणमा रहेको छ। नेपालले यू– २० साफको पहिलो खेल जुलाई २५ मा माल्दिभ्सविरुद्ध खेल्नेछ। दोस्रो खेलमा श्रीलंकासँग २७ जुलाईमा प्रतिस्पर्धा गर्नेछ। भारतसँग तेस्रो खेल ३१ जुलाईमा खेल्नेछ। समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशविरुद्ध खेल्नेछ।

 

यू– २० राष्ट्रिय टीम एसिया कप छनोटमा नेपाल कतार, बहराइन, बंगलादेश र भूटानसँगै समूह ‘बी’ मा रहेको छ। नेपालले पहिलो खेल भूटानविरुद्ध सेप्टेम्बर १० मा, दोस्रो खेल सेप्टेम्बर १२ मा कतारविरुद्ध खेल्नेछ। तेस्रो खेलमा बहराइनसँग सेप्टेम्बर १४ मा प्रतिस्पर्धा गर्नेछ। अन्तिम खेलमा बंगलादेशसँग सेप्टेम्बर १८ मा खेल्नेछ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • 21 minutes ago
हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

  • 45 minutes ago
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।

महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

  • 1 hour ago
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।