डिशहोममा बलिउड चलचित्र ‘खाली पिली’ रिलिज हुँदै

काठमाडौँ । नेपालमै पहिलोपटक बलिउडको चलचित्र पे पर भ्युमार्फत हेर्न पाउने सुविधा डिशहोमले सुरु गरेको छ । आज रिलिज हुने चलचित्र ‘खाली पिली’ पे पर भ्यु सुविधामार्फत डिशहोमका ग्राहकले हेर्न पाउनेछन् । 

 

ग्राहकहरुको मनोरञ्‍जनलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय चलचित्रहरु रिलिज गर्ने उद्देश्यले डिशहोमले सिनेमाघर इन्टरनेसनल ९९९ सञ्‍चालनमा ल्याएको प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए । आज नेपाल र भारतमा एकैपटक यो फिल्म रिलिज हुने उनले बताए । ५६५ रुपैयाँमा स(परिवारले यो चलचित्र हेर्न पाउने डिशहोमले जनाएको छ ।

 

“विश्वका विभिन्न देशमा सफल भएको प्रविधि पे पर भ्यु सेवा नेपालमा पहिलोपटक डिशहोमले सञ्‍चालन गरिरहेको छ । डिशहोमले पे पर भ्यु सेवामार्फत न्यूनतम मूल्यमा नयाँ नेपाली सिनेमा हेर्न सकिने च्यानल नं. १०८ ,८८८ र ५५५ यसअघि नै सफलताका साथ सञ्‍चालन गरिरहेको छ,” उनले भने ।

 

दैनिक आठ शो सञ्‍चालन हुने सिनेमाघर इन्टरनेसनल च्यानल ९९९ मा चलचित्र ‘खाली पिली’ हेर्न सकिने डिशहोमले जनाएको छ । डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, एसएमएस गरेर वा नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेरसमेत न्यूनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने कम्पनीले जनाएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छः महासचिव पौडेल

  • 9 hours ago
नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छः महासचिव पौडेल

रुपन्देही । सङ्घीय सरकारका अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताएका छन् । प्रेस संगठन रुपन्देहीले मंगलबार साँझ बुटवलमा

निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

  • 9 hours ago
निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

एजेन्सी । निकारागुवामा मंगलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु २५ जना घाइते भएका यहाँका केही स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

पाकिस्तानमा कोरोना संक्रमण बढ्दै

  • 9 hours ago
पाकिस्तानमा कोरोना संक्रमण बढ्दै

एजेन्सी । पाकिस्तानमा गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका बताइएको छ । गएको जुलाई ७ यताकै सबैभन्दा धेरै संक्रमित भेटिएका पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जानकारी



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

राति निन्द्रा लाग्दैन ?

राति निन्द्रा लाग्दैन ?

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदि रातमा निद्रा लागेन भने मानिसलाई छटपटि लाग्न सक्छ । यसका साथै निद्रा नपुगेमा अन्य थुप्रै रोग समेत लाग्न सक्छ । यसका लागि समाधानको उपायको रुपमा यी कुराहरुलाई अपनाउन सकिन्छ ।