किन म्याराडोनाले बार्सिलोना छोडेका थिए ? यो हो मुख्य कारण

  • बिहीबार, ११ मंसिर, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी । फुटबल लिजेण्ड डिएगो म्याराडोनाको निधन भएको छ । हृदयघातका कारण ६० वर्षको उमेरमा उनको निधन भएको हो ।

 

अर्जेन्टिनाका पूर्वखेलाडी तथा प्रशिक्षकसमेत रहेका म्याराडोनाको मस्तिष्कमा रगत जमेर केही साताअघि शल्यक्रिया गरिएको थियो । तर, उनै म्याराडोना हामीमाझ रहेनन् ।

 

सन् १९७६ पछि अर्जेन्टिनोस जुनियरमा शानदार खेल प्रर्दशन गरका म्याराडोनालाई १९८१ मा बोका जुनियर्सले अनुबन्ध गरेको थियो । त्यहाँ पनि उत्कृष्ट फुटबल खेलेका उनलाई स्पेनिस क्लब बार्सिलोनाले आँखा लगाएको थियो ।

 

अन्ततः सन् १९८२ को विश्वकपपछि बार्सिलोनाले म्याराडोनालाई अनुबन्ध गरेको थियो । त्यो समयमा म्याराडोनालाई बार्सिलोनाले रेकर्ड ट्रान्फर फि ५ मिलियन युरो तिरेको थियो । बार्सिलोनामा रहँदा म्याराडोनाले कोपा डेल रे तथा स्पेनिस सुपरकपको उपाधि जित्यो । साथै, एल क्लासिकोमा रियल मड्रिडविरुद्ध उनले गरेको प्रदर्शनको कारण रियलकै फ्यानहरुले उनको सम्मानमा उठेर ताली बजाएका थिए ।

 

म्याराडोना बार्सिलोनामा छँदा लियोनल मेसीकै हाराहारीमा प्रदर्शन गरिरहेका थिए । तर, उनको लागि बार्सिलोनाको बसाई सहज भने भएन । उनी बार्सिलोनामा आएपछि बिरामी भए, घाइते भए साथै उनी र क्लबका पदाधिकारीहरुबीच विवाद उत्पन्न भयो । महँगो मूल्य तिरेर ल्याएका खेलाडीबाट क्लबले अझै बढी अपेक्षा राख्यो । तर, म्याराडोना बिरामी र घाइते भएपछि उनीमाथि दवाव पर्न थाल्यो । 

 

सन् १९८३ को सेप्टेम्बर २४ मा म्याराडोनालाई एट्लेटिक बिल्बाओका स्पेनिस खेलाडी एन्डोनी गोइकोइट्याले ट्याकल गर्दा उनको गोलीगाँठोमा गम्भीर चोट लागेको थियो । उक्त चोटले म्याराडोनाको खेल करिअर नै धरापमा पर्ने अनुमान गरिएको थियो । तर, शल्यक्रिया र थेरापीपछि उनी ३ महिनापछि खेल खेल्न सक्षम भएका थिए । 

 

एन्डोनी गोइकोइट्याले म्याराडोनामाथि गरेको ट्याकल

 

सिजन १९८३–८४ को अन्त्यतिर आइपुग्दा बार्सिलोना कोपा डेल रेको फाइनलमा पुगेको थियो । एट्लेटिक बिल्बाओविरुद्ध रियल मड्रिडको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको फाइनल खेलमा गोइकोइट्याले म्याराडोनामाथि पुनः गम्भीर ट्याकल गरे । दुई खेलाडीबीच मैदानमा झगडा भयो । गोइकोइट्याले म्याराडोनाविरुद्ध रंगभेदी कुरा गरे । उनको बुबाको अपमान गरे । त्यस्तै, बिल्बाओकै मिगुइल सोलाले पनि म्याराडोनाको अपमान गरे । मैदानमा मात्रै होइन प्याराफिटका दर्शकहरु पनि म्याराडोनाप्रति खनिइरहेका थिए । उक्त खेलको फाइनलमा बार्सिलोना १–० ले पराजित भएपछि म्याराडोनाले पनि अपशब्द प्रयोग गरे र सोलालाई टाउकोले हाने । बिल्बाओका अर्का खेलाडीलाई कुहिनोले मुखमा हाने, अर्का खेलाडीलाई घुँडाले मुखमा हाने । त्यसपछि बिल्बाओको खेलाडीहरुले म्याराडोनालाई घेरे । बार्सिलोनाका खेलाडीहरुले पनि म्याराडोनालाई सहयोग गरे । मैदान रणभूमिमा परिणत भएको थियो । म्याराडोनाले बिल्बाओका खेलाडीहरुलाई हिर्काउँदै गए । खेल हेरिरहेका समर्थकहरुले पनि मैदानमा जे पायो त्यसले फाल्न थाले । त्यसपछि खेलाडी, प्रशिक्षक, पत्रकार, रेफ्रीको भागभाग भयो । सोही कारण अहिले पनि बार्सिलोना र बिल्बाओबीचको खेल सहज हुँदैन । 

 

घटनापछि बार्सिलोना र म्याराडोनाबीच सम्बन्ध राम्रो भएन । दुवैले एकअर्कालाई मन पराएनन् । त्यसपछि बार्सिलोनाका तत्कालिन अध्यक्ष जोसेफ लुइस नुनेजले म्याराडोनालाई अन्यत्र पठाउने निर्णय गरे । त्यसपछि सन् १९८४ मा म्याराडोना इटालियन क्लब नापोली गए ।

 

बार्सिलोनामा दुई सिजन रहेका म्याराडोन बिरामी भए, घाइते भए । यद्यपी म्याराडोनाले ५८ खेल खेल्दा ३८ गोल गरेका थिए ।

 

 

म्याराडोनालाई नापोलीले रेकर्ड मूल्य ६.९ मिलियन युरोमा किनेको थियो । उनलाई किनेपछि नापोलीले सन् १९८४ को जुलाई ५ मा ७५ हजार दर्शकमाझ प्रस्तुत गरेको थियो । म्याराडोनालाई नापोली समर्थकले ‘क्लबलाई बचाउने खेलाडी’को संज्ञा दिएका थिए । हुन पनि म्याराडोनाले नापोलीमा ६ वर्ष खेले । उनले १८८ खेल खेल्दा ८८ गोल गरे । क्लबलाई थुप्रै उपाधि दिलाए ।

 

नापोलीमा रहेकै बेला अर्जेन्टिनाले म्याराडोनाकै नेतृत्वमा सन् १९८६ को विश्वकप जितेको थियो । धेरैले उनलाई त्यही विश्वकपमा देखाएको अद्भूत प्रदर्शन निम्ति सम्झना गर्छन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बन्द हुँदै चर्चित कमेडि शो 'द कपिल शर्मा शो'

  • 1 hour ago
बन्द हुँदै चर्चित कमेडि शो 'द कपिल शर्मा शो'

एजेन्सी । भारतीय चर्चित कमेडि शो 'द कपिल शर्मा शो' बन्द हुने भएको छ । मिडिया रिपोर्ट अनुसार निर्माण टिमले यसलाई बन्द गर्ने भएका छन् ।

आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो आह्वान

  • 1 hour ago
आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो आह्वान

काठमाडौं । आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको पूर्वतयारीस्वरूप नेपाल एस्ट्रोनोमिकल सोसाइटीले लोगो प्रतियोगिता आयोजना गरेको छ । आइतबारदेखि माघ १९ गतेसम्म लोगो आह्वान गरिएको सोसाइटीका अध्यक्ष सुरेश

प्रधानमन्त्री ओली भरतपुरको सिटीहल र ६ लेन सडकको शिलान्यास गर्न १७ गते चितवन जाने

  • 2 hours ago
प्रधानमन्त्री ओली भरतपुरको सिटीहल र ६ लेन सडकको शिलान्यास गर्न १७ गते चितवन जाने

चितवन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली माघ १७ गते चितवन आउने भएका छन् । भरतपुरमा दुई वटा विकास आयोजननाको शिलान्यास र जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओल



पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।

विचित्र विश्व

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

एजेन्सी । भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीया किशोरीलाई एक दिनका लागि मुख्यमन्त्री बनाइँदैछ। राष्ट्रिय बालिका दिवसका अवसरमा राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई मुख्यमन्त्री बनाउन लागिएको हो।