ढुक्कसँग लगानी गर्नुस्, सम्पत्तिको सुरक्षा हुन्छः प्रधानमन्त्री देउवा

Norvic Hospital

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा लगानीको वातावरण सहज तुल्याउन र व्यवसायको लागत घटाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) स्थापनाको रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहमा उनले  स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर  नेपालमा लगानी गर्न आग्रह गरे । प्रधानमन्त्री देउवाले भने, “नेपालमा तपाईंको लगानी र सम्पत्तिको सुरक्षा हुन्छ, त्यसको ग्यारेन्टी सरकारले लिन्छ भन्नेमा म  विश्वास दिलाउन चाहन्छु ।”

  

खुला बजारमुखी अर्थ नीतिका कारण हासिल भएका उपलब्धि र यसमा देखिएका कमी कम्जोरीको विश्लेषण गरी समृद्धिको बाटो तय गर्नु हाम्रो प्राथमिकता रहेको बताउँदै उनले कोभिड–१९ को महामारी नसकिए पनि क्रमशः सामान्य अवस्थातिर आउँदै गरेको परिस्थितिमा आर्थिक पुनरुत्थानलाई अब तीव्रताका साथ अघि बढाइने छ भने । 

 

प्रधानमन्त्री देउवाले भने, “मुलुकमा अब बृहतरुपको दोस्रो चरणको आर्थिक सुधार आवश्यक छ, विगत दुई वर्ष मुलुकको अर्थतन्त्रले निकै अप्ठ्यारो परिस्थिति सामना गर्नु प¥यो, अहिले हामी थेरै अँध्यारोमा हौँला तर उज्यालोले हामीलाई पर्खिरहनेछ ।”

 

अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार विकास निर्माणमा राज्य संयन्त्रको काम गर्ने ढाँचा र सार्वजनिक खरिद ऐनलगायत कानुनलाई विकासमैत्री बनाउन आवश्यक रहेको बताए । उनले भने,  “नेपालको अर्थतन्त्रमा थुप्रै चुनौती छन्, कोभिड–१९ ले विश्कै  अर्थतन्त्रलाई पनि निकै प्रभाव पारेको छ, यस्तो अवस्थामा हामीले पूँजीगत खर्च बढाउने, विकासमा नयाँ प्रविधिको प्रयोग गर्ने र ऐन कानुनलाई समयानुकूल तुल्याउन आवश्यक छ ।”

 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले मुलुकमा विकासलाई तीव्रता दिन सार्वजनिक खरिद ऐन र योजना छनोट प्रक्रियालाई पारदर्शी तुल्याउन अत्यन्त आवश्यक रहेको बताए । उनले भने, “विकास निर्माणमा कायम रहेको लाइसेन्सराजको सम्पूर्ण हिसाबले अन्त्य हुनुपर्छ, विकासका योजनालाई कसरी बढाउने भन्ने स्पष्ट खाका आवश्यक छ, आयोजना कार्यान्वयन हुन नसकेर बजेट रकमान्तरण हुने परिस्थिति रोकिनुपर्छ ।”

 

उद्योगपति एवं सांसद विनोद चौधरीले राज्यका नियमनकारी संस्थालाई चुस्त तुल्याउँदै अर्थतन्त्रको दायरालाई फराकिलो बनाउन सरकारलाई सुझाव दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष  शेखर गोल्छाले मुलुकको अर्थतन्त्रलाई सुदृढ तुल्याउन महासङ्घले तयार गरेको योजनालाई अघि बढाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

 

नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवालले मुलुकमा उद्योग र रोजगारी सिर्जना गर्न सरकार र निजी क्षेत्रबीच छलफल, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए । नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले विचौलिया र तरलतासम्बन्धी समस्या सम्बोधन गर्न सरकारलाई सुझाव दिए ।

 

अर्थ विश्लेषक अच्युत वाग्लेले मुलुकको अर्थतन्त्र र राजनीतिबीचको कडी भत्किएको, व्यापार घाटाको सन्तुलन फराकिलो रहेका बेला सङ्घीयताले स्थायित्व प्राप्त नगरी समृद्धि हुन्न भन्ने पाटोमा विचार पु¥याएर नीति तथा कार्यक्रम र बजेट व्यवस्थापन गर्न सुझाव दिए । 

 

सो अवसरमा सेजनका अध्यक्ष जनार्दन बराल, पूर्वाध्यक्षहरु किरण नेपाल, प्रदीप चापागाई, गोपाल तिवारी, गोकर्ण अवस्थी, पुष्पराज आचार्य र भीम गौतमले आर्थिक पत्रकारितको गुणस्तर र क्षमता बढाउने सन्दर्भमा संस्थाले गर्दै आएका गतिविधि र योगदानको जानकारी दिए । 

 

समारोहमा राजीव उपाध्याय र प्राडा अच्युत वाग्लेलाई सम्मान गरिनाका साथै हिमाल खबर पत्रिकाका रमेशकुमार न्यौपाने, अन्नपूर्ण पोष्ट दैनिकका  सुनिता कार्कीलाई जनही ५०÷५० हजार राशिको सेजन अवार्ड प्रदान गरियो ।

 

कार्यक्रममा सेजनका पूर्वपदाधिकारी सञ्जय न्यौपाने स्मृति फेलोसिप कारोबार दैनिकका सरस्वती ढकाल र नागरिक दैनिकका हिमाल लम्साललाई प्रदान गरियो ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भक्तपुर ङालाकेगु जात्रा सुरु

  • 18 minutes ago
भक्तपुर ङालाकेगु जात्रा सुरु

भक्तपुर । नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सो जात्रा माघे सङ्क्रान्तिको राति नवदुर्गा द्योछे

तनहुँ समाचारः सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

  • 1 hour ago
तनहुँ समाचारः सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

तनहुँ । तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा सेव

मन्त्री आले नारायणहिटी सङ्ग्रहालय निरीक्षण

  • 2 hours ago
मन्त्री आले नारायणहिटी सङ्ग्रहालय निरीक्षण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नारायणहिटी दरबार सङ्ग्रहालयमा बतास समूहले निर्माण गरेका भौतिक संरचनाको आइतबार अनुगमन गर्दै ।



पर्यटन

हिउँमा चखेवाका जोडी

हिउँमा चखेवाका जोडी

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडी । तस्बिरः नवीन लामिछाने÷रासस

जीवनशैली

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

एजेन्सी । आचार्य चाणक्य अर्थशास्त्र, राजनीति र आयुर्वेदका जानकार व्यक्ति हुन्। उनले मानव जातिलाई सफल जीवन बिताउन विभिन्न तरिका बताएका छन् ।

विचित्र विश्व

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

एजेन्सी । धृतराष्ट्र जन्मजात अन्धा थिए, तर उनकी पत्नी गान्धारी भने आफ्नो इच्छाले अन्धी भएकी थिइन् । धृतराष्ट्र चाहन्थे कि उनको दाजुभाइहरुको भन्दा पहिले आफ्नो सन्तान होस् । किनभने हस्तिनापुरमा नयाँ पिँडीको सबैभन्दा जेठो पुत्र नै राजा बन्ने परम्परा थियो ।