पर्यटकको आकर्षक गन्तव्य ढोरपाटन

Norvic Hospital
तस्वीरः वासुदेव पौडेल/रासस

पोखरा । बाग्लुङको पर्यटकीयस्थल ढोरपाटन क्षेत्र । शिकार आरक्षका रुपमा रहेको यो स्थलमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक गन्तव्य हो । ढोरपाटन नेपालको एक मात्र शिकार आरक्ष हो । 

 

यो आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखला भित्र रुकुम, म्याग्दि र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ, जसको क्षेत्रफल १ हजार ३२५ वर्ग किलोमिटर रहेको छ । ढोरपाटन शिकार आरक्ष वि.सं. २०४० मा स्थापित भयो र यसले वि.सं. २०४४ मा मात्र सरकारी मान्यता प्राप्त गर्‍यो। 

 

यसको उत्तरी सिमामा पुथा, चुरेन र गुर्जा हिमालहरू रहेका छन। यो आरक्ष समुन्द्री सतहबाट २ हजार ८५० मिटर देखि ५ हजार ५०० उचाईमा अवस्थित छ ।

 

ढोरपाटन शिकार आरक्ष क्षेत्रमा आश्विन महिनाको शुरुवात सम्म वर्षात मौसम रहन्छ। यहाँ हिउँद मौसम दिनको तापक्रम न्युन रहने तथा जोडसँग हावा चल्ने गर्छ। माथिल्लो भेगमा बिहानी समयमा बादल तथा कुहिरोले ढाकिरहन्छ तर पछि हावा चलेर बादलहरू हट्न गई मौसम सफा हुने गर्छ। माघ तथा फाल्गुण महिना तिर यस क्षेत्रको तल्लो भेग सम्म नै हिउँ पर्ने गर्छ, त्यसकारण यहाँका स्थानीय बासिन्दाहरु छ महिना बुँकी र छ महिना औलतिर बसाई सर्ने गर्दछन् ।

 

ढोरपाटन शिकार आरक्षमा गोब्रे सल्ला, सल्ला, भोजपत्र, लाली गुराँस, ठिँग्रे सल्ला, सिंदूर, धुपी तथा देबदारु लगायतका वनस्पतिहरू पाइन्छन्। अधिक मात्रामा जैविक सम्पदाको खानी मानिएको ढोरपाटन क्षेत्रमा १ सय ८५ थरीका दुर्लभ वनस्पति उच्च पहाडी सिमसार क्षेत्र ३२ थरीका स्तनधारी वन्यजन्तु, १ सय ३० प्रजातीका चराचुरुङ्गी ८ सय ५२ नाउर, २ सय झारल, हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, लंगुर लगायतका जंगली जनावर र पंक्षीहरू रहेका छन्।

 

सिकारको लागि प्रख्यात यस आरक्षमा पेशेवर सिकारीको लाईसेन्स प्राप्त सिकारीले ९ नाउर र ११ झारलको सिकार गर्न पाउने प्रवधान रहेको छ। पछिल्लो जनगणना अनुसार आरक्षमा करिब ८ सय ५२ नाउर छन्। आरक्षमा रहेका हिउँ चितुवा, घोरल, हिमाली कालो भालु, भुक्ने मृग, लुंगुरलगायत लोपोन्मुख वन्यजन्तुको सिकार गर्न निषेध गरिएको छ।

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नुवाकोटमा बस दुर्घटना हुँदा ३० जना घाइते, १० को अवस्था गम्भीर

  • 5 minutes ago
नुवाकोटमा बस दुर्घटना हुँदा ३० जना घाइते, १० को अवस्था गम्भीर

त्रिशुली । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

  • 7 minutes ago
बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

एजेन्सी । बंगलादेशमा साम्प्रदायिक हिंसाका घटनाहरु लगातार घटेको मिडिया रिपोर्टमा उल्लेख छ । १३ अक्टुबरमा दुर्गा पुजा गरिरहेको अवस्थामा हिन्दुहरुमाथि आक्रमण भएको थियो । त्यस घटनापछि लगातार हिन्दुमाथि आक

रश्मिकाले फोब्र्सको यो लिस्टमा विजय, सामान्था र यशलाई पनि पछि पारिन्

  • 37 minutes ago
रश्मिकाले फोब्र्सको यो लिस्टमा विजय, सामान्था र यशलाई पनि पछि पारिन्

एजेन्सी । दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् रश्मिका मन्डान्ना । दक्षिणमा सबैभन्दा व्यस्त अभिनेत्रीका रुपमा उनी परिचीत छिन् । उनको बलिउड एन्ट्रीसँगै रश्मिकाले छोटो समयमा नै आफ्नो स्टारडम बनाउ



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

एजेन्सी । बंगलादेशमा साम्प्रदायिक हिंसाका घटनाहरु लगातार घटेको मिडिया रिपोर्टमा उल्लेख छ । १३ अक्टुबरमा दुर्गा पुजा गरिरहेको अवस्थामा हिन्दुहरुमाथि आक्रमण भएको थियो । त्यस घटनापछि लगातार हिन्दुमाथि आक्रमण भएको मिडिया रिपोर्टमा उल्लेख छ ।