स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो
- शनिबार, १७ मंसिर, २०७९
- 1 month ago
- राजनीति

स्याङ्जा । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै लगेका छन् । गुरुङ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की उम्मेदवार पद्माकुमारी अर्यालभन्दा चार हजार ६ सय ३१ मतले अगाडि छन् । हालसम्मको मतगणनाअनुसार गुरुङले २७ हजार ३२ मत प्राप्त गर्दा अर्यालले २२ हजार चार सय एक मत ल्याएकी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार ६ सय ६२ मत प्राप्त गरेका छन् ।
हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका–११, भिरकोट नगरपालिका–५, वालिङ नगरपालिका–१२, कालीगण्डकी गाउँपालिका–७ तथा चापाकोट नगरपालिकाका चार वडा गरी ३९ वडाको मगतणना सकिएको छ । अब चापाकोट नगरपालिका–५, ६, ७, ८, ९ र १० को मतगणना मात्र बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तैगरी स्याङ्जा क्षेत्र नं २ (२) मा कांग्रेस उम्मेदवार महेश भट्टराईले अग्रता बढाउँदै लगेका छन् । चापाकोट नगरपालिका–४ वडासम्मको मतगणना सकिँदा भट्टराई एक हजार नौ सय ६६ मतान्तरसहित अगाडि छन् । भट्टराईले १४ हजार सात सय १५ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १२ हजार सात सय ४९ मत ल्याएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
- 28 minutes ago

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता वित्दासमेत विस्तार हुनसकेको छैन ।
क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा
- 43 minutes ago

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । उनले पोखरामा मङ्गलबार बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन् ।
जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा दोब्बर कैदीबन्दी
- 55 minutes ago

जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । चालीस कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ कैदीबन्दी राखिएको छ ।
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।