गन्धर्व संस्कृतिका धरोहर गायकको निधन
- सोमबार, १२ माघ, २०७७
- 1 month ago
- कला र मनोरञ्जन

यो दाजुको मिरमिरे आँखा
कस्तो मेरो बिगा¥यो दिमाख
नरोऊ मायालु...
-गायक प्रवीण गुरुङ बिमाकुमारी दुरा, सङ्गीत एवम् रचना धनबहादुर गायक-
कास्की । गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायक निधन भएको छ । गायकको उपचारको क्रममा आज बिहान मनिपाल अस्पताल पोखरामा निधन भएको हो ।
पोखरा–१६ बाटुलेचौरका गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत अजर–अमर गीतका सर्जक थिए । विसं २०२१ मा जन्मनुभएका गायक छाती र फोक्सोमा समस्या देखिएपछि मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सघन उपचार कक्षमा उपचारत थिए । गन्धर्व संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गायकले पछिल्लो समय सारङ्गी संरक्षण पाठशालासमेत चलाउँदै आएका थिए । उनी “लोक संस्कार र संस्कृति बाँचे मात्र आफ्नो पहिचान बाँच्छ” भन्नेमा विश्वास गर्थे । गन्धर्व गायनका चर्चित गायक झलकमान गन्धर्वका भाञ्जा गायकले विसं २०६६ मा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशालाको स्थापना गरेर गन्धर्व संस्कृति संरक्षणमा सक्रिय बनेका थिए ।
झलकमानले नेपाली मौलिक गीत सङ्गीतको सिर्जना र संरक्षणमा आफ्नो जीवन नै समर्पण गर्नुभयो तर उहाँको योगदानको कदर कहीँकतैबाट नभएकाले उनको स्मृति र सारङ्गी संरक्षणका लागि उक्त पाठशाला खोलिएको गायकले बताउँदै आएका थिए । एक दशकअघि दुई सारङ्गीबाट शुरु गरिएको सो पाठशालामा संरक्षकका रुपमा लोककवि अलिमियाँ प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ रहेको छ । लोकगीतको संरक्षणमा सक्रिय मियाँले दशकअघि धनबहादुरले जाहेर गरेको इच्छालाई मूर्तरुप दिन १० सारङ्गी प्रदान गरेर गायकलाई हौसला थप्नुभएको थियो । उक्त पाठशालामा आठ वर्षदेखि २५ वर्षसम्म उमेर समूहकाहरुले सारङ्गी रेट्न सिकिरहेका छन् ।
सहपाठी, संस्कृतिकर्मी र लोकगायिकाका नजरमा धनबहादुर
कृष्ण थापा, सहपाठी एवम् गण्डकी प्रदेशसभा सदस्य
पोखरा– १६ बाटुलेचौरका धनबहादुर गायक र म स्कूले सहपाठी हौँ । सानैदेखि गीतसङ्गीतप्रति उहाँको रुचि जीवनका अन्तिम प्रहरसम्म उस्तै जीवन्त रह्यो । तत्कालीन समयमा म पोखराको मेयर हुँदा उहाँ कार्यालय सहयोगी हुनुहुन्थ्यो तर उहाँको सङ्गीतप्रतिको झुकाव देखी विन्ध्यवासिनी सङ्गीत पाठशाला खोलेर त्यसको जिम्मा उहाँलाई सुम्पियो । उहाँ सारङ्गी र मादलका सम्राट् नै थिए । गन्धर्व समाजका संस्थापकसमेत रहनुभएका उहाँ राम्रो गायक, रचनाकार पनि थिए । एकदमै मिलनसार, मुदुभाषी र सामाजिक व्यक्तित्व गायकको निधनले यस क्षेत्रलाई अपूरणीय क्षति पु¥याएको छ ।
मैले तत्कालीन समयमा मातृशिशु मितेरी अस्पतालको शिशुस्याहार केन्द्रको सानो भवन उपलब्ध गराएर सारङ्गी पाठशालाका सञ्चालनका लागि होस्टेमा हैँसे गरेको थिएँ । बाटुलेचौरसँगै झलकमान र जनकविकेशरी धर्मराज थापा अनि पछिल्लो समय धनबहादुर गायकसँग लोकसंस्कृतिको गौरवको गाथा जोडिएको थियो । लोकगीत र संस्कृतिको उर्वरभूमि बाटुलेचौरमा अहिले लोकबाजा सारङ्गी सिक्न नयाँ पुस्तालाई उहाँले नै आकर्षित गरेका थिए । उनको निधनले गन्धर्व संस्कृतिमा ठूलो क्षति पुगेको छ ।
तीर्थ श्रेष्ठ, साहित्यकार तथा संस्कृतिकर्मी
धनबहादुर गायक लोकसंस्कृति एक सशक्त धरोहर थिए । लामो समयदेखि म उहाँसँग परिचित छु, डाँफे कला मन्दिर आरम्भदेखि हामी सँगै भयौंँ । बहुप्रतिभाशाली उनी गायन, वाद्यवादन, नृत्य तीनै कुरामा पोख्त थिए । उनको गायक सरोजगोपालसँग पनि निकै राम्रो सम्बन्ध थियो । पोखराको कुनै पनि साङ्गीतिक गतिविधिमा धनबहादुर भएनन् भने के भएन जस्तो लाग्थ्यो । पछिल्लो समय झलकमान गन्धर्व सारङ्गी संरक्षण पाठशाला खोलेर उनले नयाँ पुस्तालाई सारङ्गी र मादल सिकाई संस्कृति हस्तान्तरण गरे । यो उनको निकै महत्पूर्ण योगदान हो । उनले क्रिश्चियन धर्म अपनाए तापनि हिन्दूधर्ममा उस्तै आस्था र श्रद्धा थियो । विन्ध्यवासिनी मन्दिरमा दशैँका समयमा सारङ्गी र मादलको धुनबाट मादलबाट मालश्री धुन बजाउन उनले सहयोग गरे । पोखराको महत्वपूर्ण साङ्गीतिक सङ्घसंस्थामा उनको संलग्नता थियो, उहाँ जस्तो कर्मठ सर्जक सम्भवतः अब यस क्षेत्रमा पाउन निकै मुश्किल पर्नेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !
- 1 hour ago

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत
जान्नुहोस् कुन समयमा निन्द्रा खुल्नुको अर्थ के हुन्छ ?
- 1 hour ago

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।
भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?
- 1 hour ago

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन
पर्यटन
फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।
जीवनशैली
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।
विचित्र विश्व
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।