बेलायतमा धनबहादुरद्वारा हुलाक सेवा खरिद

  • बुधबार, १२ फागुन, २०७७
  • 1 month ago
  • युके

लण्डन । बेलायतको नेपाली समुदायमा चिरपरिचित धन बहादुर सार्कीले पोष्ट अफिस अर्थात हुलाक सेवा खरिद गरेका छन् । समाजसेवी तथा अभियन्ता धनबहादुरले अल्डरसट, रसमोर बरो काउन्सिल स्थित ‘नर्थ टाउन पोस्ट अफिस’बाट चिठी, डकुमेन्टसहित ३० केजी तौलसम्मका सबै प्रकारका सामान विश्वभर पोष्ट गर्न सकिने हुलाक सेवा खरिद गरेका हुन् ।

 

उनको हुलाक सेवाबाट ब्रिटिस पासपोर्ट चेक एन्ड सेन्ड, आइडी भेरिफिकेशन, बैंकिङ कारोबार (एकाउन्ट खोल्न, डिपोजिट, सेभिङ गर्न, पैसा निकाल्न, आइएसए खोल्न, चेक डिपोजिट, क्रेडिट कार्ड , मोर्गेज) आदि सेवा उपलब्ध छन् । त्यस्तै, ट्राभलसेवा अन्तर्गत संसारभरका पैसा साट्ने व्यवस्था, पैसा पठाउन वा लिनका लागि मनिग्राम सेवा, पेन्सनको पैसा निकाल्न सकिने, इन्सुरेन्स, बस तथा रेल डिस्काउन्ट पास आदि समेत उपलब्ध छन् । इमर्जेन्सी पोष्ट साँझ ५ बजेसम्म आए भोलिपल्ट बिहान ९ बजे पाइने ‘स्पेसल डेलिभरी’ व्यवस्था समेत भएको धनबहादुरको भनाई छ ।

 

पोस्ट अफिसको साथमा आउटपोस्ट कफी नामक क्याफे पनि सञ्चालन हुँदैछ । उक्त क्याफेलाई बेलायती तथा नेपाली समुदायका मानिसहरुलाई मिटिङ्ग पोइन्ट या भेटघाट गराउने स्थलको रुपमा विकास गरिने तयारी रहेको छ । नर्थटाउनलाई नेपालीको ‘बिजनेस हब’ बनाउने सोँच अनुसार अघि बढेको र सबैको साथको अपेक्षा रहेको उनको भनाई छ ।

 

नेपालको गार्खा जिल्लामा जन्मेर चितवन बसाइसरेका उनी पूर्व गोर्खा ब्रिटिस सैनिक हुन् । विगत दुई दशक देखी बेलायतमा बसिरहेका उनलाई समाजसेवा, जागिर र व्यवसायलाई एकसाथ व्यवस्थापन गर्न टेक्नोलोजीले सहज भएको र पोष्ट अफिसलाई सञ्चालन गर्न स्टाफ पनि तयार गरिसकेको बताए ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

  • 4 hours ago
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको

यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

  • 4 hours ago
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।

नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए

  • 4 hours ago
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री  शाहीले विश्वासको मत लिए

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।



पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।