धादिङ नुवाकोट समाजको साधारणसभा सम्पन्न
- मंगलबार, २९ जेष्ठ, २०७५
- 2 years ago
- युके

लण्डन । धादिङ र नुवाकोटबाट बेलायत आई बसोबास गरिरहेका नेपालीहरुको साझा संस्था धादिङ नुवाकोट समाज यूकेको ११औं वार्षिक साधारणसभा आइतबार अल्डरसटमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सी बी तामाङको अध्यक्षतामा सम्पन्न सो साधारणसभा महासचिव धन बहादुर पाख्रिनले संचालन गरेका थिए । धादिङ,नुवाकोट र रसुवा क्षेत्रको मौलिक संस्कृतिलाई प्रवासमा समेत संरक्षण र संबर्धन गर्ने अभिप्रायले २०११ देखि अस्तित्वमा रहेता पनि विगत २ महिना अघि मात्र संस्थागत आकार दिईएको ’मेन्दोमायां परिवार’ का संस्थापक अध्यक्ष हरि सिं गुरुङ तथा महासचिव बम ब्लदेनलाई स्वागत तथा सम्मानबाट कार्यक्रम शुरु गरिएको थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष देवीरानी गुरुङले व्यक्त गरेकी थिइन् भने विगत वर्षमा भए गरेका कृयाकलापहरुको बिस्तृत प्रतिवेदन महासचिव धन पाख्रिनले प्रस्तुत गरेका थिए । त्यस्तै, कोषाध्यक्ष दीप बहादुर गुरुङले संस्थाको आयव्यय विवरण प्रस्तुत गरेका थिए । व्यापक छलफलपश्चात हलले सर्वसम्मतिले प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पास गरेको थियो ।
साधारणसभामा अध्यक्ष सी बी तामाङले संस्थाले अल्पकालिन तथा दीर्घकालिन रुपमा लिनुपर्ने कार्यदिशाको बारेमा संस्थागत उद्धेश्य, लक्ष्य, कार्यदिशा र योजनाहरु प्रस्तुत गरेका थिए । च्यारीटी दर्ता संयोजक कृष्ण प्रसाद तिमिल्सिनाले दर्ता प्रकृयाको बारेमा हाल सम्म भए गरेका प्रगति प्रतिवेदन प्रस्तुत र्गंदै सभामा उठेका जिज्ञासाहरुको जवाफ दिएका थिए । संस्थाका संस्थापक अध्यक्ष नारायण गुरुङ, पूर्व अध्यक्ष राम बहादुर गुरुङ, निवर्तमान अध्यक्ष बम ब्लदेन, सल्लाहकारत्रय रामशरण सिमखडा, मे (रि) बिष्णु घले र मोतीमान बज्राचार्यले संस्थाको भावी कार्यक्रमको बारेमा आफ्ना धाराणाहरु राखेका थिए ।
आगामी ११ अगष्टमा ह्यारो फुटबल क्लबमा सम्पन हुन गइरहेको ’वार्षिक समर भेटघाट’ लाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गर्दै साधारणसभाको समापन गरिएको थियो ।
गायिका लामालाई सम्मान
कार्यक्रमको दोश्रो सत्रमा नेपालबाट आएकी ईन्दे्रणी सांस्कृतिक परिवारकी कार्यक्रम संचालिका तथा धादिङकी राष्ट्रिय लोक तथा दोहोरी गायिका मीना लामालाई सम्मान गरिएको थियो ।
नेपाली कन्सर्टको लागी मगर संघ यूकेको निमन्त्रणामा बेलायत आउकी गायिका लामालाई संस्थाका अध्यक्ष सीबी तामाङ, पूर्ब अध्यक्षहरु नारायण गुरुङ, राम बहादुर गुरुङ तथा मेन्दोमाया परिवारको तर्फबाट अध्यक्ष हरिसिं गुरुङले खादा, प्रमाणपत्र तथा नगद सहयोगले सम्पान गर्दै कला संस्कृति र जिल्लाको समेत पहिचानलाई उंचो राख्न शुभकामना दिएका थिए ।
सम्मानित कलाकार लामाले सम्मान र मायांका लागि धादिङ नुवाकोट समाजलाई धन्यवाद ज्ञापन गरिन् ।
धादिङ र नुवाकोट दुई जिल्लाबाट बेलायतमा आएकाहरुलाई समेटेर स्थापित यो संस्था विगत ११ वर्षदेखि विभिन्न समाजिक कृयाकलापहरुमा कृयाशिल हुंदै आएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
त्रिदेशीय टी २० क्रिकेट प्रतियोगिता: नेपालकाे सानदार जीत
- 7 minutes ago

काठमाडौँ । जारी त्रिदेशीय टी२० क्रिकेट प्रतियोगितामा नेपालले मलेशियालाई ६९ रनले पराजित गर्न सफल भएको छ ।
इन्डोनेसियामा ५३ सैनिक सहित बेपत्ता नौसैनिक पनडुब्बीको खोजी तिब्र
- 33 minutes ago

एजेन्सी । नियमित अभ्यासका क्रममा ५३ जना चालक दलका सदस्यसँगै बेपत्ता भएको नौसैनिक पनडुब्बीको इन्डोनेसियाली युद्धपोतहरुले बिहीबार बिहानैदेखि खोजी कार्यलाई तिब्र बनाएका छन् ।
नाइजेरियाली संसदद्वारा २.७ अर्ब डलर ऋण लिने प्रस्ताव स्वीकृत
- 37 minutes ago

एजेन्सी । नाइजेरियाको सिनेटले राष्ट्रपति मुहम्मद बुहारीको अन्तर्राष्ट्रिय संस्थाहरुबाट २।७ अर्ब डलर ऋण लिन सक्ने एक महत्वाकाँक्षी योजनालाई अनुमोदन गरेको छ । नाइजेरियाको आयको प्रमुख स्रोत तेलको मूल्यमा
पर्यटन
खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।
जीवनशैली
यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।
विचित्र विश्व
च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।