देवशिला गोरखपुरमा, आज अयोध्या पुर्याइने

Global IME
Norvic Hospital
  • बुधबार, १८ माघ, २०७९
  • 1 month ago
  • नेपाल

गोरखपुर । भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला मङ्गलबार राति गोरखपुर ल्याइपुर्याइएको छ । 

 

धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित यही माघ १६ गते शिला अयोध्यातर्फ पठाइएकामा गए राति यहाँ पुर्याइएको हो । 

 

जानकी मन्दिरका महन्थ रामपतेश्वर दासका अनुसार शिला आज अयोध्या पु¥याएर विशेष समारोहका बीच मन्दिर व्यवस्थापन पक्षलाई हस्तान्तरण गरिने छ । हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतारका रूपमा मान्ने शिलाबाट भगवान् रामको बालस्वरुपसहितको मूर्ति बबनाइने भएपछि यहाँका लाखौँ श्रद्धालुले बाटोमा निस्केर दर्शन तथा अभिनन्दन गरिरहेका छन् । 

 

“जनकपुरधाममा पनि श्रद्धालुले उल्लासका साथ शिलाको दर्शन गरे, भारतीय सीमा प्रवेशदेखि बाटोमा झन् नयाँ उत्साह र उमङ्ग देखियो”, दासले भने, “नेपाल र भारतवासीको भगवान् राम तथा शिलाप्रतिको आस्था एवं श्रद्धा देखेर नतमस्तक छु ।”

 

त्यसैगरी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देवशिलाको आदान–प्रदानपछि नेपाल र भारतको धार्मिक, सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन अतुलनीय योगदान पुगेको आभास आफूले गरेको बताए । 

 

“त्रेतायुगमा माता जानकी र भगवान रामको विवाहले नेपाल–भारतबीचको सम्बन्धलाई कसिलो गरी जोडेको थियो, कालीगण्डकीबाट ल्याइएको यो शिलाले त्यसलाई पुनः नवीकरण गरेको आभास भएको छ”, उनले भने, “राममन्दिर राखिने मूर्ति नेपालको देवशिलाबाट बन्ने कुराले दुई देशबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व झन बढेको छ । बाटोमा स्वःस्फूर्त निस्केका श्रद्धालुको उपस्थितिले त्यसको महत्वलाई थप उचाइमा पुर्याएको छ ।”

 

यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएका दुई शिला माघ १५ गते जनकपुरधाम पुर्याइएका थिए । जानकी मन्दिरका महन्थ दास र नेता निधिको नेतृत्व रहेको नेपाली प्रतिनिधिमण्डलमा तीन सयभन्दा बढी नेपालीको सहभागिता छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रधानमन्त्रीलाई एमालेको प्रश्नः अर्को विश्वासको मत लिने कार्यसूची कहिले छ?

  • 6 minutes ago
प्रधानमन्त्रीलाई एमालेको प्रश्नः अर्को विश्वासको मत लिने कार्यसूची कहिले छ?

काठमाडौँ। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अर्को विश्वासको मत लिने कार्यसूची कहिले छ? भनेर प्रश्न गरेको छ। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि एमालेका उपाध्यक्ष समेत रहेक

इराक र इरानबीच सुरक्षा सम्झौता

  • 7 minutes ago
इराक र इरानबीच सुरक्षा सम्झौता

एजेन्सी । इराक र इरानकाबीचमा सुरक्षा सहयोग सम्बन्धी सम्झौता भएको छ । इरानको सरकारी समाचार समिति इर्नाले दिएको जानकारीअनुसार यी दुई देशका बीचमा सुरक्षा सहयोगका सम्बन्धमा सो सम्झौता भएको हो ।

जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणमा

  • 15 minutes ago
जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणमा

एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदा दुई दिने भारत भ्रमणका लागि सोमबार भारत आइपुगेका छन् ।



पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।