कर्णालीवासीले देउडा खेलेर मनाए ‘माघे सङ्क्रान्ति’
- आइतबार, २ माघ, २०७८
- 4 months ago
- जीवनशैली

कर्णाली । यतिबेला मुलुकभर कोरोना महामारीको तेस्रो लहर दिन प्रतिदिन बढिरहेको छ । सङ्घ तथा प्रदेश सरकारले सार्वजनिकस्थलमा २५ जना भन्दा बढी भीड नलाग्ने सूचनात्मक निर्देशन दिइरहँदा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार मानिस खचाखच भएको दृश्य देखियो ।
वीरेन्द्रनगर नगरपालिकाको दक्षिण अर्थात् अत्याधुनिक रङ्गशाला निर्माणधीनस्थलको उत्तरपट्टीको चौरमा एकाएक मान्छेहरू जम्मा भए र गोलो घेरा बनाएर देउडा खेल्न सुरु गरे ।
ती सबै साविक कर्णालीवासी थिए । घरमा हुँदा देवदारका ठूला मुढा बाल्दै रातभरि जाग्राम बस्ने, एकाबिहानै चिसो पानीले नुहाइधुआइ गर्ने, आलु पोल्ने, फर्सी, पिडालु, भट्याउला (कन्दमूल) पकाउने र सेल रोटीसहितका मिठामिठा परिकार खाएर माघे सङ्क्रान्ति मनाउने उनीहरूले सुर्खेतमा देउडा खेलेरै यो पर्व मनाएका हुन् ।
खासगरी थारु समुदायले माघी अर्थात् नयाँ वर्ष, मगर समुदायले मकर सकरातीका रूपमा मनाउँदा साविकको कर्णालीवासीले माघे सङ्क्रान्तिका रूपमा मनाउँदै आएका छन् ।
शनिबार पर्वको अवसर भए पनि अक्सर यहाँका नागरिकले हरेक महिनाको १ र १५ गते देउडा खेल्ने गर्दछन् । कोरोना महामारीको बढ्दो सङ्क्रमणका विषयमा थाहा भए पनि देउडाबाट आफ्ना बिरह, दुःख, गुनासाका पोख्नुका साथै भलाकुसारी गर्न पाउँदा त्यसैमा उनीहरूले बढी सन्तुष्टि लिएका छन् ।
कर्णालीका संस्कृतिसम्बन्धी जानकार डिल्लीप्रसाद तिवारीले देउडा खेल मात्र नभएर यहाँको सांस्कृतिक र मौलिक पहिचान भएको बताए । “देउडाले यहाँको धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक र मनोवैज्ञानिक पक्षलाई राम्रोसँग उजागर गर्दछ”, तिवारीले भने, “यो हाम्रो आपसी सम्बन्ध र सद्भावको सङ्गम पनि हो । समग्रतामा देउडा कर्णालीको सम्पति हो ।” यसको संरक्षण र सम्वद्र्धनमा राज्यले जोड दिनुपर्ने उनले बताए ।
तातोपानी गाउँपालिका जुम्लाका स्थानीय ज्येष्ठ महिला खुम्बिरा शाहीले देउडालाई कर्णालीको जीवनको संज्ञा दिँदै भनिन्, “हामी देउडामै वेदना पोख्छौँ, यसमै हाँस्छौँ, यसमै रुन्छौँ र यसबाटै समाजलाई सचेत बनाउछौँ ।” यसले मनोरञ्जन दिनुका साथै आफन्त, दाजुभाइ, दिदीबहिनीबीच मिलन गराउने उनले बताइन् ।
तिला गाउँपालिका जुम्लाका स्थानीय महिला कालिका भट्टराईले देउडा हामी भित्रका दुःख–सुख, समस्या, सङ्घर्षका सबै कुरा बिसाउन सरल, सहज र मौलिक माध्यम भएको बताइन् । उनका अनुसार शनिबार परेको माघे सङ्क्रान्ति पर्व देउडा खेलेरै रमाइलो गरिएको छ ।
माघे सङ्क्रान्तिका कारण शनिबार राजधानीको मुख्य शहरमा भीड भए पनि भोलिदेखि नहुने गरी राति १२ बजेदेखि स्मार्ट लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार निर्देशनअनुसार मानवीय गतिविधि सञ्चालन गर्न आइतबारदेखि प्रहरी परिचालन गरिनेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बलात्कार आरोप लागेका कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ
- 4 hours ago

काठमाडौं । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् ।
६९४ तहको परिणाम सार्वजनिक, कांग्रेस पहिलो र एमाले दोस्रो
- 4 hours ago

काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म ६९४ तहको परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा शनिबार साँझ ७ बजेसम्म निर्वाचनको आयोगको सूचना प्रणालीमा
बुटवल उपमहानगरमा प्रमुखमा पाण्डे, उपप्रमुखमा अर्याल
- 6 hours ago

लुम्बिनी । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बनेका कांग्रेस बुटवल उपमहानगरपालिक
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

एजेन्सी । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।