अनेसास डेनमार्कद्वारा कृति विमोचन

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

लण्डन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्क च्याप्टरले डेनमार्क निवासी लेखक कृष्ण पौडेलको ‘विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म’ नामक कृति विमोचन गरिएको छ। 

 

डेनमार्कस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत तीर्थराज अर्यालले कृति विमोचन गरेका हुन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला र केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले प्रेषित गरेको शुभकामना सन्देश डेनमार्क च्याप्टरका सदस्य दीपक तिवारीले वाचन गरेर कार्यक्रममा सुनाएका थिए।

 

पुस्तकको समीक्षा डेनमार्क च्याप्टरका पूर्व अध्यक्ष प्रकाश सापकोटा, डा. लक्ष्मण घिमिरे र उदयराज गौतमले गरेका थिए। कार्यक्रममा जनसम्पर्क समितिका प्रकाश ढकाल, एन.आर.ए.का अध्यक्ष शैलु अधिकारीलगायतका वक्ताहरुले पुस्तकप्रतिको अपेक्षा, धारणा, यसले समेटेका विश्व पूजीवादीक्रम, विकास, आर्थिक विकास क्रममा आइपरेका सामाजिक एवं ऐतिहासिक विषय क्रम एवं मानव इतिहासकै केही खण्डहरुलाई विभिन्न कालखण्डमा कसरी समेटिएको छ भन्ने बारेमा आफ्ना धारणा राखेका थिए।

 

विभिन्न सात खण्डमा संरचित पुस्तक विद्यालयदेखि विश्वविद्यालय स्तरसम्मका विद्यार्थी, पाठकहरुका लागि योग्य भएको र बुझ्नलाई कठीन नहुने वक्ताहरुको भनाई थियो। कार्यक्रमको अन्त्यमा छलफलमा उठेका केही प्रश्नहरुलाई लेखकले  यसले विराटरुपमा सबै पाटाहरुलाई समेट्न नसके तापनि केही खण्डहरुले पाठकलाई थप रुचि जगाएमा आफै अन्य स्रोतहरु खोजेर अध्ययन गर्नका लागि अभिप्रेरणा दिनेमा आफू आशावादी रहेको बताए।

 

कावा राजदूत तीर्थराज अर्यालले आर्थिक क्रान्तिलाई पुस्तकले विभिन्न ढंगले बुझ्न सहज बनाएको अपेक्षा गर्दै यो किसिमको लेखन प्रवासमा पाउदा आफूलाई खुशी लागेको बताए। प्रत्यक्षरुपमा आफू सुमेर र सिलिकन भ्याली पुगेकाले किन अन्य विश्वका भूगोल यसमा नलेखिएको होला या नेपाल पनि कसरी अछुतो रह्यो भने प्रश्न मनमा रहे पनि पुस्तक पढेपछि ती जिज्ञाशाहरु मेटिने आशा गरे।

 

डेनमार्क च्याप्टरका सदस्य प्रदीप पाण्डेले स्वागत मन्तव्य दिनुभएको विमोचन एवं समीक्षा समारोहमा लेखकको परिचय एवं कार्यक्रमको संचालन च्याप्टरका सदस्य दीपक तिवारीले गरेका थिए।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता

  • 36 minutes ago
कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्धलाई बगाउँदा बेपत्ता भएका छन् ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • 1 hour ago
हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

  • 1 hour ago
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।